बाबुराम भट्टराईलाई सुर्य थापाको जवाफः शिष्टता पोलेर खाएको पूर्व प्रधानमन्त्री !

२२ भाद्र, काठमाण्डौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुर्व अर्थमन्त्री डा. युवराज खतिवडाबारे गरेको टिप्पणीको भाषा शैलीलाई लिएर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जवाफ फर्काउनुभएको छ । देशको प्रधानमन्त्री भईसकेको व्यक्ति हो वा गाली शिरोमणि भनेर थापाले प्रश्न गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा मार्फत थापाले भन्नुभएको छ–‘सामाजिक मर्यादा र शिष्टता पोलेर खाएको पूर्व प्रधानमन्त्रीको एक लज्जास्पद टिप्पणी !’ भन्दै सामाजिक मर्यादा र शिष्टता पोलेर खाएपछि सायद यस्तै हुन्छ कि..

निजामती कर्मचारी दिवसको अवशरमा प्रधानमन्त्रीद्धारा शुभकामना सन्देश जारी

२२ भाद्र, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारहिरुलाई उच्च नैतिक आचरण र व्यवहारमार्फत सेवा प्रदान गर्न निर्देशन दिनुभएको छ । निजामती कर्मचारी दिवसको अवशरमा आज एक शुभकामना सन्देश जारी गर्दे उहाँले कर्मचारीहरुमाथि लाग्ने गरेको तमाम आरोपहरु चिर्दै पेशागत मूल्यमान्यता र निष्ठालाई आत्मसात गरेर काम गर्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देशः निजामती सेवाले कानूनी रुपमा संस्थागत स्वरुप लिएको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ..

युवराज खतिवडालाई कतै पनि नियुक्ति नदिन दबाब, सरकारको लोकप्रीयता घटाएको आरोप

२१ भाद्र, काठमाण्डौँ । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको लोकप्रीयता घटेको भन्दै सरकार र नेकपा भित्र समिक्षा शुरु भएको छ । खतिवडाले देश र जनताको हितमा भन्दा अन्तर्राष्ट्रिय शक्तिको स्वार्थ पूरा गर्नतर्फ केन्द्रित भएको भन्दै आलोचना समेत सुरु भएको छ । खतिवडाको कार्यकालमा देशको अर्थतन्त्रका धेरै मेरुदण्ड धराशायी भएको विज्ञहरु बताउँछन् । शेयर बजार सबैभन्दा बढी मारमा पर्याे । घरजग्गा कारोबार ठप्प भयो । सर्वसाधारणले..

आफ्नो निर्णय सच्याउन सभापति देउवालाई संस्थापन इतर समूहको एक हप्ते अल्टिमेटम

२१ भाद्र, काठमाण्डौँ । नेपाली काँग्रेसको रामचन्द्र पौडेल समुहले सभापति शेरबहादुर देउवाका पछिल्ला निर्णय फिर्ता गराउन चरणबद्ध दबाब दिने निष्कर्ष निकालको छ । संस्थापन इतर समूहको हिजो भएको ‘भर्चुअल’ बैठकले सभापति देउवाद्वारा पार्टी विधान विपरीत गरिएका निर्णय सच्याउन एक हप्ताको अल्टिमेटम दिने निष्कर्ष निकालेको हो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, शेखर कोइराला, रामशरण महत, महेश आचार्य, धनराज गुरुङ, चन्द्र भण्डारी, नविन्द्रराज..

बालुवाटारको शक्तिलाई कम नआँक्न प्रधामनमन्त्रीको नयाँ शस्त्रहरु….

२० भाद्र, काठमाण्डौँ । पार्टीको सचिवालय बैठकले आफूलाई घेराबन्दीमा पारेर वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गराउन बाध्य पारेको नदेखाउन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले नयाँ रणनीति अख्तियार गर्नुभएको छ । गौतमलाई राष्ट्रिय सभामा लैजाने सचिवालयको दुई पटकको निर्णयलाई समेत वहाँले तत्काल कार्यान्वयनको प्रक्रिया अघि बढाउनु भएको छैन । बालुवाटारको शक्तिलाई कम नआँक्न उपाध्यक्ष गौतमलाई संविधान देखाएर भएपनि तर्साउने प्रधामनमन्त्रीको मनसाय छ । संवैधानिक अड्चन देखाएरै भएपनि वामदेव गौतमलाई..

इतिहास मेटाउने काम गर्नुहुन्नः रामचन्द्र पौडेल

२० भाद्र, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले इतिहास सधैं जीवीत रहने बताउँदै पहिचानको नाममा इतिहास मेटाउने काम गर्न नहुने बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले स्वर्गीय राजा वीरेन्द्र शाह र पूर्व राजा ज्ञानेन्द्र शाहसँगको तस्विर शेयर गर्दे कसैको पहिचान मेटाउन नहुने बताउनुभएको हो । पौडेलले लेख्नुभएको छ–‘इतिहास जिवित रहन्छ ! पृथ्वीनारायण शाहको होस् या लखन थापाको ! आफ्नै अलग पहिचान छ !..

कांग्रेस मनोनयन विवादः देउवाविरुद्ध ‘अल्टिमेटम’ जारी गर्ने तयारीमा पौडेल पक्ष

२० भाद्र, काठमाण्डौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विभागहरुमा मनोनयन जारी राखेपछि रुष्ट भएको रामचन्द्र पौडेल पक्षले आफू निकट केन्द्रीय सदस्यहरुको ‘भर्चुअल’ बैठक बोलाएको छ । केन्द्रीय सदस्यहरुको ‘जुम मिटिङ’बाट निर्णय फिर्ताको लागि सभापति देउवालाई दबाब दिने रणनीति बनाउने नेताहरुले बताएका छन् । केन्द्रीय सदस्य गुरुराज घिमिरेले आजको छलफलमा दबाबमुलक कार्यक्रम गर्नेबारे छलफल हुने बताउनुभयो । ‘विधिको उल्लंघन गरेकाले सुरुमा निर्णय सच्याउन अल्टिमेटम दिने, निर्णय नसच्चिए धर्ना र अनशन..

सरकारलाई सहयोग गर्न डा. खतिवडालाई प्रधानमन्त्रीको आग्रह

१९ भाद्र, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिनुभएको छ । आज अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएपछि उहाँले सम्हाल्दै आएको मन्त्रालयको जिम्मा प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । अर्थ मन्त्रालयबाट बिदाइः राजीनामा दिने दिन मन्त्री खतिवडा अर्थ मन्त्रालयमा आयोजित विदाइ कार्यक्रममा सहभागी हुनुभएको थियो । मन्त्रालयका एक सहसचिवका..

अर्थमन्त्री युवराज खतिवडाद्धारा पदबाट राजीनामा

१९ भाद्र, काठमाण्डौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्रालय समेत संम्हाली रहनुभएका अर्थमन्त्री डा.युवराज खतिवडाले पदबाट राजीनामा दिनुभएको छ । खतिवडाले आज अपरान्ह बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्माओलीलाई रजीनामा बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो । भोलिबाट खतिवडाको पदावधि सकिँदै थियो । खतिवडा गत फाल्गुनमा राष्ट्रियसभाको दुई वर्ष कार्यकाल सकिएपछि सांसद पद बिहीन हुनुभएको थियो । संविधानको धारा ४८ को उपधारा १ बमोजिम मन्त्री बन्नुभएका खतिवडाको पदअवधी भोली..

प्रदेश–२ मा कसै–कसैलाई मन्त्री बन्ने रहर जाग्यो होला तर सरकार परिवर्तन हल्ला होः यादव

१५ भाद्र, काठमाण्डौँ । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएर जनता समाजवादी पार्टी गठन भएसँगै प्रदेश–२ सरकार परिवर्तन हुने चर्चा सुरु भएको छ । यस्तो चर्चासँगै पार्टीका नेताहरुको दौडधुप पनि बाक्लिएको छ । संघिय सरकारमा विपक्षी दलको भूमिका निर्वाह गरिरहेको र प्रदेश–२ मा सरकारको नेतृत्व गरिरहेको पार्टीले संघीय सरकार र आफ्नो नेतृत्वको प्रदेश सरकारका सफलता÷असफलतलाई कसरी मूल्याङ्कन गरिरहेको छ भन्ने पनि महत्वपूर्ण प्रश्न छ । प्रदेश–२..