अध्यक्षद्धयको प्रतिवेदनमा माधव नेपाल असन्तुष्ट हुनुहुन्नः भिम रावल

२७ भाद्र, काठमाण्डौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले अघि सारेको राजनीतिक प्रतिवेदन कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभएको छ । शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा कुरा गर्दै उहाँले प्रतिवेदनलाई लिएर वरिष्ठ नेता माधव कुमार नेपालको कुनै असन्तुष्टि नभएको पनि जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘उहाँले यी सबै कुराहरुको समर्थन गर्नुभएको छ..

कित्ताकाट खुलेपनि खुसी छैनन् ठूला घरजग्गा व्यवसायी !

२७ भाद्र, काठमाण्डौँ । तीन वर्षदेखि बन्द रहेको जग्गाको कित्ताकाट अघिल्लो साताबाट खुला भएको छ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालको मन्त्रिस्तरीय निर्णयबाट भूमियोग्य जमिनको खण्डीकरणमा रोक लगाउने सम्बन्धमा यसअघि जारी आदेश खारेज गरेसँगै यो कित्ताकाट खुला भएको हो । भू–उपयोगसम्बन्धी नियमावली लागु भएपछि नियमावलीअनुसार व्यवस्था हुनेगरी भन्दै तत्कालका लागि त्यस्तो कित्ताकाट खुला गर्ने निर्णय मन्त्री अर्यालले गर्नुभएको थियो । यद्यपि यो निर्णयबारे विवाद उत्पन्न भएको र आदेशको..

नेकपाको ‘सेफ ल्याण्डीङ’

२७ भाद्र, काठमाण्डौँ । विभिन्न अड्कलवाजीहरुलाई चिर्दै नेकपाले झण्डै ५ महिना लामो आन्तरिक विवाद तत्कालका लागि मत्थर पारेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको नयाँ समझदारीसँगै पार्टीभित्रका विवाद समाधान उन्मुख भएका छन् भने सिंगो पार्टीपंक्ति एकता महाधिवेशनमा केन्द्रित हुने भएको छ । पार्टी एकतालाई सुदृढ र बलियो बनाउने भन्दै गरिएका निर्णयको कार्यान्वयन पक्ष कति प्रभावकारी हुन्छ भन्ने विषयमै पार्टीको आन्तरिक संघर्षको अवस्था निर्भर हुनेछ ।..

पार्टी अनुशासनमा कडाई गर्दे नेकपा

२५ भाद्र, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी अनुशासनमा झन् कडाई गर्ने भएको छ । आफ्नै पार्टीका नेताविरुद्ध सामाजिक सञ्जालमा आलोचना गर्न पार्टीका नेता–कार्यकर्तामाथि प्रतिबन्ध लाग्ने भएको छ । भोलि शुक्रबार बस्ने स्थायी कमिटीको बैठकले नेकपाका कार्यकर्ताहरुलाई सामाजिक सञ्जालमा नेताविरुद्ध जथाभावी लेख्न नदिने निर्णय गर्न लागेको हो । स्थायी कमिटीको बैठकअगावै बाहिरिएको अध्यक्षद्वय केपी ओली र प्रचण्डको संयुक्त प्रतिवेदनमा कार्यकर्ताहरुले नेताविरुद्ध लेख्न नपाउने भनिएको छ । स्थायी..

जसपा समायोजनः भागबण्डा नमिल्दा ‘हात्ती छिर्यो पुच्छर अड्कियो !’

२५ भाद्र, काठमाण्डौँ । नवगठित जनता समाजवादी पार्टी (जसपा)नेपालको समायोजन प्रक्रिया अल्झिएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालका कारण समायोजन प्रक्रिया प्रभावित भएको हो । तत्कालीन राजपा नेपाल र समाजवादी पार्टीबीच एकीकरण भई बनेको जसपा नेपालमा समायोजन प्रक्रिया चुनौतीपूर्ण मानिँदै आएको छ । तत्कालिन राजपा नेपालको छ सदस्यीय अध्यक्षमण्डलबीच भागबण्डामा कुरा नमिलेपछि जसपा नेपालको समायोजन प्रक्रिया प्रभावित भएको हो । जसपा नेपालको केन्द्रीय कार्यसमिति सात सय ५१ सदस्यीय रहने..

विद्युत प्राधिकरणको निर्देशकमा कसलाई नियुक्ति गर्ने टुङ्गो लागेको छैनः मन्त्री पुन

२४ भाद्र, रोल्पा । ऊर्जा, जलस्रोेत तथा सिँञ्चाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुने बताउनुभएको छ । प्रेस सङ्गठन रोल्पा जिल्ला शाखाले आज सदरमुकाम लिवाङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले बहालवाला कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि यही भाद्र २९ गतेसम्म रहेकाले त्यसअघि नै सरकारले नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने बताउनुभयो । कुलमानको पुनःनियुक्तिका विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले कसलाई नियुक्ति गर्ने भन्ने विषयको..

आज १०७औं वीपी जयन्ती

२४ भाद्र, काठमाण्डौँ । आज १०७ औं वीपी जयन्ती । नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको सम्झनामा विविध कार्यक्रम गरी वीपी जयन्ती मनाइँदैछ । नेपालमा राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका कोइरालाले नेपाली राजनीति र समाजलाई दुरगामी महत्वको दर्शन प्रतिपादन गर्नुभएको थियो । वीपीको समाजवाद नेपाली राजनीतिलाई नयाँ दिशा दिने कोसेढुंगा हो । तर, उहाँकै दल नेपाली काँग्रेसले वीपीको आदर्श भुलेको..

मनोसामाजिक समस्याको संबोधन गर्नेगरी तत्काल योजना बनाउन प्रधानमन्त्रीको निर्देशन

२३ भाद्र, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण सिर्जित मनोसामाजिक समस्याको संबोधन गर्नेगरी तत्कालको योजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय र सम्बद्घ सरकारी र निजी क्षेत्रका निकायहरूलाई सक्रिय हुन निर्देशन दिनुभएको छ । आज बालुवाटारमा मनोचिकित्सकहरूसँग आयोजित परामर्श र छलफलका क्रममा उहाँले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्नसमेत मनो चिकित्सकहरूको विशेष योगदान हुनेमा जोड दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उक्त..

अन्ततः पछि हट्यो रेल विभाग

२३ भाद्र, काठमाण्डौँ । प्रक्रिया नै पूरा नगरी अघि बढेको रेलमार्गको ठेक्का प्रक्रियाबाट रेल विभाग पछि हटेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पूर्व–पश्चिम रेलमार्ग अन्तर्गत झापाको काँकरभित्तादेखि सुनसरीको इनरुवासम्मको एक सय ६ किलोमिटरको रेलवे ट्राक निर्माणका लागि आह्वान गरिएको ठेक्का विभागले रद्द गरेको हो । आज एक सार्वजनिक सूचना जारी गर्दै विभागले गत असार १३ र १७ गते आह्वान गरेको ठेक्काको क्लज नम्बर ३७।१ को सेक्सन १ बमोजिम..

विज्ञहरु भन्छन्ः नेपालमै दैनिक २७५ टन युरिया मल उत्पादन गर्न सकिन्छ

२३ भाद्र, काठमाण्डौँ । देशभर रासायनिक मलको अभाव चुलिएको बेला नेपालमै मल कारखाना खोल्ने बहस पनि चुलिएको छ । मल कारखानाको अध्ययन गर्न कृषि मन्त्रालयले सचिवको नेतृत्वमा उच्चस्तरीय समितिसमेत गठन गरेको छ । भारतबाट पाइपलाइनमार्फत प्राकृतिक ग्यास ल्याएर मल कारखाना चलाउने कुरा एकथरीले गरेका छन् । तर नेपाली ऊर्जा विज्ञ भने ८ ठूला नेपाली सिमेन्ट कारखानाबाट निस्किने कालो धुवाँ र स्वदेशी बिजुलीबाटै नेपाललाई पुग्ने युरिया मल उत्पादन गर्न सकिने दाबी..