मुख्य समाचार
नेकपाको आन्तरिक दाउपेचः ओली विरुद्व चार शिर्ष नेताको मोर्चाबन्दी
२४ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई गलाउने प्रयास हुन थालेको छ । उहाँलाई सत्ताबाट हटाउने सम्मको योजना बनाएर मोर्चाबन्दी सुरु भएको स्रोतको भनाई छ । त्यसमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष वामदेव गौतम पनि सक्रिय रहेको बताईएको छ । दुई दिनभित्र सचिवालय बैठक डाक्न अध्यक्ष प्रचण्डले लिखित प्रस्ताव शनिबार नै प्रधानमन्त्री ओलीलाई दिनुभएको थियो । त्यसमा..
तत्कालका लागि काँग्रेसको विवाद साम्य भयो
२४ कार्तिक, काठमाण्डौँ । नेपाली काँग्रेसमा देखिएको महाधिवेशन केन्द्रित विवाद समाधानका विषयमा तत्कालका लागि सैद्धान्तिक समझदारी जुटेको छ । १४औँ महाधिवेशनको निष्पक्षतामाथि प्रश्न उठाउँदै रामचन्द्र पौडेल पक्षले अघि सारेको १६ बुँदे ज्ञापनपत्रका अधिकांश विषयमा आज सैद्धान्तिक सहमति भएको हो । श्रावण पहिलो साता पौडेल समूहले केन्द्रीय विभागमा भइरहेको मनोनयन, पार्टी संरचनाको गठन, क्रियाशील सदस्यताको वितरण तथा नवीकरण, भ्रातृ एवं शुभेच्छुक संस्था, अन्य पार्टीबाट काँग्रेसमा आउने नेता तथा कार्यकर्ताको समायोजनको मापदण्ड,..
नेकपा फुट्टदैन, झनै स्पातिलो बन्छः पर्यटनमन्त्री भट्टराई
२४ कार्तिक, काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कुनै पनि हालतमा नेकपा नफुट्ने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यसमेत रहनुभएका मन्त्री भट्टराईले हाल संञ्चारमाध्यममा आएजस्तो अवस्था पार्टीभित्र नरहेको र शीर्ष नेतृत्वबीच केही मतभेदमात्र भएको जिकिर गर्नुभयो । गृह जिल्ला ताप्लेजुङको विभिन्न स्थानीय तहको भ्रमणमा क्रममा मन्त्री भट्टराईले मिक्वाखोला गाउँपालिकामा स्थानीय पार्टीका कार्यकर्ता तथा समर्थकसँग भेटघाट गर्नुहुँदै शीर्ष नेतृत्वबीच केही मतभेद र टकराव..
गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती मनाईदैँ
२४ कार्तिक, काठमाडौं । सर्वाेच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वाेच्च कमाण्डर सिंहलाई नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा लिईन्छ । कमाण्डर सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल हुनुहुन्छ । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रहमा उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि..
अमेरिकी राष्ट्रपति मनोनयनको प्रारम्भिक मत परिणामः ट्रम्प भन्दा बाईडेन अघि
१९ कार्तिक, काठमाण्डौँ । अमेरिकी राष्ट्रपति मनोनयनका लागि मंगलबार सकिएको निर्वाचनको नतिजा आउन थालेको छ । प्रारम्भिक मत परिणाममा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पभन्दा अगाडि देखिएका छन् । अहिलेसम्म अमेरिकाका ५० मध्ये ३१ राज्यको नतिजा आइसकेको छ । जसमा बाइडनले १९२ इलेक्टोरल भोट पाएका छन् भने ट्रम्पले ११४ मात्र इक्लेक्टोरल भोट प्राप्त गरेका छन् । १८ राज्यको मतगणनामा बाइडनले कोलोराडो, न्युयोर्क, न्यु जर्सी, मेरिल्याण्ड, मासाचुएट्स, भर्माेन्टलगायतका..
भारतीय सेनाध्यक्ष नरभाने आज मध्यान्न नेपाल आईपुग्ने, शुरक्षा व्यवस्था कडा
१९ कार्तिक, काठमाण्डौँ । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेको नेपाल भ्रमणको पूर्वसन्ध्यामा प्रहरीले चकजाँच बढाएको छ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले नरभानेको भ्रमणको तयारी स्वरुप चेकजाँच र शंकास्पद क्षेत्रमा निगरानी बढाएको हो । रानीपोखरीका एक प्रहरी अधिकृतका अनुसार नेपाली सेना र नेपालस्थित भारतीय दूतावासका अधिकारीहरुको समन्वयमा सुरक्षा प्रबन्ध मिलाइएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले तिहारका लागि सुरक्षा योजना पनि कार्यान्वयनमै रहेका वेला हुन लागेको नरभानेको भ्रमणलाई लक्षित..
भारतीय सेना प्रमुख नरवणे बुधवार नेपाल आउँदै, स्वागतको तयारी
१८ कार्तिक, काठमाण्डौँ । नेपाल भ्रमणमा बुधवार नेपाल आउन लागेका भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेलाई स्वागतको तयारी सुरु भएको छ । सेनाअध्यक्ष नरवणेको नेपाल भ्रमण जनवरी २०२० मा नै हुने तय भएको थियो तर कोरोना महामारीका कारण ढिलाइ भएको भएको हो । नेपाली सेनाको मनार्थ सेनापतिको उपाधि लिनका लागि उनी नेपाल आउन लागेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सेनाको मनार्थ सेनापति लिइसकेपछि उनले विभिन्न उच्च स्तरीय भेटघाट गर्ने..
ओली–दाहालबीच वार्ताको पहल, दोस्रो तहका नेता सक्रिय
१८ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज साँझसम्म वार्ता हुने तयारी सुरु भएको छ । पछिल्लो समय नेकपाभित्र आन्तरिक विवाद चर्केकेको समयमा दुई अध्यक्षबीच वार्ता गराएर पार्टी एकता जोगाउन दोस्रो तहका नेताहरु सक्रिय भएका छन् । अध्यक्षद्धय ओली र दाहालबीच संवादहिनता तोड्न नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सक्रिय हुनुभएको छ । उहाँले संञ्चारकर्मी संग कुरा गर्दै उहाँले दुई अध्यक्षजीबीच आजै..
अब देशमा नयाँ शहरहरुको स्थापना गरिने छः शहरी विकासमन्त्री श्रेष्ठ
१८ कार्तिक, काठमाण्डौँ । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले अव देशमा नयाँ शहरहरुको स्थापना हुने बताउनुभएको छ । राजधानीलाई मात्र विकसित ठान्ने सोच अन्त्य गर्न अब देशमा नयाँ नयाँ शहरको पनि विकास गरिने उहाँले बताउनुभएको हो । नेपाल मिडिया सोसाइटीका पदाधिकारीसँग कुराकानी गर्नुहुँदै मन्त्री श्रेष्ठले सङ्घीयताको मर्मअनुसार नयाँ शहर र सबै क्षेत्रको पूर्वाधार विकासमा सरकारले प्राथमिता दिएको बताउनुभयो । मन्त्री श्रेष्ठले शहरी क्षेत्रका सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वलाई जोगाउँदै शहरीकरणलाई अगाडि..
‘रअ’ प्रमुख र प्रधानमन्त्रीबीचको भेटलाई तिलको पहाड बनाईयोः उपप्रधानमन्त्री पोखरेल
१८ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘रअ’का प्रमुख सामन्तकुमार नेपाललाई आफ्नो दूतको रुपमा पठाएकोले प्रधानमन्त्री केपी शर्मा ओलीले शिष्टाचार भेट गर्नुभएको स्पष्ट पार्नुभएको छ । हिजो राति जनता जान्न चाहन्छन् कार्यक्रममा कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो–‘प्रधानमन्त्रीको आफ्नो समकक्षीले विशेष दूत बनाएर पठाएपछि प्रधानमन्त्रीले ‘रेस्बोन्सिबल’ भएर औपचारिक ढंगले नोट परराष्ट्र मन्त्रालयमा पठाईसकिएको छ । भारतीय..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७