सरकारका प्रवक्ता भन्छन् ‘ढुक्क हुनुहोस्, फेरी राष्ट्रव्यापी लकडाउन हुन्न’

सरकारका प्रवक्ता भन्छन् ‘ढुक्क हुनुहोस्, फेरी राष्ट्रव्यापी लकडाउन हुन्न’

२१ असोज, काठमाण्डौँ । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अब नेपालमा राष्ट्रव्यापी लकडाउन हुने सम्भावना नरहेको बताउनुभएको छ । उहाँका अनुसार संक्रमण अध्यधिक बढ्यो भने ‘हट स्पट’हरुमा चाहिँ स्थानीय प्रशासनले निषेधाज्ञा लगाउन वा सिल गर्न सक्ने बताईएको छ ।

चैत्र १० मा नेपालमा दोस्रो संक्रमण पुष्टि भएसँगै सरकारले देशभर लकडाउन गरेको थियो । उक्त लकडाउनको अवधी श्रावण ६ सम्म कायम रह्यो । त्यसपछि सरकारले संक्रमण बढे निषेधाज्ञा जारी गर्र्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ । सोहीअनुसार साउन अन्तिम साताबाट भाद्रभरि देशका धेरैै जिल्लामा निषेधाज्ञा जारी भयो ।

काठमाडौं उपत्यकामा स्थानीय प्रशासनले भाद्र ३ देखि तीन सातासम्म निषेधाज्ञा जारी गरेको थियो । त्यसपछि सरकारले थप क्षेत्रहरु खुला गर्दै लगेको छ । र, त्यहीबेला स्वास्थ्य मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्न सिफारिस गरेपछि दशैंकै बेला देशभर बन्दाबन्दी त हुने होइन भन्ने त्रास सबैतिर छाएको छ ।

तर, सरकारका प्रवक्ता मन्त्री ज्ञवालीले देशव्यापी लकडाउन नहुने स्पष्ट पार्नुभएको छ । ‘अहिले दैनिक भेटिने संक्रमितमा आधाभन्दा बढी काठमाडौं उपत्यकाकै छन्, आइसोलेसन वार्डहरु पनि भरिँदै गएका छन् । यसका लागि विशेष व्यवस्था गर्नुपर्ला । तर, लकडाउन समाधान होइन ।’उहाँले भन्नुभएको छ ।

सक्रिय संक्रमितको संख्या २५ हजार क्रस गर्नासाथ लकडाउन गरिहाल्नुपर्छ भन्ने पनि नभएको उहाँको भनाई छ । त्यस्तो कुनै निर्णय पनि नभएको उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने देशभरका स्वास्थ्य संस्थाका कति बेड भरिए भन्ने तथ्यांक संकलन भइरहेको बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले त्यो विवरण प्राप्त भएपछि अस्पतालको क्षमता हेरेर लकडाउन गर्ने कि नगर्ने भन्ने निर्णय गर्ने जानकारी दिनुभयो

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270