मुख्य समाचार
भारतले नेपाली भुमी कालापानी लिपुलेक हुँदै मानसरोवर जाने सडक खोल्दा सरकार किन बोल्दैन ?
२७ वैशाख, काठमाण्डौँ । विश्व नै कोरोना भाइरसको महामारीसँग लडिरहँदा भारतले नेपाली भुमि कालापानी, लिपुलेक हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जाने सडकमार्ग खोलेको छ । नेपाललाई कुनै जानकारी नै नदिई हिजो यो सडक खोलिएपनि सरकारको कुनै धारणा सार्वजनिक भएको छैन । त्रिदेशीय सीमामा पर्ने लिपुलेकको विवादमा २०७२ सालमा नेपाललाई बेवास्ता गरेर भारत र चीनले सम्झौता गरेका थिए । त्यतिबेला नेपाल महाभूकम्पको मारमा परेको थियो । दुई देशले लिपुलेकको विषयमा..
संसदको आजको बैठक सम्पन्न, अर्को बैठक आईतबार विहान ११ बजे बस्ने
२६ वैशाख, काठमाण्डौँ । विशेष स्वास्थ्य शुरक्षाको व्यवस्था सहित सुरु भएको बजेट अधिवेशनको आजको बैठक सम्पन्न भएको छ । दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक केही बेर अघि सम्पन्न भएको हो । दुवै सदनको बैठक कक्षमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार स्वास्थ्य सुरक्षा अपनाइएको थिईयो । अर्को बैठक पर्सी आईतबार विहान ११ बजे बस्ने बताईको छ ।
अवको समयमा पुस्ता हस्तान्तरण गर्दे जानु पर्छः पुर्वप्रधानमन्त्री भट्राई
२६ वैशाख, काठमाण्डौँ । जनता समाजवादी पार्टी नेपालका नेता डा. वावुराम भट्राईले अवको समयमा पुस्ता हस्तान्तरण गर्दे जानु पर्ने बताउनुभएको छ । प्रधानमन्त्री भईसकेकाहरुले अव आफू प्रधानमन्त्रीको दावेदारीमा भन्दा पनि सल्लाहाकारको रुपमा रहेर नयाँ पुस्तालाई जिम्मेवारी सुम्पने तिर लाग्नुपर्ने बताउनु भएको हो । आजबाट सुरु भएको बजेट अधिवेशनको बैठकलाई सम्बोधन गर्दै उहाँले अबको समयमा पुस्तान्तरण गर्दे जानु पर्ने बताउनुभएको हो । अर्को प्रसङमा बोल्दै डा. भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा..
नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १०२ पुग्यो
२६ वैशाख, काठमाण्डौँ । नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । योसँगै नेपालमा कूल संक्रमितको संख्या १०२ पुगेको छ । यसमध्ये ७४ जना पुरुष र २८ जना महिला रहेका छन् । यता, कोशी अस्पतालबाट आज ८ जना डिस्चार्ज भएका छन् । जसमध्ये ५ जना..
संसदको आजको बैठक सम्पन्न, अर्को बैठक आईबार विहान ११ बजे बस्ने
२६ वैशाख, काठमाण्डौँ । विशेष स्वास्थ्य शुरक्षाको व्यवस्था सहित सुरु भएको बजेट अधिवेशनको आजको बैठक सम्पन्न भएको छ । दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक केही बेर अघि सम्पन्न भएको हो दुवै सदनको बैठक कक्षमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार स्वास्थ्य सुरक्षा अपनाइएको थिईयो । अर्को बैठक पर्सी आईबार विहान ११ बजे बस्ने बताईको छ भिडियो हेर्नुहोस्, https://www.youtube.com/watch?v=hitRXm82e3A
बजेट अधिवेशन आजदेखि शुरु हुँदै, विशेष स्वास्थ्य–सुरक्षा
२६ वैशाख, काठमाण्डौँ । सङ्घीय संसद्को छैटौँ बजेट अधिवेशन आजदेखि शुरु हुँदै छ । कोरोनाभाइरस संक्रमणपछि जारी लकडाउनकै बीच संघीय संसदको बजेट अधिवेशन अपरान्ह चार बजे शुरु हुने जनाईएको छ । अधिवेशनका लागि विशेष स्वास्थ्य–सुरक्षा व्यवस्था अपनाइएको छ । संसद सचिवालयका पदाधिकारीले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तोकेका मापदण्ड पूरा गरेर अधिवेशन सुरु गर्न लागेको बताएका छन् । उनीहरुले कोरोनाको सम्भावित जोखिम र चुनौतिका कारण सांसद, कर्मचारी र मर्यादापालकको पीसीआर..
नेकपाको सचिवालय बैठक सम्पन्न, नेताहरुबीच चर्काचर्की, स्थायी कमिटी बैठक अनिश्चित
२४ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । भोलिबाट सुरु हुने स्थायी कमिटीको बैठकको एजेण्डा तय गर्न बसेको सचिवालय बैठकमा नेताहरुबीच चर्काचर्की परेको थियो । सचिवालय बैठक सुरु हुनेबित्तिकै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग रुष्ट बनेका थिए । बीचमा उहाँ बैठक नै छोडेर बाहिरिनुभएके थियो । ओलीलाई निकै बेरसम्म नेताहरुले बैठक कक्षमा कुरेका थिए । स्रोतकाअनुसार अध्यक्ष..
नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ९९ पुग्यो
२४ वैशाख, काठमाण्डौँ । नेपालमा आज एकैदिनमा १७ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १७ जनामा कोरोना संक्रमण देखिएको हो । योसहित संक्रमितको संख्या ९९ जना पुगेको छ । १७ जनामध्ये १ जना दुई महिने शिशु पनि रहेका छन् । संक्रमितहरु सबै बीरगञ्जका भएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो । १७ जनामध्ये १० पुरुष र ७ जना महिला रहेका छन् ।..
लकडाउन जेष्ठ ५ गतेसम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय
२४ वैशाख, काठमाडौँ । सरकारले लकडाउनलाई जेष्ठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित लकडाउन २५ वैशाख मध्यराती १२ बजे सकिदैछ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो । कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैज्ञ ११ गतेदेखि लकडाउन गरेको थियो । लकडाउनकै अवधिमा नेपालमा कोरोनाको संक्रमण भने बढिरहेको छ । लकडाउनकै बीच..
नेकपा सचिवालयको बैठक बस्दै, नेताहरु आ–आफ्नै गृह कार्यमा
२४ वैशाख, काठमाडौँ । बिहीबार बस्ने स्थायी कमिटी बैठकको तयारीका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज तीन बजे बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको उक्त बैठकले स्थायी समितिका एजेण्डामाथी छलफल गर्ने जनाइएको छ । त्यसो त स्थाई समितीको बैठक बस्नु तिन दिन अधि (आईतबार) देखि नै नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका शीर्ष नेतालाई छुट्टा छुट्टै भेट गर्नुभएको छ ।..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७