आज मात्र थप ६ सय २९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १० हजार ७ सय २८ पुग्यो

आज मात्र थप ६ सय २९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १० हजार ७ सय २८ पुग्यो

१० असार, काठमाण्डौँ । आज थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा ६ सय २९ जनामा कोरोना देखिएको जानकारी दिनुभयो । योसँगै कुल संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ ।

नयाँ संक्रमितमा ११० जना महिला र ५१९ जना पुरुष रहेका छन् ।

आजसम्म पीसीआर विधिबाट ६ हजार ८ सय २८ र आरडिटी विधिबाट १२ हजार १ सय १२ जनाको कोरोना परीक्षण गरीएको छ । अहिले सम्म पीसीआर परीक्षणको संख्या १ लाख ९३ हजार १ सय ९४ पुगेको छ । आरडिटी विधिबाट २ लाख ८३ हजार ६ सय ९६ जनाको परीक्षण भएको छ ।

अहिले देशका विभिन्न अस्पतालमा ८ हजार ३ सय ६६ जना उपचाररत रहेका छन् । क्वारेन्टिनमा ७८ हजार ६ सय ३९ जना रहेका छन् । अहिलेसम्म कोरोनाबाट २४ जनाको मृत्यु भएको छ ।

त्यस्तै यस अवधिमा ११४ जना निको भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १०६ पुरुष र ८ महिला छन् । यीसहित कुल २ हजार ३ सय ३८ जना निको भइ घर फर्किएका छन ।

प्रतिक्रिया:

सम्बन्धित खवर