मुख्य समाचार
पार्टी नेताहरुको विरुद्धमा दुष्प्रचार बन्द गर्न प्रचण्ड सचिवालयलको आग्रह
८ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले पार्टी नेताहरुकाविरुद्ध भइरहेको दुष्प्रचार बन्द गर्न आग्रह गरेको छ । पछिल्ला दिनमा नेकपाको आन्तरिक वैचारिक बहसका विषयलाई लिएर भइरहेको प्रचार गलत र वास्तविक नभएको सचिवालयले स्पष्ट पारेको हो । अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले आज ‘प्रेस नोट’ जारी गर्दे सो जानकारी दिनुभएको हो । केही दिनयता पार्टीका स्थायी समिति सदस्य जनार्दन शर्माका सम्बन्धमा विभिन्न माध्यमबाट प्रकाशित÷प्रसारित..
पूर्वडीआईजी कोइरालाको मुद्धालाई लिएर सर्वाेच्चको फैसलाविरुद्ध सरकारी वकिल
८ श्रावण, काठमाण्डौँ । आफ्नै पत्नी गीता ढकालको हत्या गरेको अभियोगमा ८ वर्ष जेल बसेर आज रिहा भएका रञ्जन कोइरालालाई सजाय छुट दिने सर्वाेच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय पुनरावलोकनमा जाने भएको छ । स्रोतका अनुसार महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनका लागि सर्वाेच्चमा निवेदन दिने निर्णय गरेको हो । सोही निर्णयका आधारमा आज नै सरकारी वकिल फैसलाको न्यायिक पुनरावलोकनको माग गर्दै सर्वाेच्च अदालत जाने बताईएको छ । प्रधान यायाधीश चोलेन्द्र शमसेर जबरा..
प्रधानमन्त्री भेट्न बालुवाटार पुगे देउवा
८ श्रावण, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटको क्रममा देउवाले कोरोना र बाढी पहिरोका सम्बन्धमा ओलीलाई ध्यानाकर्षण गराएका छन् । सभापति देउवाले कोरोना संक्रमतिको संख्या बढिरहेका बेला लकडाउन खुलेपछिको चुनौती सामना गर्न विशेष रणनीति निर्माण गर्नेका लागि प्रधानमन्त्री ओलीसँग आग्रह गरेका छन् । देउवाले पीसिआर प्रविधीबाट मात्रै परीक्षण गर्न आग्रह गरेका थिए ।..
काँग्रेसको तत्कालिन समुह छिन्नभिन्न बन्दैः नेताहरु आ–आफ्नै तयारीमा
८ श्रावण, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले महामन्त्री डा. शशांक कोइरालालाई भेटेर आगामी महाधिवेशनमा आफू सभापतिमा उम्मेद्ववारी दिनेगरि तयारी थालेकोबारे जानकारी गराएका छन् । सभापति शेरबहादुर देउवाले आगामी दिनमा पूनः सभापति लड्नेगरि तयारी थालिरहँदा उनकै गुटका शक्तिशाली नेता निधिले महामन्त्री कोइरालालाई भेटेर आफू सभापतिमा उठ्न लागेको र मिलेर अघि बढ्न प्रस्ताव गर्दा कतै देउवा र निधिबीचको सम्बन्ध बिग्रिएको त होईन ? भन्नेपनि प्रश्न उठेको छ..
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो, एक विदेशी नागरिक पनि
७ श्रावण, काठमाण्डौँ । देशमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप दुईजनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि गरेको हो । मृत्यु हुने एक चिनियाँ नागरिक र धनुषाका एक पुरुष छन् । आज विहान ४९ वर्षीया चिनियाँ महिलाको काठमाडौंमा मृत्यु भएसँगै नेपालमा पहिलोपटक कोरोना संक्रमणबाट विदेशीको मृत्यु भएको छ । यसैगरी, हिजो साँझ धनुषाका ६० वर्षीय पुरुषको मृत्यु भएको आज स्वास्थ्य मन्त्रालयले..
विदेशी रक्सी‘ब्राण्ड’ र लोकल रक्सी‘ब्याण्ड’ गर्दा अर्थतन्त्र कप्लक्कैः सांसद राई
७ श्रावण, काठमाण्डौँ । प्रदेश–१ की सांसद उषाकला राई अहिले ‘ब्याण्ड भर्सेस ब्राण्ड’ अभियानमा लाग्नुभएको छ । सरकारद्वारा प्रतिवन्धित घरेलु मदिरालाई ब्राण्डका रुपमा विकास गरी देशको अर्थतन्त्र बलियो बनाउने उहाँले अभियान सुरु गर्नुभएको छ । सांसद् राई भन्नुहुन्छः ‘वर्षमा दुई खर्बको विदेशी रक्सी नेपालमा खपत हुँदोरहेछ, विदेशी रक्सी चाहिँ रेस्टुरेन्टहरुमा विना रोकावट चियर्स गर्ने, अनि आर्थिक उपार्जनका लागि हाम्रा आमाहरुले तयार पारेको लोकल रक्सी चाहिँ माटोमा खन्याइदिने ?’ सरकारले लोकल..
बामदेव गौतम भन्छन्ः ‘मसहित प्रचण्ड, माधव र झलनाथको समुह मजबुत छ’
७ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले आफूहरुको समुह यथावत स्थानमा रहेको स्पष्ट पार्नुभएको छ । उहाँले पार्टी हितका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल र आफूसमेतको समुह एक भएर मजबुत अवस्थामा रहेको बताउनुभएको हो । पत्रकार ऋषि धमलासँग कुरा गर्दै गौतमले समुह छाडेर अर्का अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिन थालेकोबारे सोधिएको प्रश्नमा त्ये हल्ला मात्र भएको बताउनुभयो ।..
पूर्वसांसद बुढाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान
७ श्रावण, काठमाण्डौँ । पुराना कम्युनिष्ट नेता एवम् पूर्वसांसद बर्मन बुढाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरिएको छ । पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गर्नुअघि अन्तिम श्रद्धाञ्जली दिने क्रममा उपराष्ट्रपति उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभएको हो । अन्तिम श्रद्धाञ्जली दिन सभामुख अग्निप्रसाद सापकोटा, पूर्वसभामुखद्वय कृष्णबहादुर महरा र ओनसरी घर्तीमगर, नेकपा क्रान्तिकारी (माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’, ऊर्जामन्त्री वर्षमान पुन, नेकपा..
आज मध्यरातदेखि लकडाउन हट्यो, श्रावण १५ देखि होटल–रेस्टुरेन्ट खुला गर्ने सरकारको निर्णय
६ श्रावण, काठमाण्डौँ । सरकारले आज मध्यरातदेखि लागू हुने गरी लकडाउनको विधिवत अन्त्य गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलने भन्दै गत चैत्र ११ गतेदेखि जारी गरिएको लकडाउन आज मध्यरातदेखि हटाईने भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका अर्थमन्त्री डा. युवराज खतिवडाले सो कुराको जानकारी दिनुभएको हो । लकडाउन घोषणा गरिएको झण्डै चार महिनापछि जनजीवन सामान्य बनाउने ध्येयका साथ सरकारले त्यसको..
देशभरका ३० वटा राजमार्गका ३३ वटा सडकखण्ड पहिरोले अवरूद्ध
६ श्रावण, काठमाण्डौँ । गत आइतबार देखिको अविरल वर्षापछिको बाढीपहिरोले मुलुकभरका अधिकांश सडक अवरूद्ध भएका छन् । सडक विभागका अनुसार हाल देशभरका ३० वटा राजमार्गका ३३ वटा सडकखण्ड पहिरोले अवरूद्ध भएको छ । यस्तै पहिरोले अवरूद्ध भएका ३६ वटा सडकखण्ड पूर्णरूपमा सञ्चालनमा आएका छन् भने १३ वटा सडक एकतर्फीरूपमा सञ्चालनमा ल्याइएको सडक विभागको सम्भार महाशाखाले जनाएको छ । यता काठमाडौं प्रवेश गर्ने मुख्य सडक पृथ्वी राजमार्गको मौवाखोलाको पुल बाढीका कारण..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७