‘रअ’ प्रमुख र प्रधानमन्त्रीबीचको भेटलाई तिलको पहाड बनाईयोः उपप्रधानमन्त्री पोखरेल

‘रअ’ प्रमुख र प्रधानमन्त्रीबीचको भेटलाई तिलको पहाड बनाईयोः उपप्रधानमन्त्री पोखरेल


१८ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘रअ’का प्रमुख सामन्तकुमार नेपाललाई आफ्नो दूतको रुपमा पठाएकोले प्रधानमन्त्री केपी शर्मा ओलीले शिष्टाचार भेट गर्नुभएको स्पष्ट पार्नुभएको छ । हिजो राति जनता जान्न चाहन्छन् कार्यक्रममा कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो–‘प्रधानमन्त्रीको आफ्नो समकक्षीले विशेष दूत बनाएर पठाएपछि प्रधानमन्त्रीले ‘रेस्बोन्सिबल’ भएर औपचारिक ढंगले नोट परराष्ट्र मन्त्रालयमा पठाईसकिएको छ । भारतीय समकक्षी विशेष दूतको रुपमा सम्वाद गर्न पठाउनुभयो । नेपालको प्रधानमन्त्रीले समकक्षीले पठाएको दूतसँग कुरा गर्ने कि नगर्ने ? प्रधानमन्त्रीले जरुरत पर्याे भने एक्लैपनि भेट्न सक्नुहुन्छ ।’

उपप्रधानमन्त्रीका पोख्ररेलका अनुसार ‘रअ’ प्रमुखसँग प्रधानमन्त्रीले आवश्यक साथीहरुको उपस्थितिमा कुरा गर्नुभएको थियो । सम्वद्ध र सरोकारवालाहरुकै साथमा प्रधानमन्त्रीले बर्ता गर्नुभएको उहाँको दावि छ । उहाँले भन्नुभयो–‘नोट सुरक्षित छ । प्रोटोकलको कुरा होस या जेसुकै हो । आफ्नो समकक्षीले पठाएको विशेष दूतलाई भेट्ने कि नभेट्ने ? भोलि पनि त्यस्तो आउँदा भेट्नुपर्छ ।’

उक्त भेटको विषयलाई तिलको पहाड बनाईएको भन्दै उहाँले गुनासो गर्नुभयो । असहज सम्बन्धलाई सहज बनाउनको लागि सम्वाद गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर