८ बैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा दुईवटा अध्यादेश जारी गर्नुभएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकमा दुई वटा अध्यादेश संसोधन गर्ने सम्वन्धमा निर्णय भएको थियो । सोही निर्णयलाई प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष मन्त्रिपरिषद्ले सिफारिस गरेपछि राष्ट्रपतिले सोमबार (आज) नै अध्यादेश जारी गर्नुभएको हो ।
राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ लाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शितलनिवासका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले सोमबार(आज) साँझ एक प्रेस विज्ञप्ति जारी गर्नुहुँदै सो जानकारी गराउनुभएको हो ।