३० जेष्ठ, काठमाण्डौँ । चौतर्फी आलोचना भएपछि सरकारले र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण कम गर्ने तयारी गरेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अब लामो समयसम्म क्वारेन्टिनमा बसेकाहरूको मात्र आरडिटी माध्यमबाट परिक्षण गरिने तयारी रहेको छ ।
प्रवक्ता गौतमले भन्नुभयो,–‘दुई हप्ता बढी समय क्वारेन्टिनमा बस्नुभएकाहरूको पिसिआर गर्नुपर्दैन । त्यो बेलासम्म शरीरमा एन्टिबडी बनिसकेको हुन्छ र त्यसपछि उहाँहरू संक्रमण अरूमा सर्ने संम्भावना पनि हुँदैन ।’
क्वारेन्टिनमा १४ दिन पुगेका मानिसहरू छन् र त्यहाँ नयाँ मान्छे नथपिएको अवस्थामा पनि पिसिआर परीक्षण गर्नु नपर्ने उहाँले बताउनुभयो । नयाँ मान्छे थपिएको अवस्थामा मात्र त्यस्ता क्षेत्रमा संक्रमणको जोखिम रहन्छ ।
सरकारले सुरूमै आरडिटी किट प्रयोगमा ल्याउँदा विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेको भन्दै विज्ञहरूले यसको प्रयोग नगर्न सरकारलाई चेतावनी दिएका थिए ।