समाचार
आजदेखि पुनः कोरोना विरुद्घको खोप लगाउन सुरु
२५ जेष्ठ, काठमाण्डौँ । सरकारले आजदेखि पुनः कोरोना विरुद्घको खोप लगाउन सुरु गरेको छ । चीनबाट ल्याएको भेरोसेल खोप लगाउन आजबाट सुरु गरिएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सोमबार जारी गरेको सूचनामा उपत्यका बाहिरका जिल्लाहरुमा २५ जेठबाट शुरु हुने खोप अभियानमा काठमाडौं उपत्यकामा ६० देखि ६४ वर्ष उमेरका र उपत्यका बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई लगाउने छ । यस्तै हिमाली जिल्लामा यसअघि नै ५५..
निषेधाज्ञामा पनि अनलाइन व्यवसाय नरोक्न सर्वाेच्चको आदेश
२५ जेष्ठ, कैलाली । सर्वाेच्च अदालतले निषेधाज्ञामा पनि अनलाइन व्यवसायलाई नरोक्न अन्तरिम आदेश जारी गरेको छ । सोमबार न्यायाधीश सपना मल्ल र कुमार चुँडालको संयुक्त इजलासले अनलाइन व्यवसाय नरोक्न आदेश जारी गरेको हो । ‘अनलाइन माध्यमबाट खरिद, बिक्री तथा होम डेलिभरीको इकमर्शको सेवा प्रदान गर्ने कम्पनीहरुलाई प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्मको लागि सेवा प्रदान गर्ने काम रोक्ने कार्य नगर्ने’ आदेशमा भनिएको छ । यो आदेशसँगै अनलाइन व्यवसाय निषेधाज्ञामा पनि संञ्चालन..
जिल्ला युवा समिति इलामको समन्वयमा राहत वितरण
२४ जेष्ठ, इलाम । जिल्ला युवा समिति इलामको विशेष समन्वयमा कोरोना महामारीका कारण जारी निषेधाज्ञाले समस्यामा परेका विपन्न परिवारहरुलाई आज खाद्यन्न वितरण गरिएको छ । जिल्ला युवा समितिको समन्वयमा र गैर सरकारी संस्था महासंघ, करूणा फाउण्डेशन, मानव अधिकार मञ्च र अनेरास्ववियु ईलामको सहजिकरणमा इलाम नगरपालिकाका गरिब, विपन्न तथा अपाङ्गता भएका व्यक्तिहरूलाई आज घर–घरमै पुगेर खाद्यन्न वितरण गरिएको हो । हाल अध्ययनको सिलसिलामा विदेशमा रहेका इलामेली विद्यार्थीहरु रोशन के.सी, वर्षा शर्मा,..
शैक्षिक प्रमाणपत्र धितो राखेर कसरी ऋण पाउने ? कस्ता हुन्छन् प्रक्रिया ?
२४ जेष्ठ, काठमाण्डौँ । शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउने व्यवस्था चार वर्ष अघिदेखि शुरुवात भएको हो । सो समयमा ७ लाखको अधिकतम सीमा थियो भने आगामी आर्थिक वर्षको बजेटले २५ लाख रुपैयाँसम्मको सीमा तोकेको छ । तर यसलाई बिलकुलै सरकारको नयाँ कार्यक्रमको रुपमा बुझ्नेहरू पनि छन् । आर्थिक वर्ष २०७८/०७९ को बजेटमा जब अर्थमन्त्री विष्णु पौडेलले यो बुँदा पढे तब युवाहरु विलकुलै नयाँ कार्यक्रम आए जसरी सामाजिक सञ्जालमा पोखिए..
प्रधानन्यायाधीश अस्वस्थ्य, प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित
२४ जेष्ठ, काठमाण्डौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा समस्या देखिएपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज नहुने भएको छ । प्रधानन्यायाधीशका अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्थानुसार उहाँको अनुपस्थितिमा इजलास सञ्चालन हुदैन । सर्वाेच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालका अनुसार प्रधानन्यायाधीश राणा बिसन्चोका कारण आज अदालतमा आउनुभएको छैन । त्यसैले संवैधानिक इजलासमा सुनुवाइ स्थगन भएको छ । प्रधानन्यायीश राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको..
संसद् विघटनविरुद्धको सुनुवाई हेर्दाहेर्दैमा
२३ जेष्ठ, काठमाण्डौँ । संसद् विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ । आजको सुनुवाई सकिएकोले अब अर्काे सुनुवाई भोलि हुनेछ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई सुरु भएको हो । आज (आइतबार) संवैधानिक इजलासबारे नै सरकार पक्षका अधिवक्ता र विघटनविरुद्धका वकिलहरुबीच सवालजवाफ भएको थियो । इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई रहनुभएको छ ।
चोरीको मोटरसाईकल सहित ७ जनालाई पक्राउ
२३ जेष्ठ, सुनसरी । मोटरसाईकल चोरीमा संलग्न ७ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईटहरी १३ का २८ बर्षीय राजेश मेहता, ईटहरी २० का ३८ बर्षीय बलराम गुरूङ, ईटहरी २ का ३९ बर्षीय सुवास लिम्बु, ईटहरी ३ का ३० बर्षीय मचिन राई, ईटहरी ४ का २१ बर्षीय गोलमोल राई, १९ बर्षीय रोमन परियार र २१ बर्षीय मनोज परियार रहेका छन् । गत जेष्ठ १२ गते राती मोरङको सुन्दरहरैचा ४..
अखिल भोलेन्टियर टिमद्धारा मास्क तथा सेनिटाइजर वितरण
२२ जेष्ठ, इलाम । अनेरास्ववियु इलामद्धारा संञ्चालीत ‘अखिल भोलेन्टियर टिम’ले जिल्लाका विभिन्न क्षेत्रमा मास्क तथा सेनिटाइजर वितरण गरेको छ । निषेधाज्ञाको समयमा खुल्ला रहने क्षेत्रहरु दुग्ध सहकारी, डेरी तथा ऋण–बचत गर्ने सस्थाहरुको भिडलाई लक्षित गर्दे ‘अखिल भोलेन्टियर टिम’ले मास्क तथा सेनिटाईजर वितरण अभियान संञ्चालन गरिरहेको छ । अखिल भोलेन्टियर टिमले आज इलाम नगरपालिका १० गोदकमा रहेका दुग्ध सहकारी, डेरी, ऋण–बचत सहकारीहरुलाई लक्षित गरी करिब दुई सय घरपरिवारमा पुग्ने गरि मास्क..
वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन
२२ जेष्ठ, काठमाण्डौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्नुभएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणाका अध्यक्षतामा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहनुभएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा विवाद आएपछि प्रधानन्यायाधीश राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने जानकारी दिँदै यही जेष्ठ २३ गते विवादको सुनुवाइका लागि पेशी तोक्नुभएको थियो । नेपालको संविधानमा सर्वाेच्च अदालतमा विचाराधीन कुनै मुद्दामा गम्भीर..
कोरोना संक्रमणबाट विवेकशील साझा पार्टीका संस्थापक नेता थापाको निधन
१८ जेष्ठ, काठमाण्डौँ । कोरोना संक्रमणबाट थलिएका विवेकशील साझा पार्टी पुर्व नेता उज्वल थापाको ४४ वर्षको उमेरमा निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो । कोभिड–१९ संक्रमणसँगै गम्भीर विरामी परेका थापालाई सुरुमा ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि १४ जेठमा मेडिसिटीमा भर्ना गरी इक्मो प्राविधिबाट उपचार गरिएको थियो । अस्पतालका अनुसार थापाको सोमबार गरिएको पीसीआर टेष्टको नतिजा..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७