जनता समाजवादी पार्टी नेपाल दर्ताका लागि नेताहरु निर्वाचन आयोगमा

जनता समाजवादी पार्टी नेपाल दर्ताका लागि नेताहरु निर्वाचन आयोगमा

११ वैशाख, काठमाण्डौँ । मध्यराति एकता भएको जनता समाजवादी पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ताका लागि नेताहरु पुगेका छन् । आज विहानै नेताहरु कार्यालयमा कार्यलय समय अगावै पुगेका हुन् ।

गएराति समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच हतारमा एकताको निर्णय भएको थियो । एकतामा दुवै दलका नेताहरुले हस्ताक्षर गरेपनि केही असन्तुष्ट पक्षको भने हस्ताक्षर छैन । यसले अझै ती दलमा विवाद र फुटको आशंका कायमै छ ।

समाजवादी पार्टी फुटको अन्तिमचरणमा पुगेपछि राजपासँग एकता प्रक्रिया बढेको थियो । समाजवादी पार्टीकका उपाध्यक्ष रेणु यादवको नेतृत्वमा ७ जना दल फुटाउन सक्रिय भएका थिए । तर, नयाँ दल दर्ता गर्न उनीहरु नपुगेकाले फुटको प्रयास विफल भएको देखिएको छ ।

तर रेणु यादवले भने हाल बनेको जनता समाजवादी पार्टीले केन्द्रिय समितीको बैठक नै नवसी निर्वाचन आयोगमा दल दर्ता गर्न नपाउने बताउनुभएको छ । उहाँले आफूहरुसंग स्पष्ट सांसद संख्या रहेकाले जुनै समयमा पनि दल दर्ता गर्न सक्ने प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर