ओली–गौतम ‘वन टु वन’ वार्तामा

ओली–गौतम ‘वन टु वन’ वार्तामा


२१ असोज, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेव गौतमसंग वालुवाटारमा ‘वन टु वन’ वार्ता गरिरहनुभएको छ । ओलीले आज विहान गौतमलाई छलफलका लागि अकस्मात बोलाउनुभएको थियो । लगत्तै नेकपा उपाध्यक्ष गौतम भैंसेपाटीबाट निस्किएर १० बजे बालुवाटार प्रवेश गर्नुभएको थियो ।

गौतमलाई ओलीले मन्त्रिमण्डल पुर्नगठनको विषयमा गम्भीर छलफल गर्न बोलाएको स्रोतले जानकारी दिएको छ । राष्ट्रियसभाका मनोनित सांसद गौतमलाई सरकारमा लान अदालतले अल्पकालिन रोक लगाएको अवस्थामा दुई नेताबीच भेट भइरहेको हो । आजको भेटबाट गौतम सरकारमा जाने नजाने तय हुनेछ ।

बामदेवलाई मन्त्री नबनाउनु भनी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको मुद्दाको संवैधानिक इजलाश गठन भएको छ । यसको अन्तिम किनारा यसै हप्ता लाग्ने सम्भावना छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर