मध्यपहाडी लोकमार्ग अवरुद्ध

मध्यपहाडी लोकमार्ग अवरुद्ध

२२ असार, काठमाण्डौँ । निरन्तरको वर्षाका कारण मध्यपहाडी(पुष्पलाल) लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । लोकमार्गको बागलुङ खण्डअन्तर्गत बागलुङ नगरपालिका–३ बोक्से, काठे खोला गाउँपालिकाको अछेतामाथिको सुन्तली घुम्ती र बयल डाँडामा राति खसेको पहिराले सडक अवरुद्ध भएको हो ।

दुई स्थानमा पहिरो खसेको तथा बोक्सेमा भलसहित लेदो आएर सडक अवरुद्ध भएको राजमार्ग आयोजना कार्यालयका इन्जिनियर उज्ज्वल शर्माले जानकारी दिनुभयो । निरन्तरको वर्षा पछि पहिरो खसेर अवरुद्ध भएको सडक खुलाउनका लागि आवश्यक उपकरण तीन स्थानमै खटाइएको छ । आज अपराह्नसम्म सडक खुलाउने लक्ष्य छ ।

वर्षाका कारण अर्काे राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर र बागलुङ–बलेवा जाने सडकसमेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो । बागलुङ पोखरा सडकअन्तर्गत पर्वतको सहस्रधारामा समेत पहिरो खसेपछि राजमार्गको सडक अवरुद्ध भएको र यात्रु अलपत्र परेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270