म कुनै गुटमा छैन, पार्टी फुट्नु हुँदैनः वामदेव गैतम

म कुनै गुटमा छैन, पार्टी फुट्नु हुँदैनः वामदेव गैतम


६ मंसिर, दाङ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताउनुभएको छ । नेकपा तुलसीपुर उपमहानगरपालिकाद्वारा आज आयोजित भेटघाट कार्यक्रममा गौतमले सो कुरो बताउनुभएको हो ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष गैतमले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूहरूले निरन्तर पहल गरिरहेको बताउनुभयो । कुनै गुटमा आफु नरहेको भन्दै सधैं गुटको विपक्षमा रहेको बताउनुभयो । ‘मैले पार्टी एकतालाई जोड दिएको छु, पार्टी कुनै पनि हालतमा फुट्नुहुँदैन ।’ उहाँले भन्नुभयो ।

पार्टी एकताका क्रममा देखिएका केही विषयलाई तत्कालीन समयमा समाधान नगरिँदा अहिले समस्या आएको उहाँको भनाइ थियो । पार्टीमा दुई अध्यक्षले बैठकको कार्यसूची तय गर्ने र त्यसैका आधारमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्ने उहाँले बताउनुभयो ।

पार्टीभित्र फरक विचार राख्नाले पार्टीलाई झनै चलायमान र सुदृढ बनाउने भन्दै उपाध्यक्ष गौतमले मुलुक समृद्धिका मार्गमा अघि बढेको र सरकारले घोषण पत्रअनुसार काम गर्नुपर्नेसमेत धारणा राख्नुभयो ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर