मौसम पूर्वानुमानः देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम स्तरको वर्षाको हुने

मौसम पूर्वानुमानः देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम स्तरको वर्षाको हुने

११ असार, काठमाण्डौँ । मौसम पूर्वानुमान महाशाखाले अहिले देशका अधिकांश भूभागमा मौसम बदली भएको भन्दै हल्कादेखि मध्यम स्तरको वर्षाको हुने बताएको छ ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव र मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ ।

अहिले प्रदेश–१, प्रदेश–२, प्रदेश–५, सुदूर पश्चिम प्रदेश तथा कर्णाली प्रदेशका केहि स्थानहरुमा बर्षा भइरहेको छ ।

यसैगरी, पूर्वानुमानका अनुसार आज दिउँसो देशभर बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

यस्तै, प्रदेश–१, प्रदेश–२, प्रदेश–६, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर