नेकपाको स्थायी कमिटी बैठक एक साताका लागि स्थगित

२६ असार, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आगामी एक साताको लागि स्थगित भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएअनुसार देशभर देशभर भैरहेको अतिबृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठुलो क्षति समेत भईसकेको स्थितिमा सम्पुर्ण पार्टीपंत्तिलाई उद्दार एवं राहतमा लाग्न र आसन्न संभावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्नको लागि पनि बैठक स्थगित गरिएको हो । उहाँले आज विहान ट्विटरमार्फत यस्तो जानकारी दिनुभएको..

नेकपा विवादको निकास खोज्दै दोस्रो तहका नेताहरु

२३ असार, काठमाण्डौँ । शीर्ष नेताबीच विवाद कायम रहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दोस्रो तहका नेताले सहमतिको खोजीका लागि सक्रियता देखाएका छन् । सहमतिकै प्रयासका लागि तोकिएको स्थायी कमिटी बैठक असार २४ गते सम्मका लागि स्थगन भएको छ भने विवाद मिलाउन अनौचारिक गृहकार्य जारी छ । आन्तरिक विवाद मिलाउन आइतबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल हुँदा दोस्रो तहका..

ओली र प्रचण्डले चाहँदैमा मात्र नेकपा विभाजन सम्भव छैन ‘संवैधानिक अड्चन’

२२ असार, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी फुटको संघारमा त पुगेको छ तर यो सहज छैन । संवैधानिक र कानुनी अड्चनहरु नभइदिएको भए पटक पटक स्थायी कमिटी बैठक स्थगन हुने थिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले यो गर्छु र त्यो गर्छु भनेर धम्की दिएर बस्नेथिएनन् । अरु बखत एक्सनमा जाने ओली र पुष्पकल दाहाल प्रचण्ड समेत आँट गर्न सकिरहेका छैनन् । प्रचण्ड एकता केन्द्र मसाल देखि दश वर्ष जनयुद्ध लडेको..

नेकपा फुटेपनि सत्ता सहकार्य नगर्ने काँग्रेस केन्द्रिय समितिको निर्णय

२२ असार, काठमाण्डौँ । नेपाली काँग्रेसको केन्द्रिय समिति बैठकले सत्तारुढ दल नेकपाभित्रको आन्तरीक कलहमा प्रवेश नगर्ने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दललाई नेकपा र सरकारको विवादमा ल्याईनु लागि निरुपेक्ष भएको धारणा कांग्रेसले अघि सारेको हो । आज बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरुले अहिलेको अवस्थामा सरकार परिवर्तन गर्ने वा नगर्ने भन्ने बिषय नेकपाको आन्तरिक बिषय भएको भन्दै यसमा सहभागी हुन नहुने तर्क गरेका थिए । केन्द्रिय..

आज थपिए १ सय ८० जना कोरोना संक्रमित

२२ असार, काठमाण्डौँ । आज थप १ सय ८० जनामा कोरोनाभाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ सय ८० जना संक्रमित थपिएका हुन् । योसहित आजसम्म कुल संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ । आज थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ५४ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबारको नियमित..

ओली–दाहाल सहमतिको विन्दु खोज्दै, आज पनि छलफल जारी

२२ असार, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल सुरु भएको छ । पार्टीभित्रको अन्तरविरोध हल गर्नेगरि दुई अध्यक्ष छलफलमा बसेको बालुवाटार स्रोतले जनाएको छ । असार १० गतेदेखि सुरु भएको स्थायी कमिटीको पाँचौं बैठकको पहिलो दिनमै नेताहरुले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए । तर, ओलीले आफूले कुनैपनि हालतमा राजीनामा नदिने अडान..

सत्ता सहकार्यका लागि प्रधानमन्त्रीको प्रस्ताव आएको भन्दै देउवाको ‘ब्रिफिङ’

२१ असार, काठमाण्डौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताहरूले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट ओलीलाई राजीनामा दिन स्थायी समिति बैठकमै आग्रह गरेपछि नेकपाभित्र विवाद छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादले उग्र रुप लिइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहकार्यका लागि काँग्रेस सभापति शेरबहादुर देउवाको साथ मागेको खुलेको छ । नेकपाभित्रको विवाद चुलिएका बेला देउवालाई भेटेर प्रधानमन्त्री ओलीले नेकपा पार्टी फुट्यो कांग्रेससँग मिलेर संयुक्त सरकार..

नेकपा बैठकः छलफल भयो तर निर्णय हुन सकेन

२१ असार, काठमाण्डौँ । सत्तारुढ दल नेकपाको विवाद मिलाउन बालुवाटारमा नेताहरुबीच आज भएको वार्ता पुनः भोलि सोमबार बस्ने गरी सकिएको छ । वार्तामा सहभागी एक नेताका अनुसार सवै विषयमा छलफल भएपनि कुनै निर्णय नभएको हो । ‘उठेका सबै विषयमा छलफल भयो । तर कुनै ठोस निर्णय भएन । भोलि बसेर थप छलफल गर्ने सहमति बनेको छ,’ ती सदस्यको भनाइ छ । सोमबार स्थायी समिति बैठक पनि बस्दैछ । ११ बजे..

थप २९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १५ हजार ७८४ पुग्यो

२१ असार, काठमाण्डौँ । नेपालमा आज दुई सय ९३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १५ हजार ७ सय ८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिनुभएको हो । आजसँगै लगातार दुई दिन संक्रमित वृद्धिदर दुई सयको लाइनमा रहेको छ । यसअघि ७ सयको लाइनमा संक्रमित थपिएको तथ्यांक थियो । नेपालका विभिन्न क्वारेन्टिनमा ३१ हजार ५७१ जना रहेका..

नेकपाका ‘हेभिवेट’ नेताहरुको निशाना राष्ट्रपति माथीः महाभियोग लगाउने सम्मको रणनीति

२० असार, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीभित्रको एक समुहले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउने सम्मको रणनीति तयार गरेको खुलासा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन तयार नभएको र ओलीले चालेको कदमलाई धमाधम अनुमोदन गर्न थालेको भन्दै उक्त समुहले महाभियोग लगाउने सम्मको रणनीति तयार गरेको बुझिएको छ । प्रचण्ड निवास खुमलटारमा ओलीइतर समुहको बैठक बसी ओलीले चाल्न सक्ने कदमलाई दृष्टिगत गरी महाभियोग सम्म लगाउने रणनीति तयार भएको विश्वस्त..