समाजवादी पार्टी फुटको अन्तिम चरणमा, ८ सांसदको हस्ताक्षर तयार

समाजवादी पार्टी फुटको अन्तिम चरणमा, ८ सांसदको हस्ताक्षर तयार


१० वैशाख, काठमाण्डौँ । समाजवादी पार्टी विभाजनको अन्तिम चरणमा पुगेको छ । रेणु यादवको नेतत्वमा ८ सांसदले पार्टी फुटाउन लागेका हुन् ।

स्रोतका अनुसार पार्टी फुटाएर नयाँ दल दर्ता गर्न ८ सांसदको हस्ताक्षर तयार भइसकेको छ । हस्ताक्षर गर्ने सांसदहरुमा हाल पार्टीका उपाध्यक्ष समेत रहनुभएका रेणु यादवसहित विमलप्रसाद श्रीवास्तव, मोहम्मद इस्तियाक राइ, रुही नाज, कुलदेवी विश्वकर्मा लगायत रहेको स्रोतले जानकारी दिईएको छ । उनीहरु हस्ताक्षरसहित नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा जाने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश ल्याएलगत्तै समाजवादी पार्टीमा फुटको चर्चा चलेको थियो । राजनीतिक दल सम्बन्धित नयाँ अध्यादेशले संसद या केन्द्रीय समिति जुनसुकैमा ४० प्रतिशत भए पुग्ने उल्लेख छ । समाजवादी पार्टीमा जम्मा १६ जना सांसद छन् । ८ जना ५० प्रतिशत पुग्छ ।

ओली सरकारले केही अघिमात्र जारी गरेको दुई अध्यादेशलाई विश्लेषकहरुले विभिन्न ढंगले लिए पनि मुख्यत यसले समाजवादी पार्टीका अशन्तुष्ट पक्षलाई फाईदा पुर्याएको देखिन्छ ।

यसअघि समाजवादी पार्टीका अध्यक्षहरु उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले यसप्रति आक्रोश व्यक्त गरेका थिए । अध्यक्ष उपेन्द्र यादवले त नेकपाकैलागि विधयेक घातक हुने चेतावनी समेत दिएका थिए ।

-रिपोर्टस नेपाल

प्रतिक्रिया:

सम्बन्धित खवर