अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सकारात्मक

अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सकारात्मक


११ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अगाडीमात्र सरकारले जारी गरेको अध्यादेश फिर्ता लिने संकेत गर्नुभएको छ । आज बिहान नेताहरुसँग भेटवार्ता गर्नुहुदैँ उहाँले आफू अध्यादेश फिर्ता लिन सकारात्मक रहेको बताउनुभएको हो ।

‘अध्यादेशकै कारण समस्या हो भने फिर्ता लिन्छु । त्यसमा ढुक्क हुनुहोस्,’ ओलीले नेताहरुसँगको भेटमा भनेको उच्च स्रोतले जानकारी दिएको छ ।

आज बिहान अध्यक्ष ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्नुभएकोथियो । नेकपा उच्च स्रोतका अनुसार पार्टीभित्रै विवाद भएपछि पार्टी अध्यक्ष समेत रहनुभएका ओली पछि हट्न तयार हुनुभएको हो ।

यो सँगै प्रधानमन्त्री ओलीले कानुन व्यवसायीहरुसँग पनि छलफल सुरु गर्नुभएको स्रोतले जनाएको छ ।

दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान बालुवाटारमा भएको भेटवार्तामा नयाँ परिस्थितिमा नयाँ ढंगले अघि बढ्ने विषयमा कुराकानी भएको बताईएको छ । दुई नेताबीच झण्डै दुई घण्टा कुराकनी भएको बालुवाटार स्रोतले जनाएको छ ।

‘विशेषगरी पार्टीलाई कसरी एकताबद्ध बनाउने भन्नेमा नै नेताहरुको छलफल केन्द्रीत भएको बुझिएको छ,’ स्रोतले जनाएको छ, ‘नयाँ आधारमा थप र सुदृढ पार्टी एकताको संकल्प गर्न दुवै नेता तयार हुनुभएको छ ।’

प्रतिक्रिया:

सम्बन्धित खवर