अमेरिकी राष्ट्रपति मनोनयनको प्रारम्भिक मत परिणामः ट्रम्प भन्दा बाईडेन अघि

१९ कार्तिक, काठमाण्डौँ । अमेरिकी राष्ट्रपति मनोनयनका लागि मंगलबार सकिएको निर्वाचनको नतिजा आउन थालेको छ । प्रारम्भिक मत परिणाममा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पभन्दा अगाडि देखिएका छन् ।

अहिलेसम्म अमेरिकाका ५० मध्ये ३१ राज्यको नतिजा आइसकेको छ । जसमा बाइडनले १९२ इलेक्टोरल भोट पाएका छन् भने ट्रम्पले ११४ मात्र इक्लेक्टोरल भोट प्राप्त गरेका छन् ।

१८ राज्यको मतगणनामा बाइडनले कोलोराडो, न्युयोर्क, न्यु जर्सी, मेरिल्याण्ड, मासाचुएट्स, भर्माेन्टलगायतका राज्यको इलेक्टोरल भोट जितेका छन् । त्यस्तै ट्रम्पले नर्थ र साउथ डाकोटा, वेस्ट भर्जिनिया, इन्डियाना, अल्बामा लगायतका राज्यको इलेक्टोरोल भोट पाएका छन् ।

सुरुआती नतिजामा बाइडन ट्रम्पभन्दा अगाडि देखिए पनि मुख्य प्रतिस्पर्धा हुने राज्यको मतगणनाको नतिजा भने आउन बाँकी छ । फ्लोरिडा, पेन्सिल्भानिया, टेक्सास, नर्थ क्यारोलिनाजस्ता महत्वपूर्ण राज्यको नतिजाले अमेरिकाको आगामी राष्ट्रपतिको टुंगो लगाउनेछ ।

बीबीसी

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270