मुख्य समाचार

६ महिना पछि आन्तरिक उडान आजबाट शुरु
५ असोज, काठमाण्डौँ । कोरोना महामारीका कारण ६ महिना देखी रोकिएको आन्तरिक उडान आजबाट शुरु भएको छ । नेपाल एयरलाइन्सले पहिलो उडान भरेको छ । पहिलो दिन नै आन्तरिक हवाई यात्राका लागि बुकिङ उत्साहजनक रहेको बताइएको छ । नेपाल एयरलाइन्सका अलावा निजी हवाई सेवाका यती एयरलाइन्स लगायतले उडान शुरु गरेका छन् । उडान भर्न र यात्रा गर्न स्वास्थ्य मापदण्ड अनिवार्य अपनाउनुपर्ने व्यवस्था गरिएको छ । स्वास्थ्य शतर्कता अपनाएर शुरु गरिएको..

युएईलाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह
४ असोज, इलाम । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संयुक्त अरब इमरेट्स (युएई)लाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । आज मन्त्री भट्टराई र संयुक्त अरव ईमरेटस (युएई) का राजदुत सईद हमदान अल नाक्बीबीच भएको भेटमा मन्त्री भट्टराईले उड्डयनको क्षेत्रमा लगानी गर्न युएई सरकार र ब्यवसायीहरुलाई आग्रह गर्नु भएको हो । मन्त्री भट्टराईले महामारीको समयमा युएईबाट नेपाल फर्कन चाहने नेपाली श्रमिकहरुको उडानको लागि..

नेकपा बैठकः मन्त्रिमण्डल पुर्नगठनबारे प्रधानमन्त्रीले विकल्पसहित प्रस्ताव ल्याउने
४ असोज, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठन गर्नुहुने भएको छ । नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठकमा आज मन्त्रिमण्डल पुर्नगठनबारे गम्भीर छलफल भएको बताईएको छ । बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि मन्त्रिमण्डल पुर्नगठनबारे छलफल भएको बताउनुभयो । बैठकमा मन्त्रिमण्डल पुर्नगठनको मापदण्डबारे प्रधानमन्त्री ओलीले विकल्पसहित प्रस्ताव प्रस्तुत गरेको बुझिएको छ । बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुर्नगठन गरिहाल्ने हो भने सबै मन्त्री हटाएर नयाँलाई अवसर दिने प्रस्ताव राखेको बुझिएको..

नेकपाको सचिवालय बैठक पेरिसडाँडामा सुरु
४ असोज, काठमाण्डौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पहिलोपटक पेरिसडाँडामा सुरुभएको छ । पार्टी एकतापछि पहिलोपटक सचिवालय बैठक सुरु भएको हो । बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको हो । यसअघि नेकपाका महत्वपूर्ण बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएका थिए । बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीपनि सहभागी हुनुहुन्छ । दाहालको सचिवालयले जनाएअनुसार बैठक कक्षमा भौतिक दूरी कायम गरेर नेताहरुको आसनको..

नेकपा सचिवालय बैठक आज बस्दै, को को बन्लान नयाँ मन्त्री ?
४ असोज, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । गत भाद्र २६ गते सम्पन्न स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयनका सवालमा छलफल गर्न सचिवालय बोलाइएको बताईएको छ । पूर्वमाओवादी केन्द्रको कार्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडामा ११ बजेपछि बस्ने बैठकमा समसामयिक विषयका साथै पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याउने विषयमा छलफल हुनेछ । यसअघि शुक्रबारका लागि बोलाइएको बैठक नेताहरुको समयअभावका कारण आजका लागि सारिएको थियो । एक सचिवालय..

कोरोना महामारीको समयमा पनि नेपालको अर्थतन्त्र सकारात्मक छः प्रधानमन्त्री ओली
३ असोज, झापा । भ्रष्टाचारविरुद्ध बोल्दा ‘मुखमा पानी नहाल्ने’ प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । संविधान दिवसको अवसरमा आज बिहान टुँडिखेलमा आयोजित विशेष समारोहमार्फत देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । उहाँले कोरोनाविरुद्ध सरकारले चालेका कदम उराठलाग्दो नभएको दाबीसमेत गर्नुभयो । कोरोना महामारीका कारण विश्वका अधिकांश देशमा अर्थतन्त्रको सूचक नकारात्मक हुँदा पनि नेपालको अर्थतन्त्र सकारात्मक नै रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । कोरोना संक्रमणका कारण विकासको गति..

संविधान दिवसको अवसरमा डा. सन्दुक रुइत सहित ५९४ जनालाई विभूषण
३ असोज, काठमाण्डौँ । पाँचौ संविधान दिवसका अवसरमा सरकारले पाँच सय ९४ जनालाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा सक्रिय ब्यक्तिलाई तक्मा दिने निर्णय गर्नुभएको हो । गृह मन्त्रालयले शनिबार सूचना जारी गर्दै राष्ट्रपतिबाट संविधान दिवसका दिन मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित हुनेहरुको नाम सार्वजनिक गरेको हो । गृहका अनुसार सबैभन्दा पहिलो नम्बरमा सुप्रसिद्ध प्रबल जनसेवा..

संविधान दिवसको अवसरमा राष्ट्रप्रमुखहरुद्वारा शुभकामना
३ असोज, काठमाण्डौँ । आज असोज ३ गते संविधान दिवस । राजनीतिक परिवर्तपछि दोस्रो संविधानसभा निर्वाचनमार्फत २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो । यसै अवसरमा आज विविध कार्यक्रम गरेर देशभर यो दिवस मनाइँदैछ । संविधान दिवस मूल समारोह समितिको आयोजानमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिहरु र विभिन्न राजनीतिक दलका नेता र..

आजको नेकपा सचिवालय बैठक स्थगित
२ असोज, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ । आजका लागि तय भएको बैठक आइतबार बस्ने गरी स्थगित भएको हो । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि पहिलोपटक पेरिसडाँडामा बैठक बस्ने तय भएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको कार्यकारी अधिकारसहित सञ्चालनको जिम्मेवारी पाएपछि पेरिसडाँडामा बैठक स्थल तय गर्नु अर्थपूर्ण मानिएको थियो ।

नेपालको आफ्नै रेल जनकपुर प्रस्थान गर्दै (फोटो हेर्नुहोस्)
२ असोज, जनकपुरधाम । भारतको जयनगरबाट नेपालका लागि प्रस्थान गरेको नेपाली रेलगाडी आज दिउसो जनकपुर आइपुग्ने भएको छ । भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै जनकपुर तर्फ सो रेल आइरहेको नेपाल रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभएको छ । दुई वटा रेलगाडि नेपालको झण्डामा प्रयोग हुने निलो र रातो रंगलको रहेको छ । एक इन्जिन र चार वटा बोगीसहितको रेल जनकपुर आएपछि आजै नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताईएको..