आजदेखि देशैभरीका होटल–रेष्टुरेन्ट खुल्दै

आजदेखि देशैभरीका होटल–रेष्टुरेन्ट खुल्दै


१५ श्रावण, काठमाण्डौँ । लकडाउन सुरू भएदेखि बन्द भएका देशभरीका होटल तथा रेष्टुरेन्ट आजबाट खुल्दै खुल्दैछन् ।

सरकारले साउन १५ देखि तोकेका मापदण्ड पूरा गरेर होटल व्यवसाय खोल्न अनुमति दिने निर्णय गरेअनुसार आजदेखि खुल्ने भएका हुन् ।

लकडाउन तथा बन्द अवधिको सेवा सुविधासम्बन्धी केही समयअघिमात्र व्यवसायी र मजदुरका संगठनबीच सम्झौता भएको थियो ।

सरकारले आजदेखि खोल्न अनुमति दिए पनि पूरा क्षमतामा भने होटल खुल्ने छैनन् । व्यवसायीहरूका अनुसार ग्राहकको मागअनुसारमात्र खुल्ने छ ।

रेष्टुरेन्ट भने यसअघि नै खुलिसकेका छन् ।

तारे होटलहरूले भने यसअघि नै सन् २०२० को डिसेम्बरसम्म व्यापार आउने सम्भावना नभएकाले बन्दको घोषणा गरिसकेका छन् । यद्यपी बीचमै सीमित क्षमतामा होटल खोल्न सकिने सञ्चालकहरूले बताउछन् ।

काठमाडौँस्थित साङ्ग्रीला, र्याडिसन, होटल मल्ललगायत तारे होटलहरुले व्यवसाय सञ्चालनको पूर्ण तयारी गरेका छन् । त्यस्तै अन्य साना तथा पर्यटकमैत्री डिलक्स होटल, रिसोर्ट तथा रेष्टुरेन्टहरुले समेत यतिखेर व्यवसायमा फर्किने तयारी गरिरहेका छन् ।

होटल व्यवसायीहरुको छाता संगठन होटल एशोसिएशन नेपाल(हान)का अध्यक्ष सिर्जना राणाका अनुसार पहिलो चरणमा २० प्रतिशत होटल सञ्चालन ल्याइने तयारी भएको छ । त्यसपछि भने बजार र व्यवसायीक अवस्थालाई हेरेर बाँकी होटलहरु पनि सञ्चालनमा ल्याइनेछ । तर, व्यवसाय संचालन गर्ने-नगर्ने निर्णय भने स्वःनिर्णयका आधारमा स्वयम् व्यवसायीलाई नै सुम्पिएको अध्यक्ष राणाले बताउनुभयो ।

यता, साना तथा मझौला होटल तथा पर्यटन व्यवसायीहरुले पनि व्यवसाय पुनः सञ्चालनको तीब्र तयारी थालेका छन् । सरकारी निर्णयबमोजिम नै श्रावण १५ गतेदेखि नै व्यवसाय सञ्चालन गर्न विभिन्न संघ संगठनहरुले आफु मातहतमा व्यवसायीहरुलाई आह्वान गरिसकेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर