२ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको आधुनिकीकरणमा सरकारको पूर्ण सहयोग रहने बताउनुभएको छ ।
आज आईतबार ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ को अनलाईन भर्चुअलमार्फत शुभारम्भ गर्नुहुँदै रक्षामन्त्री समेत रहनुभएका प्रधानमन्त्री ओलीले कोभिड—१९ को रोकथाम र नियन्त्रणमा नेपाली सेनाले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षाको गम्भीरता र संवेदनशीलतालाई मध्यनजर गर्दै हुने यस्ता नियमित अन्तरक्रिया र छलफलबाट महत्वपूर्ण निष्कर्ष निस्कने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले कोरोना महामारीका कारण सृजित अन्यौलता एवं निराशा, आर्थिक गतिविधिमा देखिएको सुस्तताका कारण उत्पन्न हुनसक्ने चुनौतीहरु सामना गर्ने कार्ययोजनाको निर्माणमा समन्वयात्मक बैठक उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
बैठक तीन दिनसम्म बताईएको छ ।