नेकपाको सचिवालय बैठक सम्पन्न, पार्टी एकतालाई मजबुत र महामारी नियन्त्रणमा एकजुट हुने निश्कर्ष

नेकपाको सचिवालय बैठक सम्पन्न, पार्टी एकतालाई मजबुत र महामारी नियन्त्रणमा एकजुट हुने निश्कर्ष

८ बैशाख, काठमाडौं । आकस्मिक रुपमा बसेको नेकपाको सचिवालय बैठक सकिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा अध्यादेश जारी गर्नुभएको विषयमा नेकपाको सचिवालय बैठकमा छलफल भएको हो ।

आकस्मिक रुपमा बेलुका ६ बजेदेखि सुरु भएको बैठक केहीबेर अघिमात्र सकिएको छ । बैठकपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आज जारी भएका दुई वटा अध्यादेशका बारेमा विभिन्न कोणबाट गम्भीर रुपमा छलफल भएको बताउनुभयो । उहाँले बैठकमा नेताहरुले आ–आफ्नो धारणा रहेको पनि जानकारी दिनुभयो ।

पार्टीभित्र बृहत छलफल गरेर मात्रै मन्त्रिपरिषद्ले अध्यादेशका विषयमा निर्णय गर्नुपर्ने बारेमा बैठकमा कुराकानी भएको उहाँले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश जारी भइसकेकाले अब छलफल गरिरहनु पर्ने औचित्य नभएको बताएको पनि उहाँले जानकारी जानकारी दिनुभयो ।

यस्तैगरी बैठकमा, पार्टी एकतालाई मजबुत बनाउने र सरकारलाई सशक्त बनाउने विषयमा पनि कुरा छलफल भएको प्रवत्ता श्रेष्ठले जानकारी दिनुभयो । त्यसका अलावा कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणमा एकजुट हुनु पर्नेमा जोड दिएको पनि उहाँले जनाउनुभयो ।

मन्त्रीपरिषदको सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धि दोश्रो संशोधन विधेयक २०७७ र संवैधानिक परिषदको काम कर्तब्य र अधिकार सम्बन्धी पहिलो संशोधन विधेयक २०७७ प्रमाणीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270