गस्तीमा हिडेका असईको घाँटी रेटेर हत्या, अर्का प्रहरी जवान बेपत्ता

गस्तीमा हिडेका असईको घाँटी रेटेर हत्या, अर्का प्रहरी जवान बेपत्ता

३ कार्तिक, कैलाली । गस्तीमा रहेका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको छ । उनको हत्या तस्कर समूहले गरेको प्रहरीको अनुमान छ । उनको शव हिजो बिहान मोहना नदीमा फेला परेको थियो ।

प्रहरीका अनुसार तस्करीको ट्रान्जिट प्वाइन्ट मानिने कैलालीको धनगढी उपमहानगरपालिका–बनकट्टी घाटमा तस्कर समूहले शनिबार राति उनको हत्या गरेको हो । विकसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउदको अवस्था भने अझै अज्ञात छ ।

घटनास्थलको प्रकृति हेर्दा विक र साउदलाई तस्कर समूहले घेराबन्दी गरेर आक्रमण गरेको देखिएको अनुसन्धानमा खटिएका एक प्रहरीले बताए । उखुबारीको छेउमा रहेको बाँझो खेतमा लछारपछार भएजस्तो देखिएको र छेउमै प्रहरीको एउटा जुत्ता पनि फेला परेको प्रहरीले जनाएको छ । त्यसको करिब ५० मिटर पर स्लिपिङ ब्याग र चप्पल भेटिएको छ । त्योभन्दा ५० मिटर दक्षिणतर्फ खेतमै रगत देखिएको र हत्या गरेर शव मोहना नदीमा फालिएको ती प्रहरी बताउछन् ।

रगत देखिएको नजिकै फुटेको अवस्थामा मोबाइल पनि भेटिएको छ । असई विकले बोकेको एक थान हतियार र गोली फेला परेको छैन । प्रहरी जवान साउदको खोजी भइरहेको ती प्रहरीले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270