कोरोना मुक्त हुनेको संख्या १३ हजार ७५४ पुग्यो, मृतक संख्या संख्या ४८

१२ श्रावण, काठमाण्डौँ । पछिल्लो २४ घन्टामा देशभर थप १३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ललितपुरमा ३ र काठमाडौंमा ३ सहित देशभर १३९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यस्तै पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ कोरोना संक्रमण मुक्त भएको पनि उहाँले जानकारी दिनुभयो । हालसम्म कोरोना जित्नेको संख्या १३ हजार ७५४ पुगेको छ । पछिल्लो..

पशुपतिनाथ मन्दिरको गुरुयोजनाः एक करोड पर्यटक भित्र्याउने लक्ष्य

१२ श्रावण, काठमाण्डौँ । विश्वभर रहेका करिब एक अर्ब हिन्दू धर्मावलम्बीमध्ये वार्षिक एक प्रतिशत अर्थात एक करोडलाई पशुपतिनाथको मन्दिर दर्शन गराउने गरी पशुपति क्षेत्रको विस्तृत गुरुयोजना तयार पारिएको छ । पशुपति क्षेत्र विकास कोषले तयार पारेको अति महत्वकाङक्षी गुरुयोजना संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री अध्यक्ष हुने सञ्चालक परिषद्ले गत २०७६ माघ १९ गते पारित गरी मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि पेश गरिएको छ । विसं १८६७ मा तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहले..

७० दशमलव ६ प्रतिशत सङ्क्रमित निको भए, मृतकको सङ्ख्या ४५ पुग्यो

१० श्रावण, काठमाण्डौँ । आज थप एक सय ६ जना कोरोना भाइरस सङ्क्रमण मुक्त भई घर फर्किएका भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आज एक सय ६ जना सङ्क्रमण मुक्त भएपछि सङ्क्रमण मुक्त हुनेको कूल सङ्ख्या १३ हजार ५३ पुगेको जानकारी दिनुभयो । मन्त्रालयका अनुसार हालसम्म ७० दशमलव ६ प्रतिशत सङ्क्रमित निको भइसकेका छन् । आज थप एक सय नौ जनामा..

काँकडभिट्टा नाकामा खटिएका १८ जना प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि

१० श्रावण, झापा । झापाको पूर्वी नाका काँकडभिट्टामा खटिएका थप १८ जना सशस्त्र प्रहरी जवानमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । तीन दिनअघि दुई जना सशस्त्रमा कोरोना पुष्टि भएपछि थप ४८ जना सशस्त्र प्रहरीको पिसीआर परीक्षणका लागि धरान पठाइएकोमा १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरिक्षक जीवन चौलागाईले जानकारी दिनुभयो । सङ्क्रमण पुष्टि भएकाहरू सशस्त्र प्रहरी बल नेपाल नम्बर–८ गुल्म हेकुवा राजश्व तथा भन्सार..

प्रचण्डलाई मुख्यमन्त्री पोखलको जवाफः आफू प्रधानमन्त्री हुँदा नक्शाको कुरा थाहा नपाउने, अहिले मैंले हो भन्ने !

१० श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र खुलेर आरोप प्रत्यारोप गर्ने क्रम सुरु भएको छ । हिजो सार्वजनिक कार्यक्रममै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले दर्ता गर्न लगाएको बोलेपछि आरोप प्रत्यारोप सुरु भएको हो । पुष्पलाल स्मृति दिवसको अवशरमा हिजो राजधानिमा आयोजित एक कार्यक्रममा प्रचण्डले ओलीमाथि आफ्ना युवाहरुलाई लगाएर नेकपा एमाले दर्ता गर्न लगाएको आरोप लगाएका थिए । उनले ओलीमाथि घुमाउरो पाराले नेकपा फुटाउन..

ओली–देउवाबीच निरन्तर वार्ताः काँग्रेस र नेकपा विपक्षी खेमाको विमती !

९ श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा केही दिनयता निरन्तर छलफलमा छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो विहीबार र आज शुक्रबार पनि ओली र देउवाबीच छलफल भएको छ । हिजो ओली र देउवाबीच ‘वान टू वान’ वार्तामा भएको थियो भने आजको छलफलमा नेकपा संसदीय दल उपनेता सुवास नेम्वाङ र काँग्रेस नेता रमेश लेखक सहभागी थिए । हिजोको छलफलमा देउवाले लकडाउनपछिको..

राष्ट्रपति भण्डारीद्धारा नेपाली मिडियाको प्रशंसा

९ श्रावण, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बरिष्ठ पत्रकारहरूसँग भेटवार्ता गर्नुभएको छ । राष्ट्रियताको सवाल र कोरोना संक्रमण महामारीलगायत बाढि–पहिरोजस्ता राष्ट्रिय विपत्तिको विषयमा नेपालका मिडियाले सकारात्मक भूमिका निर्वाह गरेको भन्दै उहाँले मिडियाको भूमिकाको प्रशंसा गर्नुभको छ । उहाँले राष्ट्रियताको सवालमा खासगरी लिम्पियाधुरा, लिपुलेक र कालापानी सम्मिलित नयाँ नक्शा प्रकाशनको सवालमा नेपाली मिडियाले अभुतपूर्व योगदान पुर्याएको धारणा राख्नुभएको थियो । भेटमा राष्ट्रपति भण्डारीले मिडियाले खेलेको भूमिकाको बारेमा मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।..

प्रधानमन्त्री ओलीकै पहलमा ‘नेकपा एमाले’ दर्ता भयोः प्रचण्ड

९ श्रावण, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै पहलमा ‘नेकपा एमाले’ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको दाबी गर्नुभएको छ । पुष्पलाल स्मृति दिवसको अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले पार्टी संकटमा रहेको बताउनुभएको हो । पार्टीको बैठक चलिरहेकै बेलामा अर्का अध्यक्षको सक्रियता र पहलमा ‘नेकपा एमाले’ दर्ताका लागि निवेदन परेको प्रचण्डको आरोप छ ।..

सीतापाइला एसिड प्रकरणः आक्रमणकारी भन्छन् ‘साहुको निर्देशनमा हाने !’

९ श्रावण, काठमाण्डौँ । काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड हान्ने भारतीय नागरिक मुन्ना मोहम्मदले साहुको निर्देशनमा एसिड हानेको बयान दिएका छन् । साथै, साहु रौतहटको लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलमले उनलाई राति नै भारततिर जान भनेको पनि मुन्नाले खुलासा गरेका छन् । तर, महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुको द्रुत एक्सनका कारण मुन्ना हिजो राति ११ बजे नै पक्राउ परेका छन् । घटनास्थल नजिकै रहेको..

न्यायाधीशमाथि महाअभियोग लगाउन बाबुराम भट्टराईको प्रस्ताव

९ श्रावण, काठमाण्डौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अपराधलाई संरक्षण गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका छन् । सर्वाेच्च अदालतले जेल सजायँ कटौती गरिदिएपछि पूर्वडीआईजी रञ्जन कोइराला रिहा भएको भोलिपल्टै डा. भट्टराईले न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका हुन् । समाजवादी पार्टीका वरिष्ठ समेत रहेका डा. भट्टराईले देश गम्भीर संकटतिर जान लागेको बताउँदै आफ्ना धारणा बुँदागत रुपमा ट्वीटरमार्फत सार्वजनिक गरेका छन् । ‘लोकतान्त्रिक ढंगले संकटमोचन गर्ने उपाय’ भन्दै डा. भट्टराईले संसद..