मुख्य समाचार

संवैधानिक अङ्गको रिक्त पदमा कांग्रेस आसामुखी बन्दै !
१ असोज, काठमाण्डौँ । संवैधानिक अङ्गको रिक्त पदमा नियुक्तिको विषयलाई लिएर बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अर्को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र विपक्षी दलका नेता शेरबहादुर देउवाबीच लामै छलफल भएको छ । छलफलमा नेकपा महासचिव विष्णु पौडेल र काँग्रेस नेता रमेश लेखकको समेत सहभागिता रहेको थियो । महत्वपूर्ण संवैधानिक अङ्ग सबै ठाउँमा काँग्रेसको भागमा दुई जना र तीन वटा निकायमा प्रमुखसहित दुई जना हुनुपर्ने बटम लाइन देउवाको छ ।..

वामदेव गौतमद्धारा राष्ट्रियसभा सदस्यको सपथ ग्रहण
१ असोज, काठमाण्डौँ । राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले सपथ लिनुभएको छ । आज अपरान्ह साँढे चार बजे राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई सिंहदरबारस्थित राष्ट्रियसभाको कार्यकक्षमा पद तथा गोपनियताको सपथ खुवाउनुभएको हो । राष्ट्रपति भण्डारीले गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गरेलगत्तै गौतमले सपथ लिनुभए हो । राष्ट्रपति भण्डारीले गौतमलाई संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम गौतमलाई मनोनित गर्नुभएको हो । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई..

बामदेव राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित, आजै सपथ खुवाईने
१ असोज, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले राष्ट्रियसभा सदस्यको सपथ लिनुहुदैँछ । आज संसद भवन बानेश्वरमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट गौतमले सपथ लिनुहुने तय भएको छ । गौतमलाई सोमबार सरकारले राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट मनोनयनका लागि सिफारिश गर्ने निर्णय गरेको थियो । चार दिनपछि उहाँ मनोनित भएको पत्र राष्ट्रियसभामा पुगेपछि आज नै सपथ राखिएको छ ।

वामदेवको सिफारिस शीतलनिवास पुगेकै छैन
१ असोज, काठमाण्डौँ । राष्ट्रियसभाको रिक्त सदस्य पदमा मनोनयनका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने भनेपनि आज बिहानसम्म सरकारको सिफारिस राष्ट्रपति कार्यालय शीतलनिवास पुगिसकेको छैन । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य पदमा मनोनयन गर्ने निर्णय नै गरेको थियो । तर, मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता मन्त्री प्रदीप ज्ञवालीले पनि सोबारे निर्णय सुनाउनुभएन । सोमबारको मन्त्रिपरिषद्ले निर्णय..

मन्त्रिपरिषद बैठकः मुख्यसचिव, राजदुत र कुलमान नियुक्तिको सम्भावना
१ असोज, काठमाण्डौँ । मन्त्रिपरिषद्को बैठक आज दिउँसो १२ बजेका लागि बोलाइएको छ । आजको बैठकमा केही नियुक्ति हुने भएकाले महत्वपूर्ण हुने छ । आजको बैठकमा बेलायतलगायत केही देशका राजदुत नियुक्त गर्ने सम्भावना रहेको स्रातेको भनाई छ । बेलायतका लागि राजदुतमा मुख्यसचिव लोकदर्शन रेग्मीलाई लगेर परराष्ट्रसचिव शंकरदास वैरागीलाई मुख्यसचिव बनाउने तयारी छ । रेग्मी मुख्यसचिव कायमै रहेमा उहाँभन्दा अघि वैरागी सेवानिवृत्त हुनुहुने छ । त्यसैले रेग्मीले राजीनामा दिई उहाँको स्थानमा..

आजदेखी मध्यम तथा लामो दूरीको यातायात सञ्चालन सुरु
१ असोज, काठमाण्डौँ । आज बिहीबार देखि मध्यम र लामो दूरीको यातायात सञ्चालन भएका छन् । कोरोनाभाइरस (कोभिड–१९) को महामारीसँगै चैत्र १० गतेदेखि अर्थात १ सय ७८ दिनको प्रतिबन्धपछि आजबाट प्रतिबन्ध फुकुवा भएसँगै सवारीसाधनको सञ्चालन सुरु भएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएपछि मंगलबारदेखि नै यातायात व्यवसायी र मजदूरहरु सवारीसाधन सञ्चालनको तयारी सुरु गरेका थिए । यातायात सञ्चालन सुरु भएपछि बाहिर यात्रुहरुको चहलपहल बढेको छ । सार्वजनिक..

ओली–दाहालबीच भेटवार्ताः सचिवालय बैठक शुक्रबार बस्ने निर्णय
३१ भाद्र, झापा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको भेटवार्ताले पार्टीको सचिवालय बैठक तय गरेको जनाईएको छ । यही आउने शुक्रबार सचिवालय बैठक बस्ने निधो भएको वालुवाटार स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार सचिवालय बैठक पहिलोपटक तत्कालिन नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालय रहेको पेरिसडाँडामा बस्नेछ । आजको अध्यक्षद्धयको भेटवार्तामा..

वालुवाटारको जालो तोड्न नेता र मन्त्रीहरुलाई हम्मे–हम्मे !
३१ भाद्र, काठमाण्डौँ । क्याबिनेट बैठकमा उपस्थित मन्त्रीहरु नै चकित खाने गरी त्यही बैठकको निर्णयअनुसार निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त हुनुभएको छ । स्रोतका अनुसार बैठकपछि माइन्युट संशोधन गरेर डा. खतिवडा मन्त्रीसरहको सुविधा पाउने गरी सल्लाहकार नियुक्त हुनुभएको हो । सोमबार पर्यटन मन्त्री योगेश भट्टराईले आन्तरिक हवाइसेवा असोज ५ बाट शुरु हुने निर्णय सुनाउनुभयो । तर, मंगलबार सरकारको तर्फबाट परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बैठकका निर्णय..

वामदेवलाई शपथ खुवाउनुअघि नै अर्थ राज्यमन्त्रीमा विमलालाई नियुक्ती गर्ने तयारी
२९ भाद्र, काठमाण्डौँ । बालुवाटारमा अहिले निकै छलफलको बिषय बनेको छ मन्त्रालय हेरफेर र नयाँ मन्त्री नियुक्ती । स्रोतका अनुसार वामदेव गौतमलाई राष्ट्रियसभाको सांसदमा शपथ गराउनुअघि नै अर्थ मन्त्रालयमा राज्यमन्त्री पठाइहाल्ने वालुटारले तयारी गरेको छ । त्यसका लागि पात्र पनि तयार पारिसकिएको बताईएको छ । राष्ट्रपतीबाट राष्ट्रियसभामा मानोनित गरिएकी विमला राई पौड्याललाई अर्थ राज्यमन्त्रीमा लाने तयारी भएको स्रोतको भनाई छ । उहाँलाई राज्यमन्त्री बनाइए पनि प्रधानमन्त्रीको आर्थिक मामिला सल्लाहकार नियुक्त..

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबारे आज टुंगो लाग्ने, मन्त्रिपरिषद बैठक ५ बजे बस्दै
२९ भाद्र, काठमाण्डौँ । मन्त्रिपरिषदको बैठक आज साँझ ५ बजेका लागि तय गरिएको छ । स्रोतका अनुसार आजको बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबारे टुंगो लगाउने छ । प्राधिकरणका हालका कार्यकारी निर्देशक कुलमान घिसिङको चार बर्षे कार्यकाल सकिएको छ । आज उहाँलाई पुनः नियुक्ति दिने या नदिनेबारे टुंगो लाग्नेछ । घिसिङको समय सकिएपछि मात्र क्याबिनेट बैठक डाकिनुलाई अर्थपूर्ण मानिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली घिसिङको निरन्तरताको पक्षमा..