मुख्य समाचार
झूठा अभियोग र लाञ्छनाको उचित जवाफ दिन्छुः प्रधानमन्त्री ओली
४ कार्तिक, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बुधबार बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दश दिनको समय माग्नुभएको थियो । सोहीअनुसार अर्काे बैठक मंसिर १३ गते बस्ने भएको छ । यसअघि कार्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा सम्बोधन गर्नुभएको सम्पादित अंशः कमरेडहरु ! आजको सचिवालय बैठकको कारबाही..
प्रचण्डको प्रस्ताव कुनै हालतमा फिर्ता गरिनुहुँदैनः उपाध्यक्ष गौतम
३ कार्तिक, काठमाण्डौँ । नेकपाको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गर्नुभएको प्रस्ताव फिर्ता हुनुपर्ने भनेर बैठकमा आफूले प्रस्ताव राखेको भन्ने समाचार गलत भएको उपाध्यक्ष वामदेव गौतमले बताउँनुभएको छ । केही न्युज पोर्टलहरुमा यस्ता समाचार आएकोमा सो खबर झुठो भएको गौतमको सचिवालयले स्पष्ट पारेको छ । आजको सचिवालय बैठकमा प्रचण्डको प्रस्तावमाथि छलफल गर्ने भन्ने कुनै एजेण्डा समेत नभएको भन्दै गौतम लगायतका नेताहरुले सौहाद्र्धतालाई ख्याल गर्दै कुनै किसिमको उत्तेजक अभिव्यक्ति..
नेकपा स्थायी कमिटी बैठक १८ र केन्द्रीय कमिटी बैठक २५ गते बोलाउने निर्णय
३ कार्तिक, काठमाण्डौँ । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) सचिवालयको बैठकले मङ्सिर १८ गते स्थायी समिति र २५ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले मंङ्सिर १३ गते पुनः सचिवालय बैठक बोलाउने, मंसिर १३ गतेको सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक स्थितिबारे प्रस्ताव प्रस्तुत गर्ने र सचिवालयले उक्त प्रस्तावमाथि छलफल गर्ने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्रीलाई राजनीतिक..
मन्त्रिपरिषद् बैठक एक घण्टापछि सर्यो
३ कार्तिक, काठमाण्डौँ । आज दिउँसो एक बजे बोलाइएको मन्त्रिपरिषद् बैठक एक घण्टाका लागि सरिएको छ । नेकपाको सचिवालय बैठक बस्ने समय नै पारेर मन्त्रिपरिषद् बैठक बोलाइएको थियो । तर, केही समय अगाडि मन्त्रीहरुलाई बैठक एक घण्टा सरेको जानकारी गराइएको छ । गत शुक्रबार शुरु भएको सचिवालय बैठकले आज एक बजे बैठक बस्ने समय तय गरेको थियो । त्यही समय पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको थियो ।..
आजदेखी छैठपर्व शुरु
३ कार्तिक, काठमाण्डौँ । नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठपर्व आजदेखि शुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आज स्नान गरी चोखो खाएर बसिन्छ । कात्तिक शुक्ल चतुर्थीका दिन आज बिहान बर्तालुले स्नान गरेसँगै यो पर्वको विधि शुरु हुन्छ । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ । यस दिनदेखि छठपर्व नसकिएसम्म बर्तालुले माछा, मासु, लसुन,..
आज थपिए ५ सय २ जना कोरोना संक्रमित
२ कार्तिक, काठमाण्डौँ । वितेको २४ घण्टामा नेपालमा कोरोना भाइरसका ५ सय २ जना मात्र संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ११ हजार ०४ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमीत प्रेस व्रिफिङमा जनाईएको छ । यस्तै वितेको २४ घण्टामा २८ सय ७८ जना संक्रमणमुक्त भएका छन् । यससंगै आजसम्म संक्रमण मुक्त हुँनेको संख्या एक लाख ७९ हजार २ सय ४२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको..
नेकपा सचिवालय बैठकः ओली रोक्ने पक्षमा, प्रचण्ड नरोक्ने पक्षमा
२ कार्तिक, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारका लागि तय भएको सचिवालय बैठक केही दिन पर सार्न महासचिव विष्णु पौडेलमार्फत गरेको प्रस्ताव कार्यकारी अध्यक्ष प्रचण्डले अस्वीकार गर्नुभएको छ । बैठक सार्ने ओलीको प्रस्ताव बोकेर आज बिहान अध्यक्ष प्रचण्डनिवास खुमलटार पुगेका महासचिव पौडेललाई प्रचण्डले बैठकमै छलफल गर्ने भन्दै अस्वीकार गर्नुभएको हो । कार्तिक २८ गते सुरु भएको सचिवालय बैठक बुधबार दिउँसो..
आज यमपंञ्चकको चौथो दिनः गाई, गोरु र हलीको पूजा गरी मनाइँदै
३० कार्तिक, काठमाण्डौँ । यमपंञ्चक अर्थात तिहारको आज चौथो दिन । गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वास रहेको छ । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो । आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्नि रोगहरुमा अचुक..
राष्ट्रको समृद्धि प्राप्तिका लागि एकतावद्ध हुनप्रधामन्त्रीको आह्वान
३० कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गर्नुभएको छ । नेपाल सम्वत ११४१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले एकता मार्फत नै ‘हामी समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने विश्वास व्यक्त गर्नुभयो । शुभकामना सन्देशमा उहाँले जननिर्मित संविधानको संस्थागत कार्यान्वयन मार्फत मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेका उल्लेख गर्दै सिंगो देश नयाँ..
आज यमपञ्चकको तेस्रो दिन, धनकी देवी लक्ष्मीको पूजाआराधना गरिदैं
२९ कार्तिक, काठमाण्डौँ । आज यमपञ्चकको तेस्रो दिन । कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजााराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफा–सुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर गरी गाईको गोबर एवं रातोमाटाले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७