मुख्य समाचार
बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ आज हुने
२६ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ आज हुने भएको छ । केही समय अघि राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य मनोनित हुनुभएका सांसद गौतमको सांसदको योग्यता सम्बन्धी सर्वाेच्च अदालतमा परेको मुद्दाको पेशी आजका लागि तोकिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलाशमा गौतमविरुद्धको मुद्दाको सुनवाइ हुन लागेको सर्वाेच्च अदालतले जनाएको छ । वरिष्ठ अधिवक्ता दिनेश..
प्रधानमन्त्री ओली आज संखुवासभा जानुहुँदै (कार्यक्रम तालिका हेर्नुहोस्)
२६ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज संखुवासभा जिल्ला जाँदैहुनुहुन्छ । दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गरेपछि पछि पहिलो पटक प्रधानमन्त्री ओली आज काठमाडौं बाहिर निस्कनुहुँदैछ । उहाँ दश बजे संखुवासभा पुग्ने कार्यक्रम छ । उहाँले संखुवासभामा सडक र जलविद्युत आयोजनाको निरीक्षण तथा स्थानीय जनप्रतिनिधिसँग छलफल गर्नुहुने छ । संखुवासभामा प्रधानमन्त्री सहभागी हुने तीनवटा कार्यक्रम तय भएको छ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवन आचार्यका अनुसार पहिलो कार्यक्रम भोटखोला..
ओलीको ‘ग्रीन सिग्नल’ पर्खेदैँ नेकपाका पाँच शिर्ष नेता
२५ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठक राख्ने पक्षमा अझै पनि हुनुहुन्न । गत कार्तिक २२ गते नेकपाका ५ सचिवालय सदस्यले बैठक बोलाउन आग्रह गर्दै पत्र बुझाएपनि प्रधानमन्त्री ओली तयार हुनुहुन्न । पार्टी कार्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष प्रचण्डसहितको सचिवालयका ५ नेताको अनौपचारिक बैठकमा ओली तयार नभएपछि कसरी अघि बढ्ने भन्नेबारे सामान्य छलफल भएको छ । तर, बैठक बोलाउन ओलीको ‘ग्रीन सिग्नल’..
आज थपिए २७ सय ३६ जना कोरोना संक्रमित
२५ कार्तिक, काठमाण्डौँ । आज कोरोना भाइरसका थप २७ सय ३६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ९९ हजार ७ सय २० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ८ सय ५३ जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ६० हजार ५ सय ७७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । यससँगै अब देशभर सक्रिय संक्रमितको संख्या..
नेपाल–भारत सम्बन्ध सुधारको पहल सुरुः उच्चस्तरीय भ्रमणको तयारी
२५ कार्तिक, काठमाण्डौँ । सीमा विवादका कारण चिसिएको नेपाल–भारत सम्बन्धमा सुधारको पहल सुरु भएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले दुई देशबीचको सम्बन्धमा सुधार ल्याउन सक्रियता देखाएका हुन् । सोहीअनुसार भारतबाट नेपालमा उच्चस्तरीय भ्रमण हुने भएको छ । सुरुमा भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला, त्यसपछि विदेशमन्त्री जयशंकर र त्यसलगत्तै भारतका रक्षामन्त्री राजनाथ सिंह वा गृहमन्त्री अमित शाहमध्ये कोही एक नेपाल आउने तयारी..
धुम्बाराहीमा नेकपा सचिवालयका बहुमत सदस्यको बैठक बस्ने तयारी
२५ कार्तिक, काठमाण्डौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद झनै उत्कर्षमा पुगेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचिवालय बैठक राख्न लिखित रुपमै आग्रह गरेका सचिवालयका बहुमत सदस्यहरुले आज धुम्बाराहीमा बैठक बोलाउनुभएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले यसअघि बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीलाई सचिवालय बैठक डाक्न लिखित रुपमै आग्रह..
संञ्चार कानुनमा मर्यादित पत्रकारिताको बुँदा पनि थप्छुः संञ्चारमन्त्री गुरुङ
२५ कार्तिक, काठमाण्डौँ । संञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मर्यादित पत्रकार मात्र सदस्य बन्नसक्ने गरी विधान नै संशोधन गर्न नेपाल पत्रकार महासंघलाई आग्रह गर्नुभएको छ । मिडिया एक्सन नेपालले काठमाडौँस्थित अमेरिकी दूतावाससँगको सहकार्यमा आयोजना गरेको ‘मिडियामा भ्रामक समाचार र रोकथाम’ विषयमा चितवन, नवलपुर र नवलपरासी जिल्लाका पत्रकारलाई प्रदान गरेको तालिम समापन कार्यक्रममा मन्त्री गुरुङले महासंघलाई सो आग्रह गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले भन्नुभयो–‘मर्यादित पत्रकारिताको अभियान..
झिलिमिली बत्तीको व्यापार ७० प्रतिशतले घट्यो
२५ कार्तिक, काठमाण्डौँ । दिपावलीमा अत्यधिक प्रयोग हुने झिलिमिली बत्ती (कलर लाईट)को व्यापारमा गिरावट आएको छ । व्यवसायीहरुका अनुसार यो बर्ष कलर लाईटको खरिद ७० प्रतिशतले घटेको छ । दीपावलीको बेला घरहरु सजाउन झिलिमिली बत्तीको अत्याधिक प्रयोग हुन्छ । तर यस वर्ष कोरोना महामारीका कारण तिहारको किनमेलमा उपभोक्ताको उत्साह नदेखिँदा बजारमा प्रभाव परेको व्यवसायीहरुको भनाइ छ । तिहारको किनमेलका लागि उपभोक्ता डराएकाले व्यापार नभएको विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन पौडेलले..
फाल्गुनन्द जयन्तीको अवशरमा राष्ट्रपतिद्वारा शुभकामना शन्देश जारी
२५ कार्तिक, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्द जयन्तीको अवशरमा शुभकामना व्यक्त गर्नुभएको छ । १६ औँ राष्ट्रिय विभुती महागुरु फाल्गुनन्द लिङ्देनले सुरु गर्नुभएको समाज सुधारको अभियानमा लाग्ने प्रेरणा जागृत होस् भन्ने शन्देश राष्ट्रपतिद्धारा जारी शुभकामना शन्देमा भनिएको छ । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किरात धर्मावलम्बीलाई आज शुभकामना दिँदै राष्ट्रपति भण्डारीले समाजमा रहेका विकृति र विसंगति हटाउँदै प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्न फाल्गुनन्द जयन्तीबाट प्रेरणा मिलोस् भन्ने..
कोरोना संङ्क्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने सरकारको निर्णय
२५ कार्तिक, काठमाण्डौँ । सरकारले लक्षण देखिएका कोरोना संङ्क्रमितको परीक्षण र उपचार सरकारी अस्पताल र प्रयोगशालाबाट निःशुल्क गर्ने निर्णय गरेको छ । बैठकले विभिन्न मुलुकहरूमा विकसित भइरहेका कोरोना विरुद्धको खोप पनि छोटो प्रक्रियाबाट नेपाल भित्र्याउन स्वास्थ्य, परराष्ट्र र अर्थ मन्त्रालयका तीन सचिव सम्मिलित एक संयन्त्र गठन गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । बैठकले कोरोना भाइरसको बढ्दो संक्रमण र यसले राज्यकोमा पारेको असरलाई मध्यनजर गर्दै मन्त्रिपरिषद्को सदस्यहरुले..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७