आज थपिए ४२१ जना कोरोना संक्रमित, कुल संक्रमित संख्या ९ हजार २६ पुग्यो

आज थपिए ४२१ जना कोरोना संक्रमित, कुल संक्रमित संख्या ९ हजार २६ पुग्यो


७ असार, काठमाण्डौँ । आज कोरोना भाइरसका थप ४ सय २१ जना संक्रमित थपिएका छन् । नेपालमा कोरानाका कुल संक्रमित संख्या ९ हजार २६ जना संक्रमित संख्या पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका संक्रमितमध्ये ६४ महिला र ३५७ पुरुष छन् । कुल संक्रमितमध्ये ८ हजार २ सय ६ जना पुरुष र ८ सय २० महिला छन् ।

बितेको २४ घण्टामा ८ महिला १८६ पुरुष गरी जम्मा १९४ जना कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । यो सहित कोरोना निको हुनेको संख्या १ हजार ७७२ जना रहेका छन् । जसमा १४९ महिला र १ हजार ६२३ पुरुष रहेका छन् । हालसम्म कोरोनाबाट २३ जनाको मृत्यु भएको छ ।

आज थपिएकासँगै कुल संक्रमित पत्ता लागेको जिल्ला ७५ पुगेको छ । अहिलेसम्म संक्रमणबाट २३ जनाको मृत्यु भएको तथ्यांक छ ।

यसअघि हिजो कुल संक्रमित संख्या ८ हजार २ सय ७४ पुगेको थियो । जसमध्ये महिला ७ सय ७ र पुरुष ७ हजार ५ सय ६७ थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर