झिलिमिली बत्तीको व्यापार ७० प्रतिशतले घट्यो

झिलिमिली बत्तीको व्यापार ७० प्रतिशतले घट्यो


२५ कार्तिक, काठमाण्डौँ । दिपावलीमा अत्यधिक प्रयोग हुने झिलिमिली बत्ती (कलर लाईट)को व्यापारमा गिरावट आएको छ । व्यवसायीहरुका अनुसार यो बर्ष कलर लाईटको खरिद ७० प्रतिशतले घटेको छ ।

दीपावलीको बेला घरहरु सजाउन झिलिमिली बत्तीको अत्याधिक प्रयोग हुन्छ । तर यस वर्ष कोरोना महामारीका कारण तिहारको किनमेलमा उपभोक्ताको उत्साह नदेखिँदा बजारमा प्रभाव परेको व्यवसायीहरुको भनाइ छ ।

तिहारको किनमेलका लागि उपभोक्ता डराएकाले व्यापार नभएको विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन पौडेलले भन्नुभयो । यसले गर्दा आयात पनि खुम्चिएको उहाँको भनाई छ ।

विगतका वर्षहरुमा २५ देखि ३० करोड रुपैयाँ बराबरको झिलिमिली बत्तीको कारोबार हुने गरेकोमा यस वर्ष निकै ह्रास आएको पौडेलले सुनाउनुभयो । झिलिमिली विद्युतीय सामाग्रीको किनमेलका लागि तिहार सबैभन्दा राम्रो समय भए पनि यस वर्ष कोरोना कहरमा व्यवसायीहरु परेको महासंघको ठहर छ ।

महासंघमा आबद्ध व्यवसायीले दिएको जानकारीअनुसार अहिलेसम्म १५ देखि १८ करोड रुपैयाँ बराबरको मात्रै झिलिमिली बत्ती आयात भएको छ । जुन अघिल्लो वर्षहरुको आयातको तुलनामा झण्डै ३५ करोडले कम हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर