मुख्य समाचार
निर्धारित समयमा ६० प्रतिशत स्थानीय तहहरूले बजेट प्रस्तुत गर्न नै सकेनन्
३१ असार, काठमाण्डौँ । देशभरीका ७५३ स्थानिय तहमध्ये ६० प्रतिशतभन्दा बढी स्थानीय तहहरूले निर्धारित समयमा बजेट प्रस्तुत गर्न असफल भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेको हालको तथ्याङक अनुसार असार मसान्तसम्म बजेट ल्याउने स्थानीय तह ४० प्रतिशत भन्दा कम छन् । मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार ४ सय ५२ वटा स्थानीय तहले अझैसम्म बजेट प्रस्तुत गर्न नै सकेका छैनन् । जबकि १० असारभित्रै सबै स्थानीय तहले बजेट..
राम जन्मभूमि अयोध्याबारे भारतमै विवाद !
३० असार, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि भारतमा नभई नेपालमै रहेको दावी गरेपछि विभिन्न टिकाटिप्पणी सुरु भएका छन् । सामाजिक सञ्जालमा विभिन्न टिप्पणी आएका छन् । तर राम जन्मभूमि अयोध्याबारे भारतमै व्यापक विवाद छ । लामो समय अयोध्याको विवादित क्षेत्रमाथि अदालतले सुनुवाई गरेको छ । मुस्लिमहरुको प्रख्यात बाबरी मस्जिद र हिन्दूहरुको राम मन्दिरबारे लामो समय विवाद चल्यो । अदालतले तथ्य र प्रमाणको आधारमा भन्दा पनि बहुसंख्यकवादका आधारमा..
भारी बर्षसंगै मधेशमा बाढी र डुबान–पहाडमा पहिरो, पूर्वतयारीमा सरकार चुक्दै
३० असार, काठमाण्डौँ । वर्षायाम शुरु हुने बित्तिकै तराई–मधेशमा डुबान र बाढीको त्रास बढ्न थाल्छ । बर्सेनि तराई–मधेशमा बाढी र डुबानले सताउने गर्दछ । पहाडमा पहिरो र तराई–मधेशमा बाढी बर्सेनि नेपालले झेल्दै आएको प्राकृतिक प्रकोप हो । पहिरोको कुनै निश्चित क्षेत्र नभए पनि बाढी तथा डुबानको समस्या बर्सेनि खास क्षेत्रमा हुने गर्दछ । तर पनि विपद् पूर्वतयारीमा सरकार बर्षेनी चुक्दै आएको छ । बाढीको जोखिम क्षेत्र पहिचान गर्ने सन्दर्भमा पनि..
भारतले नेपाललाई सांस्कृतिक रुपमा पनि अतिक्रमण गर्योः प्रधानमन्त्री ओली
३० असार, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले भन्दै आएको अयोध्या गलत भएको तर्क गर्दै वास्तविक अयोध्या नेपालमा भएको बताउनुभएको छ । अयोध्या नै नेपालमा भएको भन्दै राम पनि भारतीय नभएको बताउनुभएको छ । उहाँले अयोध्या वीरगञ्जको पश्चिमतर्फको ठोरीमा भएको र राम पनि त्यहींको भएको बताउनुभएको हो । सोमबार २०७ औं भानु जयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा भानुभक्तको बीर्खे टोपी लगाएका उहाँले..
नेपालमा कोरोना संक्रमित संख्या १६ हजार ९ सय ४५ पुग्यो, आज १४४ थपिए
२९ असार, काठमाण्डौँ । देशमा आज १४४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १६ हजार ९ सय ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिनुभएको हो । यस्तै हालसम्म १० हजार २ सय ९४ जना कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर घर फर्केका छन् । देशमा ६ हजार ६ सय १३ जना उपचाररत छन् । हालसम्म कोरोना संक्रमणबाट ३८..
भारतले बनाएको एकतर्फी बाधका कारण तराई क्षेत्र डुबानमा पर्छः गृहमन्त्री थापा
२९ असार, काठमाण्डौँ । गृहमन्त्री रामबहादुर थापा बादलले भारतले बनाएको बाँधका कारण नेपालको तराई क्षेत्र डुबानमा परेको बताउनुभएको छ । आज प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले भारतले नेपाललाई असर पुग्नेगरी बाँध बनाउनु एक किसिमको हस्तक्षेप भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भारतले एकतर्फी रुपमा बाँध बनाएको छ । बाँध बनाएपछि त्यसको निकास पनि दिनुपर्छ, उनीहरुले आफ्नो हितमा रहेर बाँध बनाएका छन् ।’ मन्त्री थापाले..
तनहुँमा पहिरोमा पुरिएर २ जनाको मृत्यु, ५ बेपत्ता
२९ असार, तनहुँ । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीय लक्ष्मी विकको मृत्यु भएको छ । घरको भित्ताले पुरिएर घाइते विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी..
आज आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती, विविध कार्यक्रम गरी मनाइँदै
२९ असार, काठमाण्डौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलनसक्ने भएकाले भौतिक दूरी आयोजना गरेर मात्र कार्यक्रम गरिने जनाइएको छ । सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसक्नेले भने घरघरमा नेपाली भाषामा भावानुवाद गर्नुभएको रामायण पाठ गरी भानुजयन्ती मनाईदैँछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत..
कोरोना संक्रमितको संख्या नेपालमा घट्दैँः आज ८२ जनामा संक्रमण पुष्टि
२८ असार, काठमाण्डौँ । नेपालमा थप ८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंका ५ र ललितपुरका १ सहित थप ८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको आजको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभएको हो । हाल सक्रिय संक्रमतिको संख्या ८ हजार १७४ रहेको उहाँले बताउनुभयो । यस्तै डिस्चार्ज भएकासहित कूल संक्रमित १६ हजार ८०१ जना रहेको पनि बताउनुभयो । गौतमका अनुसार पछिल्लो..
पार्टीका अन्य विवादले एकता कमजोर नहोस्ः प्रचण्ड
२८ असार, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकोपविरुद्धको सङ्घर्ष एक जुट भएर गर्नुपर्ने बताउनुभएको छ । आफ्नो गृह जिल्ला चितवनको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकलाई आज सम्बोधन गर्दै उहाँले कोरोना र प्रकोपविरुद्धको सङ्घर्ष कमजोर हुन नहुने बताउनुभएको हो । उहाँले भन्नुभयो, “मुलुक बाढीपहिराको उच्च जोखिममा छ । यस्तो बेलामा पार्टीका राजनीतिक गतिविधि र अन्य विवादले एकता कमजोर नहोस् । पार्टी एकतालाई कमजोर पार्ने काम..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७