३१ वैशाख, काठमाण्डौँ । नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित भएको छ । आज बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित गरेको सचिवालयले नेताहरुलाई जानकारी गराएको छ ।
भीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई नै कोरोना देखिएको र सांसदबाहेक अरु नेताको परीक्षण नगरिएको कारण बैठक स्थगनको सूचना आएको एक नेताले बताए ।
मंगलबार साँझ भक्तपुरमा फेला परेका २७ वर्षीय कोरोना संक्रमित पूर्वगृहमन्त्री भीम रावलको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी हुन् ।
यसअघि प्रधानमन्त्री ओलीको स्वास्थ्यका कारण बैठक स्थगित भएको थियो ।
तर नेकपाकै स्थायी कमिटी सदस्य भीम रावल लगायत ओली इतरका समुहले भने ओलीले नै नचाहेर बैठक रोकेको भन्दै आलोचना गरेका थिए ।
आज बस्ने भनिएको बैठकमा कोरोना भाइरस रोकथाममा चालिएका कदम, लिपुलेकमा भारतले व्यापार मार्ग खोलेको, नेकपाको आन्तरिक विवाद समाधानलगायतमा छलफल हुने कुरो थियो ।
नेकपाको अर्काे स्थाई कमिटी बैठकको मिति निश्चित छैन ।