बालिका हत्या प्रकरणः बर्दिबासमा निषेधाज्ञा जारी

बालिका हत्या प्रकरणः बर्दिबासमा निषेधाज्ञा जारी


१० मंसिर, महोत्तरी । महोत्तरीको बर्दिबासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । बर्दिबास नगरपालिका–१४ स्थित शुभम् बस्तीका शहिद आलमकी ६ वर्षीया छोरी गुलबसा खातुनको हत्याको विरोधका क्रममा भएको प्रदर्शनका क्रममा थप एक जनाको प्रहरीको गोली लागेर मृत्यु भएपछि हुनसक्ने सम्भावित अप्रिय घटनालाई रोक्न स्थानीय प्रशासनले आज बिहान ९ बजेदेखि भोलि बिहानसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

भीड नियन्त्रणमा लिन भन्दै प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएका थिए ।

प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले पूर्वमा रातुखोला, पश्चिममा बर्दिबास माइस्थान, उत्तरमा बर्दिबास ३ पाटु र दक्षिणमा रामानन्द चोक चार किल्ला कायम गरेर निषेधाज्ञा जारी गरिएको जानकारी दिनुभयो । ‘आज बिहान ९ बजेदेखि भोलि बिहान ६ बजेसम्म निषेधाज्ञा लगाएका छौं,’ उहाँले भन्नुभयो, ‘मानिसलाई सडकमा हिँडडुल गर्न रोकिएको छ ।’

प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपाने ‘संजय’को काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो । उपचारको क्रममा ग्रान्डी अस्पतालमा गएराती नै उनको मृत्यु भएको हो ।

बर्दिबास नगरापालिका–१ घर भएका ४२ वर्षीय न्यौपानेको कम्मरममुनी गोली लागेको थियो । प्रहरीको गोली लागेर घाइते भएका श्याम कार्कीको भने उपचार भइरहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर