नेकपा स्थाई कमिटीको बैठक भोलि विहान ११ बजे बस्ने

३० वैशाख, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक भोलि विहान बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार(भोली) बिहान ११ बजे बैठक बस्ने नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिनुभएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको छलफलपछि स्थायी समितिको बैठक बोलाइएको हो ।

यसअघि अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाउन आनाकानी गर्दै आएको भएपनि पार्टीभित्र चर्काे दवाव बढेपछि ओली बैठक बोलाउन सहमत भएको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विवादास्पद दुई अध्यादेश ल्याएपछि पार्टीभित्र स्थायी समिति बैठकको माग भएको थियो । बैठकको माग गर्दै २० स्थायी समिति सदस्यले अधयक्षद्वयलाई पत्र नै बुझाएका थिए ।

त्यसपछि वैशाख २५ गतेका लागि स्थायी समिति बैठक बोलाइएको भएपनि प्रधानमन्त्री ओलीले स्वास्थ्यको कारण बैठक स्थगित भएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270