२३ मंसिर, सुनसरी । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई अब ८ हजार ८ सय ४८.८६ मिटर भएको छ । यसअघि ८ हजार ८ सय ४८ मिटर रहेकोमा नयाँ मापनले ८६ सेन्टिमिटर बढेको देखाएको हो ।
आज एक कार्यक्रमका बीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीले संयुक्त रुपमा नयाँ उचाई घोषणा गर्नुभएको हो ।