कार्तिक ७ गतेभित्र क्लिनफिड लागू गर्न संञ्चार मन्त्रालयको निर्देशन

२८ असोज, काठमाण्डौँ । संञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन नियमन गर्ने ऐनले गरेको व्यव्स्था अनुसार नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुले कार्तिक ७ गतेभित्र विज्ञापनरहित, क्लिनफिड प्रसारण गर्न गराउन सम्बन्धित संघ संस्थालाई आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव गोकर्णमणी दवाडीले आज एक विज्ञप्ति जारी गरी ऐन प्रारम्भ हुँदाको समयमा विदेशी च्यानलसँग डाउनलिङ गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले ऐन प्रारम्भ भएको एक वर्षभित्र अर्थात कात्तिक ७ गतेभित्र विज्ञापनरहित क्लिनफिड प्रसारण गर्नुपर्ने कानूनी व्यबस्था स्मरण गराउनुभएको छ ।

ऐनले नै क्लिनफिड प्रसारणका लागि एक वर्षको तयारी अवधिको व्यबस्था गरेकोले तोकिएको अवधिभित्र क्लिनफिड प्रसारण गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रसारण संघ संस्थाहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270