चार दिनदेखी लगातार परिरहेको वर्षा भोलिसम्म

९ असोज, काठमाण्डौँ । देशभर चार दिनयता लगातार परिरहेको वर्षा भोलिसम्म हुने भएको छ । गृह मन्त्रालय अन्र्तगतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ५ असोज देखिको निरन्तरको वर्षा भोलि देखी रोकिन्ने सम्भावना रहेको जानकारी दिएको हो । प्राधिकरणले धेरै ठाउँका खोला, नदीहरुमा बाढी आएकोले जोखिम अझै कायमै रहेको बताएको छ । सतर्कता अपनाउन समेत मन्त्रालयले आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाले देशका धेरै स्थानहरुमा आज साँझ हल्का..

अविरल वर्षाका कारण स्याङ्जामा पहिरो खस्दा एकै परिवारका नौ जनाको मृत्यु

८ असोज, झापा । लगातार परेको अविरल वर्षाका कारण स्याङ्जामा पहिरो खस्दा एकै परिवारका नौ जनाको मृत्यु भएको छ । घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा वालिङ नगरपालिका–१४ तमादीमा नौ जना र कालीगण्डकी गाउँपालिका–४ मा एक गरी १० जनाको मृत्यु भएको छ । पहिरोमा परी तमादीका एकै परिवारका चार जना महिला, चार जना पुरुष र एक जना बालकको ज्यान गएको हो । पहिरोमा परि ४८ बर्षकी माया नेपाली, ६० बर्षकी सानु..

मल नल्याउने दुवै कम्पनीको जमानी जफत सहित कालो सूचीमा राख्ने बाटो खुल्यो

८ असोज, काठमाण्डौँ । अन्ततः शैलुङ्ग इन्टरप्राइजेज र होनिको मल्टिपल दुबैको बैंक ग्यारेण्टी जफत गरी कालो सूचीमा राख्ने कृषि सामग्री कम्पनी लिमिटेडको निर्णय कार्यान्वयनको लागि बाटो खुलेको छ । समयमा मल नल्याएपछि सम्झौताबमोजिम अघि बढाइएको उक्त प्रक्रियालाई भाँजो हाल्न शैलुङ्गका शारदाप्रसाद अधिकारी र होनिकोका हुमनाथ कोइरालाले उच्च अदालत पाटनबाट केही दिनअघि ल्याएको अन्तरिम आदेश हिजोदेखि रद्ध भएको छ । मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको संयुक्त इजलासले ‘करारमा..

बामदेवलाई संवैधानिक जिम्मेवारी नदिन सर्वोच्चको अन्तरिम आदेश

७ असोज, काठमाण्डौँ । सर्वाेच्च अदालतले राष्ट्रिष्यसभा सदस्य पदमा नियुक्त हुनुभएका नेकपा उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ । आज न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले रिट निवेदक र विपक्षी सरकारलाई अन्तरिम आदेशका लागि असोज १४ गते छलफलमा बोलाउँदै त्यतिन्जेलसम्म गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको हो । सर्वाेच्चको यस आदेशपछि गौतमलाई सरकारले मन्त्री नियुक्त गर्नेलगायत अन्य संवैधानिक जिम्मेवारी दिन पाउँने..

आज थपिए ११७२ जना कोरोना संक्रमित, ७ जनाको मृत्यु

७ असोज, झापा । आज मात्र नेपालमा ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ९ हजार ४ सय ५९ जनाको नमूना परीक्षण गर्दा ११७२ जनामा संक्रमण पुष्टि भएको हो । आजै १८९३ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । नेपालको पछिल्लो संक्रमण मुक्त दर ७३.७ प्रतिशत रहेको समेत..

एक सय ५७ बर्ष पछि नेपाली चियाको आफ्नै ‘लोगो’

७ असोज, इलाम । कृषि तथा पशुपंक्षी बिकास मन्त्री घनश्याम भुसालले चियाको आफ्नो लोगो (टेड्रमार्क) कार्यान्वयसंगै नेपालको कृषि क्षेत्रमा समृद्धिको ढोका खुलेको बताउनुभएको छ । नेपाल सरकारले जारी गरेको चियाको लोगो बितरण गर्दै मन्त्री भूषालले बिभिन्न समस्याका बीच नेपालमै पहिलो पटक नेपाली चियाको लोगो कार्यान्यवयमा आए पछि कृषि क्षेत्रमा समृद्धिको ढोका खुलेको बताउनुभएको हो । नेपाली चिया रोपणको एक सय ५७ बर्ष पछि राष्ट्रिय चिया तथा कफी बिकास बोर्डको आयोजनामा..

१० दिनभित्र सांगठनिक एकता गरिसक्ने निर्णय सहित नेकपा सचिवालय बैठक सम्पन्न

६ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । दश दिनभित्र पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने निर्णय सहित आजको बैठकमा सम्पन्न भएको बताईएको छ । यसको जिम्मा अध्यक्षद्धय केपी शर्मा ओली, पुष्पकमल दाहाल र महासचिव विष्णु प्रसाद पौडेललाई दिईएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । त्यस्तै, आजको बैठकमा संवैधानिक तथा राजनीतिक नियुक्तीबारे सबैको सुझाव लिईएको छ । बैठकले सरकारलाई संवैधानिक..

काँग्रेस महाधिवेशनः देउवा सार्ने पक्षमा, पौडेल फाल्गुनमै गर्ने अडानमा

६ असोज, काठमाण्डौँ । नेपाली काँग्रेसको महाधिवेशन सर्ने निश्चित प्रायः छ । विधान अनुसार एक वर्ष सार्न सकिने व्यवस्थाको प्रयोग गरिसकेको काँग्रेसले अब संवैधानिक व्यवस्थाको प्रयोग गरी ६ महिना पछि सार्न सक्छ । फाल्गुनमा गर्ने भनिएको कांग्रेस महाधिवेशन ६ महिना पर सर्ने संकेत देखिन थालेको छ । सविधानमा हालको व्यवस्था अनुसार काँग्रेसले विशेष परिस्थिति देखाउँदै अर्काे वर्षको भाद्रसम्म महाधिवेशन गर्नुपर्ने हुन्छ । कोरोना भाइरसको महामारीका कारण यो वर्ष महाधिवेशन नहुने..

संविधान दिवसमा रेशम चौधरी रिहा नएपछि जसपाका नेताहरु निराश

५ असोज, काठमाण्डौँ । जनता समाजवादी पार्टी नेपालका नेताहरुले संविधान दिवसका अवसरमा रेशम चौधरी रिहा हुने आशा गरेका थिए । तर असोज २ गते मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएपछि जसपाका नेताहरु निराश भए । हाल जेलमा रहेका चौधरीको रिहाइका लागि जसपा नेपालले प्रधानमन्त्री कार्यालयदेखि गृह मन्त्रालयसम्म पहल गरेको थियो । परिणामस्वरुप प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कारागार विभागबाट रेशम चौधरीको फाइलसमेत मगाएर अध्ययन गरेको स्रोत बताउँछ । फाइल अध्ययन गरेपछि भने रेशम..

ओली–दाहालबीच भेटवार्ताः मन्त्रिमण्डल पूनर्गठन बारे छलफल

५ असोज, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । सचिवालय बैठक स्थगित गरेर अध्यक्षद्धय मन्त्रिमण्डल पूनर्गठन गर्नेबारे केन्द्रित रहेर छलफलमा जुटेको नेकपाले जनाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई नेताको भेटवार्तामा मन्त्रिमण्डल पूनर्गठनबारे छलफल भएको हो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुई अध्यक्षबीच भएको भेटवार्तामा पार्टीको सचिवालय बैठकमा उठेका विषयमा केन्द्रित रहेर..