दल दर्ताका लागि जनता समाजवादी पार्टीको निवेदन, निर्वाचन कार्यलयमै ओलीको आलोचना

दल दर्ताका लागि जनता समाजवादी पार्टीको निवेदन, निर्वाचन कार्यलयमै ओलीको आलोचना

११ वैशाख, काठमाण्डौँ । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकता भएर बनेको नयाँ पार्टी जनता समाजवादी पार्टी, नेपाल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिर्ता भएको छ । दुवै पार्टीका शीर्ष नेताहरु आयोगको कार्यालयमा पुगेर दल दर्ताको निवेदन दिएका हुन् । उनीहरुले दुई पार्टीबीचको एकता सहमतिपत्र समेत आयोगमा बुझाएको जनाईएको छ ।

दल दर्ताको निवेदन दिन शीर्ष नेताहरु शरदसिंह भण्डारी, उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ र नेताहरु डा. शिवजी यादव, केशव झालगायत कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेका थिए । आयोगमा दल दर्तासम्बन्धी निवेदन दर्ता भएको छ । आयोगमा आज विहान ११ बजेर १६ मिनेटमा १३८८ नम्बर निवेदन दर्ता भएको जनाईएको छ ।

दल दर्ताका गर्नका लागि निर्वाचन आयोगको कार्यलय पुगेका राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गर्नुभएको छ । उहाँले सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएकोप्रति टिप्पणी गर्दै प्रधानमन्त्री ओलीको आलोचना गर्नुभएको हो

उहाँले भन्नुभयो,’केपी ओलीले लोकतन्त्रलाइ कमजोर गर्ने, पार्टी पद्धती कमजोर गर्ने, देशमा अस्थिरता निम्याउने र निरकुशंता देशमा लाद्ने काम गरिरहेका छन् ।

त्यस्तै, उहाँले समाजवादी र राजपा नफुट्ने पनि दाबी गर्नुभयो । ’फुट्ने सुट्ने कुरा छैन, सबै मिलिहाल्छ ।’ उहाँल ेभन्नुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर