लिम्पियाधुरा, लिपुलेक र कालापानीका स्थानियहरु भरतीय प्रहरीको आइजी देखि डिआइजीसम्म

लिम्पियाधुरा, लिपुलेक र कालापानीका स्थानियहरु भरतीय प्रहरीको आइजी देखि डिआइजीसम्म

३० जेष्ठ, काठमाण्डौँ । नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्शा जारी भएपछि पूर्व झापा देखि कञ्चनपुरसम्म खुशियाली छाएको छ ।

अहिले आम नेपाली नागरीकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ईतिहासकै ‘राष्ट्रवादी’ नेताको रुपमा लिएका छन् ।

तर लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई नक्शामा नेपालले आफ्नो बनाइसक्यो जमिन भारतले नै भोगचलन गर्दै आएको छ । उक्त क्षेत्रका तीन हजार जनसंख्याबारे भने सरकार बेखबर जस्तै छ ।

नक्शा बनाएपछि सरकारले प्रमाण जुटाउन लागिपरेको छ । यसको जिम्मेवारी द्वन्द्व विशेषज्ञ विष्णु उप्रेती संयोजकत्वको समितिलाई छ ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र ३ सय ६० वर्गकिलोमिटर छ । जहाँ भारतले नेपालको भुमि अतिक्रमण गरेको विषय उठ्दै आएको छ ।

उक्त क्षेत्रमा तीन गाउँ छन् । जसको नाम हो गुन्जी, कुटी र नाबी । त्यहाँ अधिकांश भोटिया समुदाय बस्छन् । त्यहाँका मानिसहरुले भारतको नागरिकता लिएका छन् ।

रोचक पक्ष त यो छ कि उच्च पहाडी क्षेत्र भएपनि ती तीन गाउँ भारतीय प्रशासनिक क्षेत्रमा राम्रो संख्यामा प्रवेश बनाउन सकेकोमा पर्छ । त्यहाँ ६ जना नागरिक भारतको प्रशासनिक, प्रहरी र खुफिया एजेन्सीको उच्च अधिकृत छन् ।

टाइम्स अफ इन्डियाका अनुसार भारतको १९९७ ब्याचको आइपीएस अफिसर सञ्जय गुञ्ज्याल कालापानी क्षेत्रको गाउँका हुन् । अहिले उनी कुम्ब मेलाका आइजी छन् ।

विहारमा खटिएका बिनोद गुञ्ज्याल आइएएस अधिकृत हुन् । यस्तै २०११ को आइपिएस अधिकृत हेमन्त कुटियाल उत्तर प्रदेशमा खटिएका छन् । उनीहरु सबै उक्त क्षेत्रका हुन् ।

२००४ ब्याचका स्टेट पुलिस सर्भिसका अधिकृत विमल गुञ्ज्याल उत्तराखण्ड प्रहरीमा डिआइजी छन् । धिरेन्द्र सिंह गुञ्ज्याल पनि एसपिएस अधिकृत छन् । उनीहरु सबै उक्त क्षेत्रका हुन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270