प्रधानमन्त्री ओली शीतल निवासमा

२९ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यलय शीतल निवास पुग्नुभएको छ । उहाँ राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न आज साँझ शीतल निवास गुग्नुभएको हो । राष्ट्रपतिसँग भेटबारे भने केही खुलेको छैन । तर नेकपाभित्र विवाद उत्कर्षमा देखिदा प्रधानमन्त्री शीतल निवास जानुलाई महत्वका साथ हेरिएको छ । शुक्रबार शुरु भएको नेकपाको सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गम्भीर आरोप–प्रत्यारोपका पत्र पेश भएको छ । प्रचण्डले पेश गरेको पत्रप्रति..

नेकपा सचिवालय बैठक आज मध्यान्न बस्दै, ओली–दाहालको आ–आफ्नै तयारी

२८ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँगको परामर्शमा आज ४ बजेलाई बालुवाटारमा बैठक बोलाउनुभएको हो । आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले फरक फरक प्रस्ताव ल्याउने बुझिएको छ । पार्टी विवादको समिक्षा र समाधानको उपाँयबारे दुवै पक्षले फरक प्रस्ताव ल्याउन लागेको हो । यसैबीच..

आज काग तिहार, यमदूतका रुपमा कागको पुजा गरिंदैँ

२८ कार्तिक, काठमाण्डौँ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्याेदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रुपमा आज शुक्रबारलाई निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराज समक्ष..

बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

२८ कार्तिक, बैतडी । बैतडीमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस गएराती साढे १० बजेतिर दुर्घटनामा परेको हो । जिल्लाको पाटन नगरपालिका–८ खोड्पेमा सानो घुम्तीबाट बस ६ सयमिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतक मध्ये सात जना पुरुष र दुई जना महिला रहेका छन्..

प्रचण्ड निवास खुमलटारमा पाँच शिर्ष नेताको गोप्य छलफल

२७ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यले भोलि (शुक्रबार)को सचिवालय बैठकमा एक मतका साथ प्रस्तुत हुने रणनीति बनाएको बुझिएको छ । आज नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा भएको बहुमत सचिवालय सदस्यबीचको छलफलले सचिवालय बैठकमा एक मतका साथ प्रस्तुत हुने रणनीति बनाएको छलफलमा सहभागी एक नेताले बताए । भोलिको बैठकलाई लिएर खुमलटारमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र..

यमपंञ्चक अर्थात तिहार आजदेखि शुरु, कुकुर तिहार भोली

२७ कार्तिक, काठमाण्डौँ । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने यमपंञ्चक अर्थात तिहार आजदेखि शुरु हुँदैछ । आज बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार कार्तिक २८ गते भोली परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो । यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी धन्वन्तरिजयन्ती र धनतेरस पर्व पनि भोली नै परेको..

दुवै अध्यक्षको सहमतिमा नेकपा सचिवालय बैठक भोली बस्ने

२७ कार्तिक, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक भेली शुक्रबार बस्ने भएको छ । दुवै अध्यक्षको सहमतिमा भोलि अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाईएको छ । बैठकबारे सचिवालयका सबै सदस्यहरुलाई जानकारी पुगेको बुझिएको छ । आजका लागि तय भएको बैठक सारेर भोलि अपरान्ह ४ बजेका लागि तय भएको हो । बैठकले पार्टीमा उत्पन्न विवादबारे महत्वपूर्ण छलफल गर्ने बुझिएको छ । नेकपा गम्भीर दुर्घटनाको नजिक पुगिरहँदा..

जनताको जनमतलाई बीचैमा छोड्ने कुरा हुन्नः प्रधानमन्त्री ओली

२६ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कसैसँग पनि नडराउने स्पष्ट पार्नुभएको छ । आज (बुधबार) संखुवासभामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । पार्टीभित्रको आन्तरिक विवादको बारेमा खासै उल्लेख नगरेपनि प्रधानमन्त्री ओलीले कसैको चाहनाले पार्टी केही पनि नहुने जिकिर गर्नुभयो । उहाँले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई चिन्ता नलिईकन पार्टी गतिविधिमा सक्रिय हुन आग्रह गर्नुभएको छ । उहाँले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट नहट्ने समेत बताउनुभएको..

बामदेव गौतम मन्त्री बन्न पाउने

२६ कार्तिक, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम गर्न र मन्त्री बन्न बाटो खुल्ला भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले गौतमविरुद्धको अन्तरिम आदेश आज खारेज गर्दै राष्ट्रियसभामा क्रियाशील हुन पाउँने फैसला गरेको हो । सरकारको निर्णय बदर गर्न र मन्त्री बन्नबाट उनलाई रोक लगाउन माग गर्दै नेपाली कांग्रेस निकट अधिवक्ता दिनेश त्रिपाठीले सर्वाेच्चमा रिट दायर गर्नुभएको थियो ।..

प्रधानमन्त्रीद्वारा किमाथाङ्का सडक र अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन

२६ कार्तिक, संखुवासभा । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिण्डामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई आयोजनाका प्रमुखले हालसम्म आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको ब्रिफिङ गर्नुभयो । उक्त आयोजनाको २०७५ वैशाख २८ गते प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले यसअघि चीनसँग जोडिएको किमाथाङ्कामा सडक पूर्वाधार विकासको प्रगतिबारे पनि अनुगमन गर्नुभएको..