२९ जेष्ठ, काठमाण्डौँ । आज कोरोना भाइरसका थप २ सय ५० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित थपिएको जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कुल संक्रमित ४ हजार ६ सय १४ पुगेको बताउनुभएको छ । जसमध्ये ३२९ महिला र ४२८५ पुरुष छन् ।
यस्तै बितेको २४ घण्टामा १८७ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । जसमा ८ महिला र १७९ पुरुष रहेका छन् । योसँगै कूल निको हुनेको संख्या ८६१ जना पुगेको पनि गौतमले जानकारी दिनुभयो । यस्तै हालसम्म कोरोनाबाट १५ जनाको मृत्यु समेत भएको छ ।
यसअघि हिजो दुई सय ७९ कोरोना भाइरसका संक्रमित थपिएका थिए । हिजो संक्रमित सख्या ४ हजार ३ सय ६४ पुगेको थियो । यसैगरी, संक्रमितमध्ये महिलाको तुलनामा पुरुषको संख्या १३ गुणाले बढी छ ।