आज थपिए २ हजार २२५ कोरोना संक्रमित

८ कार्तिक, काठमाण्डौँ । पछिल्लो २४ घण्टामा १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार दुई सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितमध्ये १४ सय ४६ जना पुरुष र सात सय ७९ जना महिला रहेका छन् । थपिएका मध्ये काठमाण्डौ उपत्यकाका ११ सय १० जना रहेका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ । यसै गरी पछिल्लो..

‘रअ’ प्रमुखको नेपाल यात्राः क–कस्लाई भेटे ?

८ कार्तिक, काठमाण्डौँ । भारतीय खुफिया गुप्तचर निकाय ‘रअ’का प्रमुख सामन्त गोयल नेपालमा दुई दिनसम्म बसे । त्यस अवधीमा उनी नेपाली राजनितीक दलका नेताहरुसंगको भेटमा पुरै व्यस्त रहे । ‘रअ’का प्रमुख गोयलले सेनाको विशेष विमानबाट बुधबार दिउँसो एक्कासी काठमाडौँ आएर खुल्लमखुल्ला सरकार प्रमुख र प्रमुख प्रतिपक्षी दलका नेतासङ्ग भेट्वार्ता गरे । ‘लन्च’ यतै, ‘डिनर’ यतै अनि भोलिपल्ट बिहानको ‘ब्रेकफाष्ट’ पनि यतै लिएर उनको टोली अस्ति बिहान नयाँ दिल्लीतर्फ फर्के पनि..

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी

८ कार्तिक, रुपन्देही । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्ने तयारी शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक संञ्चालन गरेर स्थायी राजधानीको प्रत्यक्ष अनुभूति दिलाउन सदन चलाउने विषयमा देउखुरीमा छलफल भएको छ । तिहारपछि आह्वान हुने अधिवेशनको पहिलो बैठक देउखुरीमा राख्न सकिने वा नसकिने विषयमा अध्ययन शुरु भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसको अध्ययन थालेको छ । राप्ती गाउँपालिकामा रहेका पूर्वाधारको अध्ययनसहित..

नेकपा सचेतक शान्ता चौधरी कोरोना संक्रमण मुक्त

८ कार्तिक, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचेतक शान्ता चौधरी कोरोना संक्रमण मुक्त बन्नुभएको छ । कोरोनालाई पराजित गरेर पुनर्जीवन पाएको उहाँले प्रतिकृया समेत दिनुभएको छ । विगतमा स्तन क्यान्सरबाट समेत पीडित भएकी चौधरीलाई असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँ बीर अस्पतालमा भर्ना हुनुभएको थियो । स्वास्थ्य जटिल बन्दै गएपछि उहाँलाई २३ असोजमा आईसीयूमा राखिएको थियो । हिजो (शुक्रबार) उहाँको कोरोना परीक्षण रिपोर्ट..

नवरात्रको आठौँ दिन आज, महागौरीको पूजा आराधना गरिँदै

८ कार्तिक, काठमाण्डौँ । नवरात्रको आठौँ दिन आज । दशैँघर वा पूजा कोठामा नौँ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । दुर्गापूजाको आठौँ स्वरूप महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधिविधान रहेको पाइन्छ । यिनको शक्ति अमोघ रहेको छ भने यिनको उपासनाद्वारा भक्तको पूर्वसञ्चित पापको समेत नष्ट गराउने शक्ति रहेको पाइन्छ । यी देवीको उपासनाले भविष्यमा समेत पाप–सन्ताप समेत नष्ट हुने शास्त्रीय मान्यता रहेको छ । प्रत्येक वर्ष..

महामारीबाट नागरिकलाई सरकारले बचाउँछः प्रधानमन्त्री ओली (पूर्णपाठ सहित)

७ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी र महाविपत्तिमा नागरिकलाई राज्यको साथ रहने बताउनुभएको छ । आज देशबासीका नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस बर्षको चाडबाड कोरोना महामारीको बीचमा मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका साथ चाडपर्व मनाउन सबैलाई आग्रह समेत गर्नुभएको छ । उहाँले कोरोना महामारीबाट नागरिकलाई बचाउन तथा स्वास्थ्य उपचार गर्न सरकार आफ्नो कर्तव्यबाट विमुख हुन नसक्ने भन्दै हरेक नागरिकको परीक्षण र उपचारमा यथोचित व्यवस्था मिलाएको बताउनुभयो..

आज थपिए ४४९९ जना कोरोना संक्रमित

७ कार्तिक, काठमाण्डौँ । वितेको २४ घण्टामा नेपालमा चार हजार चार सय ९९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या एक लाख ५३ हजार ८ पुगेको छ । काठमाडौँ उपत्यकामा मात्र २७२० जना संक्रमित थपिएका छन् । यसमा १ हजार ९२ जना महिला तथा १ हजार ६२८ जना पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थपिएका संक्रमितबारे आज (शुक्रबार) अपराहन्न जानकारी दिएको..

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

७ कार्तिक, काठमाण्डौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । आज (शुक्रबार) बिहान वीरेन्द्रनगरमा बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभाको संसदीय दलको बैठकले शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत गरेको हो । अविश्वासको प्रस्तावमा शून्य र विपक्षमा १८ मत परेकाले अविश्वासको प्रस्ताव अस्वीकृत भएको मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले बताउनुभयो । यसअघि नेकपाकै नेता यामलाल कँडेलसहितका प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव..

ऊर्जामन्त्रीको निर्देशनः दशैँको बेला बत्ती ननिभोस्

७ कार्तिक, काठमाण्डौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले बडादशैंँका अवसरमा देशैभर विद्युत् सेवा थप चुस्त, भरपर्दो र प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको छ । चाडपर्वका बेला अन्य समयभन्दा विद्युत् खपत बढ्ने भएकाले चनाखो भएर सेवा प्रवाह गर्न तथा विद्युत् प्रवाहमा अनियमित हुन नदिन मन्त्री पुनले निर्देशन दिनुभएको हो । मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक ब्रजभूषण चौधरी, सोही..

आज दशैंको सातौँ दिन, घर घरमा फूलपाती भित्र्याइदैँ

७ कार्तिक, काठमाण्डौँ । आज दशैंको सातौँ दिन घर घरमा फूलपाती भित्र्याइदै छ । दशैंमा शुभसाईतको प्रतीकको रुपमा फूलपाती भित्र्याउने गरिन्छन् । फूलपातीमा पूजा कोठामा केराको बोट, उखु, बेलपत्र, धानको बाला लगायतका सामाग्री भित्र्याउने गरिन्छ । नेपाली सेनाले सैनिक मंञ्च टुँडिखेलमा विशेष समारोह गरेर फूलपाती बढाइँ गर्ने गरे पनि यो पटक कोरोनाका कारण औपचारिकतामा मात्र सिमित हुने जनाइएको छ । फूलपाती बढाईमा राष्ट्रपति सहभागि हुने चलन रहेको छ । यस्तै हनुमानढोका..