मुख्य समाचार
झापाका थप ९ जनामा कोरोना संक्रमण पुष्टि, प्रदेश–१ मा मात्र ११ संक्रमित फेला
६ जेष्ठ, झापा । आजमात्र प्रदेश–१ मा थप ११ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । झापाका ९ जनामा कोरोना संक्रमण देखिएको कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले पुष्टि गर्नुभयो । संक्रमितहरूमध्ये झापाको कचनकवल गाउँपालिकाका ९ जना र सुनसरीका दुई जना छन् । सुनसरीमा देखिएका दुई जनामध्ये एक जना सशस्त्र प्रहरी रहेको खुलेको छ । झापामा थपिएका संक्रमितहरू भारतबाट केही साता अगाडी मात्र नेपाल आएका हुन् । सोमबार(हिजो) पनि..
भिम रावललाई लेखराज भट्टको कटाक्षः ‘कुण्ठा पोखेर राष्ट्रवादी भइदैन’
६ जेष्ठ, काठमाण्डौँ । उद्योग तथा आपुर्तिमन्त्री लेखराज भट्टले एमसीसी र इन्डोपेसिफीकलाई जोड्नु बुझाइमा कामजोरी भएको टिप्पणी गर्नुभएको छ । उहाँले एमसीसी प्रस्ताव आफुलाई ठिक लागेको र राम्रोसँग नबुझेकाले मात्रै त्यसको विरोध गर्ने गरेको बताउनुभयो । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुराकानी गर्दै उहाँले सरकारको नीति तथा कार्यक्रममा एमसीसीको बारेमा उल्लेख नभएको समेत दावी गर्नुभएको छ । बाटो बनाउने, विद्युत सेवा विस्तार गर्ने योजनामा एमसीसीको गन्ध आयो भन्नु भ्रमण मात्रै..
प्रदेश सरकारको बजेटमा निजी क्षेत्रलाई समेट्न माग
६ जेष्ठ, विराटनगर । आगामी बजेटले उद्योग व्यवसाय क्षेत्रको प्रोत्साहन तथा विकास गर्न उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईलाई सुझाव दिएका छन् । कोरोना भाइरसको महामारीको वर्तमान अवस्था रहेकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि प्रदेश सरकारले ल्याउने बजेटमा उद्योगरव्यवसाय क्षेत्रको प्रोत्साहन एवं विकासका साथै प्रदेशको समग्र आर्थिक विकासका सन्दर्भलाई समेट्नुपर्ने विषयमा दुवै संस्थाका अध्यक्षद्वय भीम घिमिरे र प्रकाश मुन्दडाले मुख्यमन्त्री राईलाई सुझाव दिनुभएको..
मन्त्रिपरिषद् बैठकद्वारा लिम्पियाधुरा सहितको नेपालको नक्सा पारित
५ जेष्ठ, काठमाण्डौँ । आज बसेको मन्त्रिपरिषदको बैठकले लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नेपालको नक्सा पारित गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ६ बजेको बैठकले लिम्पियाधुरासहितको नेपालको नक्शा पारित गरेको स्रोतले जनाएको छ । गत जेष्ठ २ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि भएको बताउँदै ती भूमि फिर्ता गर्ने बताउनुभएको थियो । स्रोतका अनुसार भूमि व्यवस्था मन्त्रालयले..
नीति तथा कार्यक्रममा एमसीसी घुसाएको भन्दै खनाल र रावलद्धारा प्रधानमन्त्रीलाई पत्र
५ जेष्ठ, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कार्पाेरेसन (एमसीसी) सम्झौताबारे अध्ययन गर्न बनाएको कार्यदलका संयोजक झलनाथ खनाल र सदस्य भीम रावलले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई पत्र बुझाएका छन् । खनाल र रावलले ओलीलाई लेखेको पत्रमा एमसीसी सम्झौताका आयोजना जस्केलाबाट अघि बढाउन खोजेको हो वा के हो ? भन्दै जवाफ माग गरेका छन् । यसअघि खनाल नेतृत्वको कार्यदलले एमसीसी सम्झौता संशोधन र परिमार्जन..
नेपालमा कोरोना संक्रमित संख्या ३५७ पुग्यो
५ जेष्ठ, काठमाण्डौँ । देशमा कोरोना भाइरसको संक्रमित संख्या ३५७ पुगेको छ । पछिल्लो पटक ५३ जना व्यक्तिमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटोल जानकारी दिनुभएको छ । संक्रमितमध्ये सबैभन्दा बढी बाराका छन् । बाराका मात्र ४७ जनामा संक्रमण भेटिएको छ । यसबाहेक मोरङ, गुल्मी, धनुषा, रौतहट, दाङसहितका जिल्लाका ६ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३५७ पुगेको..
लकडाउन जेष्ठ २० सम्म लम्ब्याउने सरकारको निर्णय
४ जेष्ठ, काठमाण्डौँ । आजको मन्त्रीपरिषद्को बैठकले लकडाउन जेष्ठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज साझ बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको स्रोतले जनाएको छ । यसअघि आजै बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।
प्रदेश–१ का थप ३ जनामा कोरोना संक्रमण, स्वास्थ्यकर्मी पनि संक्रमित
४ जेष्ट, विराटनगर । थप तीन जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ ७ः५० बजे गरेको कोरोना अपडेटअनुसार तीन जनामा थप कोरोनाको संक्रमण देखिएको हो । उनीहरु तीनै जना प्रदेश नम्बर एकका हुन् । उनीहरुमध्ये दुई जना मोरङ र एक जना धनकुटाका हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीहरुको सम्पर्कमा नै रहेको पनि मन्त्रालयले जनाएको छ । प्रदेश १ का सामाजिक विकास..
लकडाउन थप दश दिन थप्न उच्चस्तरीय समन्वय समितिको सिफारीस
४ जेष्ट, बाँके । भर्खरै सम्पन्न उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन थप दश दिन थप्ने निश्कर्ष निकालेको छ । अहिले केही बेरमा सुरु हुने मन्त्रिपरिषद बैठकले लकडाउन कडाई गर्ने र थप्नेबारे निर्णय गर्दैछ । समितिले मन्त्रिपरिषद बैठकमा दश दिन लकडाउन थप्ने सुझाव दिएको समितिका प्रवक्ता नारायण विडारीले जानकारी दिनुभएको छ । गत चैत्र ११ गतेदेखि लागू हुँदै आएको लकडाउन सरकारले पछिल्लो पटक जेष्ठ ५ भोलि सोमबार सम्मका लागि थपेको थियो..
कोरोनाका कारण बाँकेका थप एक युवकको मृत्यु, मृतक संख्या दुई पुग्यो
४ जेष्ट, बाँके । नेपालमा फेरि कोरोनाबाट अर्का एक जनाको मृत्यु भएको छ । बाँकेका २५ वर्षीय युवाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिनुभएको छ । यसअघि हिजो मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा पनि कोरोनाको संक्रमण पुष्टि भएको थियो । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकमा कोरोनाभाइरसको संक्रमण देखिएको..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७