मुख्य समाचार
नेकपा अध्यक्ष प्रचण्डलाई सरकारका तर्फबाट नेपाल नयाँ नक्सा
१० जेष्ठ, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सरकारका तर्फबाट नेपालको अद्यावधिक नक्सा हस्तान्तरण गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आज अध्यक्ष दाहाललाई लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नक्सा हस्तान्तरण गर्नुभयो । मन्त्री अर्यालले दाहाल निवास खुमलटार पुगेर नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा प्रदान गर्नुभएको हो । सो अवसरमा अध्यक्ष प्रचण्डले नक्सा तयार..
मोदीसँग वार्ता गर्न प्रधानमन्त्री ओली मध्य विन्दु खोज्दै
१० जेष्ठ, झापा । प्रधानमन्त्री केपी शर्मा ओली भारतप्रति संसदमा बोल्ने क्रममा कडा रुपमा प्रस्तुत भएलगत्तै वार्ताका लागि पहल शुरु भएको छ । उहाँले शुरुमा भारतलाई चेतावनी दिएपनि पछिल्लो समय नरम बन्दै द्विपक्षीय वार्ताका लागि कुटनीतिक पहलको निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार कुटनीतिक माध्यमले द्विपक्षीय कुराकानीको पहल भइरहेको छ । सिमा विवादका बारेमा दुई देशबीच सम्बन्ध चिसिइरहँदा वार्ताको पहल भइरहेको बुझिएको छ । नेपालले सिमा विवादपछि भारतसँग..
थप ३० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि, संक्रमितको कूल संख्या ४८७ पुग्यो
९ जेष्ठ, झापा । एकाविहानै ३० जनामा कोरोना भेटिएको छ । आज विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या चार सय ८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरु नवलपरासी, चितवन, कपिल वस्तु र सर्लाहीका रहेका छन् । नेपालमा थप ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ४८७ पुगेको छ । नवलपरासी विनय त्रिवेणी गाउँपालिका–६ निवासी..
दुई छिमेकी मुलुक संग नेपालको सम्वन्धः सिमा विवादबारे भारत संग वार्ता कहिले होला ?
८ जेष्ठ, काठमाण्डौँ । ‘सरकार जानै लागेको थियो फलानो देशको राजदुतले अड्याइदियो भन्ने सुनेको छु,’ प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो संसदमा बोल्दा यसो भन्नुभयो । उहाँले यस्तो बचनहरुलाई निम्सराको संङ्घा दिनुभयो । उहाँले थप्नुभयो, ‘यो सरकार जनताले बनाएको हो ।’ नेपाल कम्युनिस्ट पार्टी भित्र सरकार ढाल्ने खेलहरु भइरहँदा १८ र १९ जेठमा चिनियाँ राजदूत होउ यान्छीको राजनीतिक दौडले ओली सरकार जोगाउन सक्रियता देखाएको चर्चा चलेको थियो । पहिलोपटक चिनियाँ राजदुतको..
प्रदेश–१ मा मात्र थप १७ जना कोरोना संक्रमित, झापामा संक्रमित संख्या २५ पुग्यो
८ जेष्ठ, झापा । पूर्वि जिल्लाहरु झापा, धनकुटा र सुनसरीका थप १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । गएराति थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश एक मुख्यमन्त्री कार्यालयले जनाएको छ । झापाको कचनाकवल गाँउपालिकाका १५ र धनकुटा तथा सुनसरीका एक–एक जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितहरु कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८का १८ , १८, १९, १९, २२, २३, २३, २५, २६, २६,..
लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नेपालको नयाँ नक्सा सार्वजनिक
७ जेष्ठ, काठमाण्डौँ । मन्त्रिपरिषद्बाट लिम्पियाधुरासम्म नेपालको भूभाग समेटिएको नयाँ नक्सा स्वीकृत भएसँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सीमा विज्ञ, नागरिक समाज तथा नापी विभागका पूर्वमहानिर्देशकहरुसँग छलफल गरिसकेपछि आज मन्त्रालयमा लिम्पियाधुरा, लिपुलेक, कालापानी सहितको नेपालको नयाँ नक्सा सार्वजनीक गर्नुभएको हो । उहाँले नक्सा सार्वजनिक गर्दे नेपालको ईतिहासमै यो एक उल्लेखित कार्य भएको बताउनुभयो..
रुपन्देही र कपिलवस्तुमा थप १३ जना कोरोना संक्रमित, गुल्मीमा एकको मृत्यु
७ जेष्ठ, भैरहवा । आज रुपन्देही र कपिलवस्तुमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रुपन्देही र कपिलवस्तुमा गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । प्रयोगशाला स्रोतका अनुसार १२ जना कपिलवस्तु र एक जना रुपन्देहीका युवकमा कोरोना संक्रमण देखिएको हो । उनीहरु सबै जना भारतबाट फर्किएर क्वारेण्टाइनमा बसेका व्यक्ति हुन् । रुपन्देहीको बेलहिया नाकाबाट प्रदेश सरकारकै समन्वयमा आएर..
नक्सा सार्वजनिक गर्ने निर्णय पार्टीको हो, कसैको देवत्वकरण नगरौंः वामदेव गौतम
७ जेष्ठ, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले मुलुकको नयाँ नक्सा सार्वजनिक भएको विषयमा कुनै व्यक्तिको देवत्वकरण गर्न आवश्यक नभएको टिप्पणी गर्नुभएको छ । आज बिहान विज्ञप्ति जारी गरी उनले नक्सा सार्वजनिक हुनु पार्टीको सामूहिक निर्णयप्रक्रियाअनुसार भएको बताउनुभएको छ । ‘अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छ । तर, यो निर्णय पार्टीको सामूहिक निर्णयप्रक्रिया अनुसार भएर, नेपाल सरकारबाट पनि त्यहीअनुरुप अनुमोदन..
सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
६ जेष्ठ, काठमाण्डौँ । सरकारले आर्थिक वर्ष २०७७/०७८ को लागि ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधिसभामा बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रमको विरोध गरे पनि बहुमत सदस्य पक्षमा उभिएकाले बहुमतबाट पारित भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले जेष्ठ २ गते संसदमा पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभयो । नीति तथा कार्यक्रममाथि कांग्रेसका सांसद डा. मिनेन्द्र रिजाल,..
नेपालको मिचिएको भूमि फिर्ता ल्याएरै छाडिन्छः प्रधामन्त्री ओली
६ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याएरै छाड्ने बताउनुभएको छ ।संघीय संसदका दुबै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको अतिक्रमित भूमि फिर्ताको बिषय त्यतिकै सेलाएर नजाने बताउनुभएको हो । उहाँले संयुक्त बैठकलाई सम्वोधन गर्नुहुँदै भन्नुभयोः, ‘वि.स.२०१८ सालसम्म हामीले त्यहाँ जनगणना गरिरहेका थियौँ । हामी संग त्यको पर्याप्त प्रमाण छ । त्यसको केही समय पछि भारतले कालापानीम प्रहरी..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७