
२३ असार, काठमाण्डौँ । हाइटीका राष्ट्रपति जोभेनेल मोइजको आफ्नो निजी निवासमा नै गोली हानी हत्या भएको छ । हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले आज विज्ञप्ति जारी गर्दै राष्ट्रपति मोइजको हत्याको पुष्टि गर्नुभएको हो ।
मोइजले सन् २०१८ मा हुने व्यवस्थापिकाको चुनाव ढिलाइ भएपछि राष्ट्रपतिको विशेषाधिकार प्रयोग गर्दै विभिन्न निर्देशनमार्फत सबैभन्दा गरिब अफ्रिकी मुलुक हाइटीमा शासन गर्दै आउनुभएको थियो । उहाँको कार्यकाल सकिनै लाग्दा विवादहरू चुलिँदै गएका थिए र यसमा उहाँलाई पनि दोषी मानिँदै आएको थियो ।
अप्रिलमा हुनुपर्ने गरी तोकिएको हाइटीको संवैधानिक जनमत सङ्ग्रह कोभिड–१९ को महामारीको कारण स्थगित भएको छ । राष्ट्रिय निर्वाचन आयोगले जनमत सङ्ग्रहलाई सेप्टेम्बर २६ मा गर्ने घोषणा गत यसै वर्षको जुन २६ मा गरेको थियो । रासस


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७