प्रधानमन्त्री ओली बिना नै नेकपाको स्थायी कमिटी बैठक जारी

१२ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ । तर, अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमा उपस्थित भएका हुनुहुन्न । बैठकमा आफू उपस्थित हुन केही समय लाग्ने जानकारी गराउँदै ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बैठक सञ्चालन गर्न आग्रह गरेको र सोहीअनुसार दाहालको अध्यक्षतामा बैठक जारी रहेको एक नेताले जानकारी दिए । ती नेताकाअनुसार ओलीले आफू अर्कै काममा व्यस्त भएकोले बैठकमा आउन..

शिक्षण ‘लाईसेन्स’को परीक्षामा ९२ प्रतिशत फेलः शिक्षा संकटकाल घोषणा गर्न विज्ञको सुझाव

१२ असार, काठमाण्डौँ । शिक्षा सेवा आयोगले लिएको प्राथमिक तहको स्थायी शिक्षण अनुमतिपत्रको परीक्षामा सहभागी ६६ हजार ५६२ मध्ये ६२ हजार ८ सय ८० जना अनुत्तीर्ण भएका छन् । अर्थात भावी शिक्षकमध्ये जम्मा ५.८३ प्रतिशतले मात्र लाइसेन्स परीक्षा उत्तीर्ण गरेका हुन् । प्रदेश–२ र कर्णाली प्रदेशमा त भावि शिक्षकको अवस्था झनै दयनिय छ । यि प्रदेशमा उत्तीर्ण दर ३ प्रतिशत हाराहारी मात्र छ । प्रदेश–२ मा १० हजार ६ सय..

नागरिकता विधेयकमा ओली सरकारलाई देउवाको ‘ग्रीन सिग्नल’

११ असार, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा विचको आत्मीयता पछिल्लो समय झाङ्गिदै गएको छ । केही अभिव्यक्ती र संसद्मा पेश भएका केही विवादस्पद् विधेयकका कारण आलोचित बनिरहेका प्रधानमन्त्री ओलीलाई देउवाको बलियो साथ रहेको देखिन थालेको छ । केही दिन अघि मात्र प्रतिनिधिसभाको सुसासन तथा राज्य व्यवस्था समितीले बहुमतले पारित गरेको नागरीकता विधेयकमा सभापति देउवाले पनि घुमाउरो..

चौरजहारी घटनाः वडाअध्यक्षसहित २३ जनालाई पूर्पक्षका लागि अदालतले थुनामा पठायो

११ असार, काठमाण्डौँ । रुकुम पश्चिम अदालतले चौरजहारी हत्याकाण्मा वडाध्यक्षसहित २३ जनालाई थुनामा पठाएको छ । रुकुमपश्चिम जिल्ला अदालतले आज (बुधबार) चौरजहारी नगरपालिका वडा नं ८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । कुल ३४ जना प्रतिवादी मध्ये ५ जना फरार रहेका छन् । केटीकी आमालाई भने १ लाख धरौटीमा छोड्न आदेश दिएको छ । त्यस्तै इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दिपेन्द्र चन्दलाई..

मौसम पूर्वानुमानः देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम स्तरको वर्षाको हुने

११ असार, काठमाण्डौँ । मौसम पूर्वानुमान महाशाखाले अहिले देशका अधिकांश भूभागमा मौसम बदली भएको भन्दै हल्कादेखि मध्यम स्तरको वर्षाको हुने बताएको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव र मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ । अहिले प्रदेश–१, प्रदेश–२, प्रदेश–५, सुदूर पश्चिम प्रदेश तथा कर्णाली प्रदेशका केहि स्थानहरुमा बर्षा भइरहेको छ । यसैगरी, पूर्वानुमानका अनुसार आज दिउँसो देशभर बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम..

प्रधानमन्त्री ओलीको स्पष्ट धारणाः ‘कसैले विरोध गर्दैमा राजीनामा दिईदैंन’

१० असार, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले विरोध गर्दैमा राजीनामा नदिने बताउनुभएको छ । उहाँले आरोपहरुको सामना गरेर बढ्ने भन्दै कसैले विरोध गर्दैमा राजीनामा दिईहाल्नुनपर्ने बताउनुभएको हो । आज बसेको स्थायी कमिटि बैठकमा सहभागी एक नेताका अनुसार सरकारलाई कमजोर बनाउने प्रयास भइरहेको बताउँदै ओलीले प्रतिवादको शैलिमा प्रस्तुत हुनुभएको थियो । उहाँले पार्टीभित्रैबाट सरकारलाई असहयोग भइरहेको समेत बताउनुभयो । उहाँले गरेको प्रश्न उदृत..

आज मात्र थप ६ सय २९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १० हजार ७ सय २८ पुग्यो

१० असार, काठमाण्डौँ । आज थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा ६ सय २९ जनामा कोरोना देखिएको जानकारी दिनुभयो । योसँगै कुल संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ । नयाँ संक्रमितमा ११० जना महिला र ५१९ जना पुरुष रहेका छन् । आजसम्म पीसीआर विधिबाट ६ हजार ८ सय २८ र आरडिटी..

‘लकडाउनमा आत्महत्या भयावह भएको होईन, जोखिम बढेको मात्र हो ।’

१० असार, काठमाण्डौँ । कोरोनाको संकट र लकडाउन पछि आत्महत्या गर्नेको संख्या बढ्यो ! आत्महत्याको अवस्था भयावह हुँदै गयो भन्ने जस्ता समचार हिजो आज आउन थालेका छन् । यस घटनालाई कोरोना महामारीले निम्त्याएको संकटसँग मात्र जोडेर हेर्ने गरिएको छ । लकडाउन सुरु भए देखि ७५ दिनसमम्मको अवधिमा नेपालमा एक हजार दुई सय २७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउछ । जुन दैनिक सरदर १६ जना पर्न आउँछ । तर आत्महत्या..

नेकपाको स्थायी कमिटी बैठक आज बस्दैः वार कि पारको स्थिती !

१० असार, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज बस्दैछ । प्रत्येक ३ महिनामा बस्नुपर्ने स्थायी समिति बैठक गत पैष महिनायता बस्न सकेको थिएन । त्यसयता मुलुलकमा महत्त्वपूर्ण घट्नाक्रम भएपनि नेकपाले पार्टी कमिटिमा छलफल गर्न सकेको थिएन । जसले गर्दा नेकपामा असन्तुष्टि बढ्दै गएको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बिहान ११ बजे बस्ने बैठकमा एमसीसी, कोरोना, सरकार र पार्टी संचालनको समिक्षा, नागरिकता विधेयक..

प्रदेश–१ का २ सय ८५ जना कोरोना मुक्त

९ असार, विराटनगर । प्रदेश–१ मा कोरोना जितेर घर फर्कनको संख्या २ सय ८५ पुगेको छ । आज धरानबाट थप २७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १८ महिने बालकदेखि ६० वर्ष उमेर समूहका रहेको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनुभयो । आज झापाका ४, मोरङका १८ र सुनसरीका ५ जना धरानबाट डिस्चार्ज भएका हुन् । यता देशभरमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । आज स्वास्थ्य..