कांग्रेस पदाधिकारी बैठक बस्दै

कांग्रेस पदाधिकारी बैठक बस्दै


२८ असार, काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाउनुभएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मंगलबार बस्ने गरी पदाधिकारी बैठक बोलाइएको छ ।

आसन्न १४ औं महाधिवेशन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्ने उहाँले जानकारी दिनुभयो । कांग्रेसले भाद्र १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने भनेको छ । त्यसका लागि असारभित्रै क्रियाशील सदस्यताबारेका विवाद समाधान गर्नुपर्नेछ ।

रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिले पाँच हजार उजुरीमाथि छानबिन गर्दै अन्तिम सूची छपाइ गर्ने कामलाई जारी राखेको बताईएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर