आन्तरिक एकतालाई सुदृढ गर्ने एमाले स्थायी कमिटी बैठकको निर्णय

१८ जेष्ठ, काठमाण्डौँ । नेकपा एमालेले आन्तरिक एकतालाई सुदृढ गर्नका लागि अन्तिम समयसम्म पनि प्रयत्न जारी गर्ने निर्णय गरेको छ । बालुवाटारमा आज बसेको एमाले स्थायी कमिटी बैठकमा पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्नका लागि प्रयत्न जारी राख्ने विषयमा छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । बैठकमा, लुम्बिनी प्रदेशको उपनिर्वाचनमा अन्तर्घातका कारण पराजित भएको निष्कर्ष निकालेको प्रवक्ता ज्ञवालीले बताउनुभयो । उहाँले प्रतिनिधिसभा विगठनपछि अदालतमा विचाराधीन मुद्दालाई प्रभावित हुने गरी चलाइएका..

इलामको सोयाकमा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु

१८ जेष्ठ, इलाम । इलाम नगरपालिका ११ सोयाकमा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । इलाम न.पा. ११ स्थित आले चोकमा ट्रकको ठक्करबाट पैदल हिडिरहेका एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको हो । आज विहान करिब ८ः३५ बजेको समयमा विर्तामोडबाट जितपुर गोलिया लिन गइरहेको ना २ ख ९२०५ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय ८२ बर्षिय पदमबहादुर तामाङको घटनास्थलमा नै मृत्यु भएको हो । ट्रक चालक पाँचथर..

संघिय सरकारबाट झापाका १५ पालिकालाई ७ अर्ब १८ करोड बजेट विनियोजन

१८ जेष्ठ, झापा । झापाका १५ पालिकालाई सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि रु सात अर्ब १८ करोड ४४ लाख बजेट विनियोजन गरेको छ । आठ नगरपालिकाका लागि रु चार अर्ब ५९ करोड २९ लाख र सात गाउँपालिकाका लागि रु दुई अर्ब ५९ करोड १५ लाख बजेट विनियोजन भएको हो । नगरपालिकामध्ये सबभन्दा बढी मेचीनगर नगरपालिकालाई रु ७६ करोड ५२ लाख बजेट छ । अर्जुनधारा नगरपालिकालाई रु ४७ करोड ७१..

वरिष्ठताको आधरामा संवैधानिक इजलास गठन गर्न प्रधानन्यायाधीश सहमत

१८ जेष्ठ, काठमाण्डौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा वरिष्ठताको आधरामा संवैधानिक इजलास गठन गर्न सहमत हुनुभएको छ । सर्वाेच्च अदालतका बार प्रतिनिधिहरुको सुझावपछि प्रधानन्यायाधीश जबराले वरिष्ठताको आधारमा इजलास गठन गर्ने प्रतिबद्धता जनाउनुभएको सर्वाेच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिनुभयो । उहाँकाअनुसार आजको सुनुवाई स्थगित हुने सम्भावना छ । प्रधानन्यायाधीश जबरासँगको भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै शाक्यले कार्यसञ्चालन नियमावली परिमार्जन गरेर वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने प्रधानन्यायाधीश सहमत भएको जानकारी दिनुभएको..

एसईई परीक्षाको नतिजा आन्तरिक मुल्यांकनकै आधारमा गरिने

१७ जेष्ठ, काठमाण्डौँ । यस वर्षको एसईई परीक्षाको नतिजा आन्तरिक मुल्यांकनकै आधारमा प्रकाशित गरिने भएको छ । शिक्षा मन्त्रालयको आज बसेको बैठकले एसईई परीक्षाको आन्तरिक मुल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने भएको हो । मन्त्रिरिषद्बाट प्रस्ताव पारित गरेपछि आन्तरिक मूल्यांकनको अन्तिम निर्णय हुनेछ । मन्त्रालयको आजको बैठकले गत वर्षकै आन्तरिक मुल्यांकन विधि अनुरुप परीक्षा गराउने प्रस्ताव मन्त्रिपरिषद्लाई पठाउने निर्णय गरेको हो । अघिल्लो वर्ष पनि विद्यालयको पहिलो त्रैमासिक अवधिको..

लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा दृगनारायण पाण्डेय विजयी

१७ जेष्ठ, काठमाण्डौँ । राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा आज भएको निर्वाचनमा विपक्षी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी हुनु भएको छ । उहाँले चार हजार एक सय ४० मत ल्याई विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका चन्द्रबहादुर खड्काले तीन हजार छ सय १२ मतमात्र ल्याउनु भएको छ । राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा कुल तीन सय मतदाता मध्ये दुई सय ९७ मत खसेको..

सुकेटार विमानस्थलको नाम परिवर्तन गर्दा योगेश भट्टराई असन्तुष्ट

१६ जेष्ठ, काठमाण्डौँ । ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तनको प्रक्रियाप्रति नेकपा एमालेका नेता योगेश भट्टराईले असन्तुष्टि जनाउनुभएको छ । सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी विमानस्थल नाम राख्ने घोषणा गरेपछि भट्टराईले नामकरण प्रक्रियाप्रति असन्तुष्टि जनाउनुभएको हो । बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी र तेह्रथुमको चुहानडाँडा विमानस्थललाई आङ्ग छिरिङ्ग शेर्पा नामकरण गरिएको जानकारी दिनुभएको थियो । नेता भट्टराईले ऐतिहासिकरुपमा कुनै नाम वा..

प्रतिनिधिसभा विघटनविरूद्धका मुद्दामा आज पनि सुनुवाइ हुँदै

१६ जेष्ठ, काठमाण्डौँ । प्रतिनिधिसभा विघटनविरूद्धका मुद्दामा आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । संवैधानिक इजलासमा शुक्रबार यो मुद्दमा पहिलो सुनुवाइ भए पनि बहस नसकिएपछि आज पुनः सुनुवाइ हुन लागेको हो । शुक्रबार ३ बजेसम्मका लागि सुनुवाइको तयारी गरिएको भए पनि कानुनविद् गोबिन्द बन्दीले इजलास गठनमा प्रश्न उठाएपछि आइतबारसम्मका लागि स्थगित गरिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन गरिएको छ । संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की,..

पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार गर्ने, ७ लाख सम्मको बीमा पनि

१५ जेष्ठ, काठमाण्डौँ । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार गर्ने घोषणा गरेको छ । बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले यस्तो उल्लेख गर्नुभएको हो । नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरिएको हो । त्यस्तै, सरकारले श्रमजीवी पत्रकारका लागि रु सात लाख सम्मको दुर्घटना बीमा गरी प्रिमियमको ५० प्रतिशत रकम सरकारले बेहोर्ने व्यवस्था मिलाएको पनि उहाँले बजेट भाषण मार्फत घोषणा गर्नुभएको छ..

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिईने

१५ जेष्ठ, काठमाण्डौँ । अर्थमन्त्री विष्णु पौडेलले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिईने घोषणा गर्नुभएको छ । त्यस्ता ऋणको ब्याजदर अधिकतम ५ प्रतिशत तोकिएको छ । साथै, ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि मात्र उपलब्ध गराइनेपनि उहाँले स्पष्ट पार्नुभएको छ । आगामी आर्थिक वर्षको बजेटमा भाषणमार्फत उहाँले यस्तो बताउनुभएको हो ।