नेकपा स्थायी समिति बैठक सम्पन्नः उद्धार र राहतमा खटिने निर्णय

६ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक आज केहीबेर बसेर स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अविरल वर्षापछि देशभर आएको बाढी पहिरोमा प्रभावित बनेकाहरुको उद्धार र राहतमा खटिने निर्णय गरेको बताइएको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपि शर्मा ओली उपस्थित हुनुहुन्नथ्यो । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बाढी पहिरोबाट प्रभावितहरुको उद्धार र राहतमा सम्पूर्ण पार्टी एकताबद्ध भएर लागिपर्ने निर्णय भएको बताउनुभयो..

प्रचण्डले बोलाएको भेला समय सान्दर्भिक नभएको लेखराज भट्टको टिप्पणी

६ श्रावण, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा उद्योगमन्त्री लेखराज भट्टले हिजो पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको पूर्व माओवादी केन्द्रतर्फका स्थायी कमिटी सदस्यहरुको भेलामा आफू नगएको स्पष्ट पारेका छन् । तर आफू र पार्टी अध्यक्ष दाहालबीच बाहिर चर्चा भएजस्तो सम्बन्ध नचिसिएको र र पानी बाराबारको अवस्थापनि नरहेको पनि बताएका छन् । उनले उक्त भेलालाई समय सान्दर्भिक नभएको टिप्पणी गरेका छन् । उनले..

भाद्र १ देखी हवाई उडान सुचारु गर्ने मन्त्रिपरिषद्को निर्णय

५ श्रावण, काठमाण्डौँ । सरकारले भाद्र १ गते देखी हवाई उडान सुचारु गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक र बाह्य दुवै हवाई उडार पुनः संचालनमा ल्याउने निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हवाई उडान पुनः सञ्चालन हुने निर्णयबारे जानकारी दिनुभएको हो । पर्यटन मन्त्रालयले उडानको मापदण्ड बनाउने जिम्मा पाएको छ । मापदण्ड पुरा गरेपछि मात्र सञ्चालन गर्नेछ । सरकारले कोरोना जोखिम..

कोरोना संक्रमितको संख्या कुन प्रदेशमा कति पुग्यो ?

५ श्रावण, काठमाण्डौँ । पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार २१६ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ । उनीहरूमध्ये ४० जनाको मृत्यु भएको छ भने ११ हजार ८६८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १७३ जना आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका प्रवक्ता..

लकडाउन अझै लम्बिने, नयाँ ‘मोडालीटी’बारे मन्त्रिपरिषद्ले आज निर्णय गर्ने

५ श्रावण, काठमाण्डौँ । लकडाउन अझै लम्बिने भएको छ । सरकारले आज मन्त्रिपरिषद् बैठकमा त्यसबारे निर्णय लिने स्रोतले जानाएको छ । श्रावण ७ गते सम्मका लागि रहेको लकडाउन लम्ब्याउने निर्णय गरिने भएपनि ढाँचा भने परिवर्तन हुनेछ । विगतमा भन्दा लकडाउन केही खुकुलो बनाइने स्रोतले जानकारी दिएको छ । यसअघि हिजो कोरोना संक्रमण संकट व्यवस्थापन केन्द्र सीसीएमसीले नयाँ ढाँचाबारे प्रस्ताव तयार गर्दैछ । यसलाई मन्त्रिपरिषदमा निर्णयका लागि लगिदैछ । सीसीएमसी सचिवालयका..

ओली–प्रचण्डबीच साढे २ घन्टा छलफलः विवादको चुरो जहाँको त्यही !

४ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भएको छलफल सकिएको छ । दुई अध्यक्षबीच आइतबार साँझ झन्डै साढे दुई घन्टा कुराकानी भएको थियो । ओलीसँग कुरा गर्न प्रचण्ड सवा ४ बजेतिर बालुवाटार पुगेका थिए भने पौने ७ बजे बाहिरिएका थिए । दुई अध्यक्षबीच के कुराकानी भयो भन्ने विस्तृत विवरण आइसकेको छैन । यसअघि शनिबार प्रचण्डले ओलीसँग विवाद..

नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ११ हजार ६९५ पुग्यो

४ श्रावण, काठमाण्डौँ । नेपालमा कोरोनाभाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या ११ हजार ६९५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारसम्म संक्रमणमुक्त हुनेको संख्या ११ हजार ६९५ अर्थात ६६.२४ प्रतिशत पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार आज ५८ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । जसअनुसार काठमाडौंका १ र ललितपुरका २ गरी थप १५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल..

ओलीका अस्त्रहरु घेराबन्दी तोड्न विफलः महाधिवेशनको कार्ड मान्य छैन-प्रचण्ड

४ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिरमा महाधिवेशनको प्रस्ताव गरेपनि त्यसमा आफ्नो कुनै समर्थन नरहेको स्पष्ट पारेका छन् । उनले ओलीले गरेको ‘अर्ली महाधिवेशन’ प्रस्ताव मान्य नरहेको र त्यसमा आफूहरुबीच कुनै सहमति नरहेको आइतबार प्रचण्ड निवास खुमलटारमा सचिवालयका ४ सदस्य र केही स्थायी समितिका सदस्यको भेलामा स्पष्ट पारेका हुन् । ‘ओलीजी र मेरोबीच कुनै सहमति भएको थिएन । सहमति बिनै..

राष्ट्रपति भण्डारीसँग नेकपा अध्यक्षद्धयको भेट, माधव नेपाल रुष्ट

४ श्रावण, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार साँझ भेटवार्ता गरेका छन् । पार्टीको सचिवालय बैठक सकिएलगत्तै अध्यक्षद्वयले राष्ट्रपति भवन शीतलनिवास पुगेर भेटघाट गरेका हुन् । भेटवार्ताका क्रममा मुलुकको समसामयिक विषयमा छलफल भएको जनाइएको छ । नेकपाको शीर्ष तहमा देखिएको विवाद समाधानका लागि छलफल जारी रहेका बेला हिजो सचिवालय बैठकसमेत बसेको थियो ।..

नेकपा सचिवालय बैठक सम्पन्नः पार्टीको विवाद अध्यक्षद्वयले सहमतिमा टुंग्याउने निर्णय

३ श्रावण, झापा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टी विवादलाई थप छलफल गरेर टुंग्याउने निर्णय गरेको छ । आज दिउँसो ३ बजेदेखि साझ ७ बजेसम्म बसेको बैठकले पार्टी विवादबारे अध्यक्षद्वयले सहमतिमा टुंग्याउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘पार्टीको समग्र समस्याको बारेमा छलफल भएको हो । आजको छलफल राम्रोसँग भएको छ । तर विवाद समाधान भएको छैन । दुई अध्यक्षले सहमतिमा विवाद टुंग्याउने सहमति भएको..