आज थपिए ३७९० जना कोरोना सङ्क्रमित, १८ जनाको मृत्यु

३ कार्तिक, काठमाण्डौँ । आज देशभर तीन हजार ७९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक लाख ३६ हजार ३६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप दुई हजार ३८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै आज देशभर दुई हजार ३३५ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको..

प्रधानमन्त्रीसहित सबै मन्त्रीले पाउने दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय

३ कार्तिक, काठमाण्डौँ । मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली र सबै मन्त्रीले पाउने दशैं खर्च कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । आज (सोमवार) मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता संञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले यस्तो जानकारी दिनुभएको हो । ‘मन्त्रिपरिषद्का सबै सदस्यहरुले दसैं भत्ता वापतको रकम कोरोना कोषमा कोरोना रोकथाम तथा उपचारमा सघाउने गरी जम्मा गर्ने निर्णय भएको छ’, उहाँले भन्नुभयो, ‘संघीय मन्त्रीपरिषद्को निर्णयको..

सरकारको प्रवक्ताको जिम्मेवारी संञ्चारमन्त्री गुरुङलाई

३ कार्तिक, काठमाण्डौँ । संञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई सरकारको प्रवक्ता तोकिएको छ । मन्त्रिपरिषद्ले प्रवक्ताको जिम्मेवारी गुरुङलाई दिने निर्णय गरेको बालुवाटार स्रोतको भनाई छ । गुरुङलाई प्रवक्ताको जिम्मेवारी सोमबारदेखि नै लागू हुने गरी दिने तयारी छ । यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सरकारको प्रवक्ता हुनुहुन्थ्यो । गुरुङ वर्तमान सरकारका चौथो प्रवक्ता हुनुहुन्छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट गुरुङलाई गएको असोज २८ मा संञ्चार मन्त्रालयको जिम्मेवारी दिएपछि प्रवक्तासमेत..

दशैं भत्ता फिर्ता गर्न कांग्रेस सांसदलाई देउवाको निर्देशन

३ कार्तिक, काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैं भत्ता फिर्ता गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ । कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले संसद सचिवालयले दशैंभत्ता भनेर सांसदहरुको बैंक खातामा पठाइदिएको रकम फिर्ता गर्न निर्देशन दिनुभएको हो । ‘यो वर्षको दशैंभत्ता सरकारलाई फिर्ता गर्ने भनेर हामी संसद सदस्यहरुलाई नेपाली कांग्रेस पार्टीको निर्देशन छ । हामी त्यहीअनुसार गर्छौ ।’ कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले भन्नुभयो । सरकारले पछिल्लो..

आफुलाई सरकारमा नलगेको भन्दै ओली विरुद्ध वामदेव

३ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम र प्रधानमन्त्री केपी शर्मा ओलीको सम्वन्धमा फाटो सुरु भएको छ । आफूलाई पटक पटक ओलीबाट धोका भएको भन्दै उपाध्यक्ष गौतमले नयाँ योजनासाथ बढ्ने निष्कर्षका साथ निकटस्थहरुलाई तयारीमा लाग्न आग्रह गर्नुभएको स्रोतको भनाई छ । स्रोतका अनुसार गौतमले आफूले पटक पटक साथ दिंदा पनि धोका भएको भन्दै अब कडा कदम चालेर देखाउने तयारी थाल्नुभएको हो । गौतमले यसअघि बनेको ओलीविरुद्धको..

गस्तीमा हिडेका असईको घाँटी रेटेर हत्या, अर्का प्रहरी जवान बेपत्ता

३ कार्तिक, कैलाली । गस्तीमा रहेका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको छ । उनको हत्या तस्कर समूहले गरेको प्रहरीको अनुमान छ । उनको शव हिजो बिहान मोहना नदीमा फेला परेको थियो । प्रहरीका अनुसार तस्करीको ट्रान्जिट प्वाइन्ट मानिने कैलालीको धनगढी उपमहानगरपालिका–बनकट्टी घाटमा तस्कर समूहले शनिबार राति उनको हत्या गरेको हो । विकसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउदको अवस्था भने अझै अज्ञात..

सेनाको आधुनिकीकरणमा सरकारको पूर्ण सहयोग रहन्छः प्रधानमन्त्री ओली

२ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको आधुनिकीकरणमा सरकारको पूर्ण सहयोग रहने बताउनुभएको छ । आज आईतबार ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ को अनलाईन भर्चुअलमार्फत शुभारम्भ गर्नुहुँदै रक्षामन्त्री समेत रहनुभएका प्रधानमन्त्री ओलीले कोभिड—१९ को रोकथाम र नियन्त्रणमा नेपाली सेनाले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षाको गम्भीरता र संवेदनशीलतालाई मध्यनजर गर्दै हुने यस्ता नियमित अन्तरक्रिया र छलफलबाट महत्वपूर्ण निष्कर्ष निस्कने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा..

आज थप २९४२ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित संख्या ३९३४१ पुग्यो

२ कार्तिक, काठमाण्डौँ । बितेको २४ घण्टामा देशभर थप २९४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ पुगेको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । यस्तै हाल देशभर संस्थागत आइसोलेशन १२ हजार ९३३ जना र होम आइसोलेशन २६ हजार ४०८ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर १४ हजार..

कार्तिक ७ गतेभित्र क्लिनफिड लागू गर्न संञ्चार मन्त्रालयको निर्देशन

२८ असोज, काठमाण्डौँ । संञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन नियमन गर्ने ऐनले गरेको व्यव्स्था अनुसार नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुले कार्तिक ७ गतेभित्र विज्ञापनरहित, क्लिनफिड प्रसारण गर्न गराउन सम्बन्धित संघ संस्थालाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव गोकर्णमणी दवाडीले आज एक विज्ञप्ति जारी गरी ऐन प्रारम्भ हुँदाको समयमा विदेशी च्यानलसँग डाउनलिङ गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले ऐन प्रारम्भ भएको एक वर्षभित्र अर्थात कात्तिक ७ गतेभित्र विज्ञापनरहित..

सर्लाहीमा नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप

२८ असोज, सर्लाही । सर्लाहीमा नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । आफ्नो कार्यकर्ताको हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय परिसरमा प्रदर्शन गर्न गएका कांग्रेसका नेताकार्यकर्ता र प्रहरीबीच आज दिउँसो झडप भएको हो । ठुलो संख्यामा आएका कांग्रेसका नेता एवंम कार्यकर्ता जिल्ला प्रहरी कार्यालयभित्र प्रवेश गर्न खोजेपछि झड्प भएको पहरीले जनाएको छ । कांगे्रसका कार्यकर्ता आउनबित्तिकै ढुङ्गामुडा गर्न थालेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी एवं प्रवक्ता मदन..