मुख्य समाचार
आज थपिए ३६३७ जना कोरोना संक्रमित, २१ जनाको मृत्यु
६ कार्तिक, काठमाण्डौँ । देशभर सक्रिय संक्रमितको ४५ हजार नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ३४९ र होम आइसोलेशनमा ३१ हजार ५३८ जना रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । उहाँले पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि जानकारी दिए..
कोरोना महामारीले अचाक्ली बढायो ल्यापटप–कम्युटरको मुल्य
६ कार्तिक, काठमाण्डौँ । अहिले कोरोना महामारीलाई देखाउँदै ल्यापटप तथा डेस्कटप कम्प्यूटरको मूल्य व्यवसायीहरुले ह्वात्तै बढाएका छन् । चैत्रमा ६० हजार रुपैयाँ पर्ने डेलको आइ फाइभ टेन जेनेरेसन ल्यापटप कम्प्यूटर अहिले ८५ हजार रुर्पौँयासम्म पर्न थालेको छ । ८ महिनामा त्यसको मूल्य लगभग २५ हजार रुपैयाँले बढिसेकेको छ । अनलाइन क्लासले ल्यापटपको माग बढाएको र स्टक समेत नरहने अवस्था आएकोले मूल्य बढेको व्यवसायीहरु बताउछन् । तर व्यवसायीनै पिच्छे कम्प्यूटरको मूल्य..
नेपाल–भारतको सम्वन्ध सुधार्न ‘रअ’ प्रमुख गोयल नेपाल आए
६ कार्तिक, काठमाण्डौँ । दुई दिन नेपाल भ्रमणमा आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयल बुधबार काठमाडौं आएलगत्तै खैलाबैला मच्चिएको थियो । उनी विशेष विमानमा किन नेपाल आए ? यो आम चासोको विषय बन्यो । देशका प्रधानमन्त्रीको स्वीकृति विना उनी नेपाल आउन सम्भव नभएको नेकपा विदेश विभागका विष्णु रिजालले बताउनुभयो । उहाँको भनाईलाई आधार मान्ने हो भने प्रधानमन्त्री ओलीकै अनौपचारिक निम्तोमा गोयल नेपाल आएका हुन् । गोयलले एक रातको..
संघीय सरकारविरुद्ध प्रदेश–२ सरकारद्वारा सर्वोच्चमा मुद्दा दायर
५ कार्तिक, जनकपुरधाम । प्रहरी भर्नाको लागि प्रक्रिया अघि बढाएको बढाएको भन्दै प्रदेश नं. २ को सरकारले संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा फेरि पनि मुद्दा दायर गर्ने भएको छ । मुद्दा दर्ता गराउनका लागि गएपनि सर्वोच्च अदालतले मुद्दाको फाइल बुझी १६ गते दुवै मुद्दा दर्ता हुने जनाएको छ । हिजो (मंगलवार) प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले संघीय सरकारका विभिन्न मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयविरुद्ध प्रहरी..
नेकपामा नयाँ समिकरणको पहलः ओली–नेपालबीच भेटवार्ता
५ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पाटी (नेकपा) भित्र नयाँ समिकरणको पहल शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा वरिष्ठ नेता माधवकुमार नेपालबीच हिजो एक्ला एक्लै कुराकानीबाट नयाँ समिकरणको पहल शुरु भएको स्रोतले बताएको छ । ओलीले नेपाललाई मिलेर जान प्रस्ताव गर्नुभएको छ । उहाँले पूर्व एमालेबीचको एकतामा जोड दिएपछि नेपालले त्यसलाई सकारात्मक रुपमा लिनुभएको बुझिएको छ । स्रातेका अनुसार आफू सधै सहमति र सहकार्यको पक्षमा रहेको..
आज थपिए ३०९३ जना कोरोना संक्रमित
४ कार्तिक, काठमाण्डौँ । आज थप तीन हजार ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ८६१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको बताईएको छ । थपिएका संक्रमितमध्ये १७ सय दुई जना उपत्यकाका छन् । स्वास्थ्य मन्त्रालयको आजको नियमित पे्रस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो ।
कोरोना संक्रमितको उपचार सरकारले गर्नुपर्छः पूर्वप्रधानमन्त्री नेपाल
४ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवंम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने भन्ने सरकारको निर्णय जनताप्रति गैरजिम्मेवार र अनुत्तरदायी भएको भन्दै फिर्ता लिन माग गर्नुभको छ । आज विज्ञप्ति जारी गर्दै सत्तारुढ दलका नेता नेपालले सरकारको निर्णयले आफूलाई गम्भीर बनाएको उल्लेख गर्नुभएको छ । देश कोरोनाको महामारीबाट आक्रान्त भइरहेको र विरामीहरुको संख्या दिनदिनै बढिरहेको बेला नेपाल सरकारले सबै विरामीको उपचार गर्न नसक्ने भन्दै आफ्नो..
ओली–प्रचण्डबीच भेटवार्ताः कर्णाली प्रदेशको विवादमा हस्तक्षेप नगर्न प्रचण्डको सुझाव
४ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको विवाद अझै मिल्न सकेको छैन । असोज २६ गते नेकपा कर्णालीका सहइन्चार्ज समेत रहेका सदस्य यमलाल कँडेल लगायतका १८ जना सदस्यहरुले मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्र बहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि सुरु भएको विवाद कसरी मिलाउने भन्नेमा नेताहरुबीच नै मतभेद देखिँदा विवाद लम्बिएको हो । यसबारे छलफल गर्न अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले कर्णालीका पदाधिकारीहरुलाई काठमाडौँ..
भारतका सेनापति नरवाणे दिपावलीलगत्तै नेपाल भ्रमणमा आउने निश्चित
४ कार्तिक, काठमाण्डौँ । भारतका सेनापति एम.एस. नरवाणे नेपाल भ्रमणमा आउने भएका छन् । नेपाली सेनाले यसको पुष्टि गरिसकेपनि मिति खुलाएको छैन । तर, उनी दिपावलीलगत्तै नेपाल भ्रमणमा आउने निश्चित भएको छ । नेपाली सेनाले भारतका सेनापति नरवाणे नेपाल भ्रमणमा कात्तिक महिनामै आउने पुष्टि गरेको छ । भारतीय पत्रिका टाइम्स अफ इन्डियाले पनि दिपावलीलगत्तै नरवाणेले नेपाल भ्रमण गर्ने उल्लेख गरिसकेको छ । सेनापति नरवाणे फेब्रुअरी महिनामै नेपाल भ्रमणमा आउने तय..
नवरात्रको आज चौथो दिन, कुष्माण्डा देवीको पूजा–आराधना गरिँदै
४ कार्तिक, काठमाण्डौँ । आज नवरात्रको चौथो दिन, दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन कात्र्तिक १ गते शनिबार दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७