केन्द्रीय कमिटी बैठकको माग गर्दे नेकपा अध्यक्षद्धयलाई पत्र

केन्द्रीय कमिटी बैठकको माग गर्दे नेकपा अध्यक्षद्धयलाई पत्र

१४ श्रावण, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक सय ५२ जना केन्द्रीय सदस्यले लिखित रुपमा केन्द्रीय कमिटी बैठकको माग गरेका छन् ।

एक महिनाभन्दा लामो समयदेखि जारी स्थायी कमिटी बैठक निष्कर्ष विहिनताको अवस्थामा रहेको समयमा केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठकको माग गरेका हुन् ।

पार्टीभित्रको विवादले आफूअरुलाई चिन्तित बनाएको भन्दै अध्यक्षद्वयलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ–‘हाल देखिएको सबै विवाद र समस्याहरुको समाधान पार्टीको बैठकमा गहन छलफल गरी विधि पद्धति बमोजिम समाधान गर्नुपर्छ भन्ने हाम्रो ठहर छ ।’

यसका लागि पार्टीको अन्तरिम विधान, २०७५ को धारा ५९ (क) ४ बमोजिम बैठक बोलाउनुपर्ने उनीहरुको भनाई छ ।

यो धारामा एक चौथाई सदस्यले बैठक माग गरेपछि १५ दिनभित्र बैठक बोलाउनु पर्ने प्रावधान उल्लेख छ ।

पार्टी कार्यालयमा दर्ता गरिएको पत्रमा एक सय ५० जना केन्दिय सदस्यको हस्ताक्षर छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर