देशभर मनसुनी वायुको बढ्दो प्रभाव, वाढी–पहिरोको जोखिमबाट सचेत रहन महाशाखाको आग्रह

देशभर मनसुनी वायुको बढ्दो प्रभाव, वाढी–पहिरोको जोखिमबाट सचेत रहन महाशाखाको आग्रह

९ असार, काठमाण्डौँ । देशभर मनसुनी वायुको बढ्दो प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

महाशाखाका अनुसार देशभर सामान्य बदली रही प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, प्रदेश–५ र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम स्तरको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राती देशभर सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । प्रदेश–१, प्रदेश–२, गण्डकी र प्रदेश–५ र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको बताईएको छ ।

यता बर्षातको सिजन सुरु भएपछि देशका विभिन्न भुभागमा वाढीपहिरोको जोपखम बढेको भन्दै सचेत रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर