‘लकडाउनमा आत्महत्या भयावह भएको होईन, जोखिम बढेको मात्र हो ।’

‘लकडाउनमा आत्महत्या भयावह भएको होईन, जोखिम बढेको मात्र हो ।’


१० असार, काठमाण्डौँ । कोरोनाको संकट र लकडाउन पछि आत्महत्या गर्नेको संख्या बढ्यो ! आत्महत्याको अवस्था भयावह हुँदै गयो भन्ने जस्ता समचार हिजो आज आउन थालेका छन् ।

यस घटनालाई कोरोना महामारीले निम्त्याएको संकटसँग मात्र जोडेर हेर्ने गरिएको छ ।

लकडाउन सुरु भए देखि ७५ दिनसमम्मको अवधिमा नेपालमा एक हजार दुई सय २७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउछ । जुन दैनिक सरदर १६ जना पर्न आउँछ ।

तर आत्महत्या अहिलेको मात्र समस्या भने होइन ।

आत्महत्याको समस्या नेपालमा पहिले देखि नै जनस्वास्थ्य क्षेत्रका चुनौतिको रूपमा देखा पर्दै आएको छ । नेपालमा आत्महत्या गर्नेको दर प्रत्येक वर्ष ८ Þ१० प्रतिशतले वृद्धि हुँदै गइरहेको छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षमा ५,७५४ जना नेपालीले आत्महत्याबाट ज्यान गुमाएका थिए । यसरी हेर्दा नेपालमा प्रत्येक दिन सरदर १६ जना व्यक्तिले आत्महत्या गर्ने गरेको सरकारी आँकडाले देखाउँछ ।

प्रकृतिक बिपत्ति पर्दा, रोगव्याधी फैलिदा जस्ता असहज र जोखिम पुर्ण अवस्थामा मानसिक रोग तथा आत्महत्याको दर बढेर जाने जोखिम भने हुन्छ ।

 

‘आत्महत्या लकडाउन पछिको मात्र समस्या हो । लकडाउन पछि भयावह भएको छ, पहिले यस्तो थिएन भन्ने बुझाई सरासर गलत हो । लकडाउन भन्दा पहिले र लकडाउन पछिको तुलना गर्ने हो भने खासै फरक देखिदैन ।’

 

त्यसैले आत्महत्या लकडाउन पछिको मात्र समस्या हो । लकडाउन पछि भयावह भएको छ, पहिले यस्तो थिएन भन्ने बुझाई सरासर गलत हो । लकडाउन भन्दा पहिले र लकडाउन पछिको तुलना गर्ने हो भने खासै फरक देखिदैन । तर बढदै जाने संकेतहरु भने देखा पर्न थालेका छन ।

बालबालिकामा भने यो बिचमा आत्महत्या गर्ने दर बढेर गएको देखिन्छ । जुन दुखद हो । आत्महत्या एकदमै संवेदनशिल बिषय हो ।

आत्महत्याको समाचारलाई अतीरन्जीत र सनसनी पुर्ण बनाउनु हुदैन । यसले समाजमा झनै नकारात्मक असर र्पुयाउछ । डिप्रेसनमा रहेका र आत्महत्याको सोच बनाएकाहरुमा आत्महत्या गर्ने आँट बढ्छ । बालबालिकाहरुले त्यसको सिको गर्न सक्छन् ।

आत्महत्या नेपालको मात्र समस्या पनि होइन । यो विश्वकै साझा समस्या हो ।

 

प्रत्येक वर्ष विश्वमा सरदर ८.१० लाख व्यक्तिले आत्महत्याबाट आफ्नो ज्यान गुमाउने गरेका छन । यो संख्या युद्ध, दैवी प्रकोप, सडक दुर्घटना, महामारी लगायतका कारणहरूबाट हुने मृत्यु भन्दा धेरै हो ।

 

विश्वमा प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्माहत्या गर्छ भने प्रत्येक ३ सेकेण्डमा १ जनाले आत्महत्याको प्रयास गर्ने गर्दछ । एक आत्महत्या हुँदा पच्चिस व्यक्तिले आत्महत्याको प्रयास गरिसकेका हुन्छन् र धेरै व्यक्तिहरूले आत्महत्या गर्न गम्भिर रूपमा सोचेका हुन्छन् ।
प्रत्येक वर्ष विश्वमा सरदर ८.१० लाख व्यक्तिले आत्महत्याबाट आफ्नो ज्यान गुमाउने गरेका छन । यो संख्या युद्ध, दैवी प्रकोप, सडक दुर्घटना, महामारी लगायतका कारणहरूबाट हुने मृत्यु भन्दा धेरै हो । विश्वमा महिलाको तुलनामा पुरुषहरुले बढि आत्माहत्या गर्ने गर्छन । तर आत्महत्याको प्रयास भने पुरुषमा भन्दा महिलामा बढि देखिन्छ ।

प्रायः सबै मानिस दीर्घजीवन चाहन्छन् । मर्न देखि सबैलाई डर लाग्छ । “मर्ने कसैको रहर हुँदैन” तर किन कोहि व्यक्ती आत्महत्या गरेर आफ्नो जिवन आफै समाप्त पार्न खोज्छन् ? आत्महत्याको अवस्थामा पुगेको बेला पक्कै पनि व्यक्तिले आफ्नो जीवनका सबै ढोकाहरू बन्द भएको देख्छ होला । मर्नु बाहेक अरु कुनै पनि विकल्पहरू भेट्दैन होला । उ चरम निरासामा डुबेको हुनसक्छ ।

आत्महत्या गर्ने अवस्थामा पुग्नुको पछाडि धेरै कारणहरू हुन सक्छन् । आत्महत्याको ९० प्रतिशत कारण भने मानसिक रोग नै भएको पाइन्छ । त्यसमा पनि डिप्रेसन मुख्य हो । क्षणिक आवेगमा आएर निर्णय लिने क्षमता गुमाउदा वा अत्याधिक जाँड, रक्सी, लागूँ पदार्थको सेवन तथा कडा खालका मानसिक रोग लागेर पनि व्यक्तिले आत्महत्या गर्न सक्छ ।

व्यक्तिले आत्महत्या आफ्नो व्यक्तिगत कमजोरीका कारण गर्ने नभएर आनुवंशिक, मनोवैज्ञानिक, सामाजिक, साँस्कृतिक तथा अन्य जोखिमका तत्त्वहरूको संयुक्त प्रभावका कारण हुने गर्दछ ।

धेरै जस्तो केशमा आत्महत्याको प्रयास वा आत्महत्यालाई मानसिक रोगको एउटा लक्षणको रूपमा लिनुपर्दछ ।

जसरी कुनै कुनै शारीरिक रोगमा केही व्यक्तिहरु उच्च जोखिमा हुन्छ । त्यसैगरि केही व्यक्तिहरु मानसिक रोग र आत्महत्याको हिसावले केहि उच्च जोखिममा हुन सक्छन । जस्तो मानसिक रोग डिप्रेसनमा रहेको, कुनै दुःखद घटनाले धेरै प्रभावित, पटक पटक आत्महत्याको प्रयास गरेको, तनाव पुर्ण पेशामा भएकाहरु, पारिवारिक झै–झगडा, आर्थिक संकट भएका, वेरोजगार, लाँगू प्रदार्थक कुलतमा फसेका आदि ।

मानसिक रोग जोसुकैलाई लाग्न सक्दछ । मानसिक रोग र आत्महत्यालाई हाम्रो समाजले फरक रुपमा लिन्छ । फरक तरिकाले बुझ्छ । मानसिक रोगलाई पुर्व जन्मको पाप र अपराध ठान्छ । देवि–देवता कुल देवता बिग्रेको भन्छ । आत्महत्या गर्नेलाई समाजले पानी मरुवा, लाछीको उपमा दिन्छ । आत्महत्या गर्नेको अनुहार हेरियो भने ‘अगती’ परिन्छ भनेर अनुहार लुकाउँदै र नाक खुम्चाउँदै हिँड्नेहरू पनि हाम्रो समाजमा भेटिन्छन् । आत्महत्या गर्नेको परिवारमा अरु व्यक्तिहरूको आउजाउ कम हुने तथा पानी बाराबारसम्म गरेको पाइन्छ । मानसिक रोग तथा आत्महत्याप्रतिको गलत बुझाई धारणा र सोचमा परिवर्तन आउन आवश्यक छ ।

 

संसार हिजो पनि सुन्दर थियो, आज पनि सुन्दर छ र भोलि पनि सुन्दर नै रहने छ, मात्र जीवनको घटनाक्रमले यो सुन्दर संसारमा टुवाँलो लागेको जस्तो मात्र भएको हो । धैर्य गरियो भने एक दिन त्यो तुवालो फाँट्छ नै । जीवन परिवर्तनका लागि एक मिनेट नै पर्याप्त छ । जीवन रहे आफूले गरेको सबै गल्तीहरू सच्याउन सकिन्छ ।

 

“हरपल मरीमरी बाँच्नु भन्दा त एकैपलमा मर्न, मन लाग्न सक्छ, त्यही पललाई केही वेर त सहेर हेर, फेरि पनि बाँच्ने इच्छा जाग्न सक्छ” सत्य र स्वरूपराज आचार्यले गाएको गीतले भनेझै दुःख र निरासाको क्षणलाई धैर्य गरेर केहीबेर पर्खने हो भने त्यो पल बितेर जान्छ र आफ्नो आत्महत्याको सोच, निर्णय र विचारमा परिवर्तन आउनु सक्छ । त्यो थोरै समयमा आफूले गरेको धैर्यता र अरुबाट प्राप्त सहयोगले जीवन जोगिन सक्छ । तपाईले कसैलाई गर्नु भएको एक मिनेटको सहयोग वा तपाईको एक मिनेटको धैर्यता जीवन परिवर्तनका लागि पर्याप्त हुन सक्छ ।

संसार हिजो पनि सुन्दर थियो, आज पनि सुन्दर छ र भोलि पनि सुन्दर नै रहने छ, मात्र जीवनको घटनाक्रमले यो सुन्दर संसारमा टुवाँलो लागेको जस्तो मात्र भएको हो । धैर्य गरियो भने एक दिन त्यो तुवालो फाँट्छ नै । जीवन परिवर्तनका लागि एक मिनेट नै पर्याप्त छ । जीवन रहे आफूले गरेको सबै गल्तीहरू सच्याउन सकिन्छ । गल्तीको प्रायश्चित गर्न सकिन्छ । तर आफ्नो अस्तित्व नै नास भएपछि आफूले गरेको अमूल्य जीवन त्याग्ने भुललाई प्रायश्चित गर्ने मौका समेत पाइदैन ।

आत्महत्या समस्याको समाधान हुँदै होइन र आत्महत्यालाई धेरै हदसम्म रोकथाम गर्न पनि सकिन्छ ।

आत्महत्याको प्रयास वास्तवमा सहयोगका लागि एक प्रकारको चित्कार नै हो । विशेष अवस्थामा बाहेक एउटा व्यक्तिले एकै पटक आत्महत्याको प्रयास गर्दैन । आत्महत्या गर्नु अगाडि विभिन्न किसिमका लक्षणहरू वा संकेतहरू देखाउने, व्यक्त गर्ने गर्दछ । यस्तो अवस्थामा उसले वेलैमा घरपरिवार, साथीसङ्गी वा विशेषज्ञको सहयोग पाएमा आत्महत्याको उसको सोच वा प्रयासलाई रोक्न सकिन्छ ।

खतराको सूचक, जोखिम र सुरक्षाका तत्त्व, स्वहेरचाह आदिको जानकारी भएमा आत्महत्यालाई रोकथाम गरी प्रत्येक जीवनलाई बचाउन सकिन्छ । यसका लागि हामी सबैको थोरै समय र सहकार्यले मात्र पनि धेरै ठूलो सहयोग पुर्याउन सक्दछ ।

(लेखकः ढकाल मार्क नेपाल मनोसेवा केन्द्रका अध्यक्ष हुनुहुन्छ, उहाँ संग मनोपरामर्श लिन चाहनुहुन्छ उहाँको मोवाईल नम्वर ९८१३५२७७३२ मा सम्पर्क गर्न सक्नुहुन्छ ।)

प्रतिक्रिया:

सम्बन्धित खवर