खुमलटार भेलामा सुवास नेम्वाङ पनि सहभागी

खुमलटार भेलामा सुवास नेम्वाङ पनि सहभागी


३० मंसिर, काठमाण्डौँ । सरकारले विनाछलफल संवैधानिक परिषद् सम्बन्धि संशोधन अध्यादेश ल्याएपछि सत्तारुढ दलका शीर्ष नेताहरु कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा भेला भएका छन् । खुमलटारस्थित प्रचण्ड निवासमा भेला भएका शीर्ष नेताले अध्यादेशबारे ठोस धारणा तय गर्ने एक नेताले जानकारी दिनुभयो ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आज जारी गरेपछि नेकपाका बहुमत नेताहरुले त्यसको विरोध गर्दै खारेज गर्न माग गरेका छन् । अध्यादेशबारे प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले समेत आपत्ति जनाएको छ ।

खुमलटार भेलामा प्रचण्डसहित नेकपा वरिष्ठ नेता झलनाथ खनाल माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी भएको स्रोतले जनाएको छ ।

यसैबीच नेकपाका अध्यक्ष प्रचण्डसहितका नेताले अध्यादेशप्रति आपत्ति जनाएपछि प्रधानमन्त्री ओली पक्षीय नेता नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि प्रचण्ड निवास पुग्नुभएको छ ।

यता नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले आज ल्याएको अध्यादेश सार यसअघि जारी गरेर फिर्ता गरिएको अध्यादेशको भएको जनाउनुभएको छ । उहाँले आज आफ्नो फेसबुक पेजमार्फत अहिले सत्तारुढ दलको स्थायी कमिटी बैठक चलिरहेको र संसदको नियमित अधिबेसन बोलाउने समय नजिक आएका बेलामा प्रधानमन्त्रीले अप्रत्यासित ढंगबाट अध्यादेश ल्याउनु गलत भएको बताउनुभएको हो । -file photo.

प्रतिक्रिया:

सम्बन्धित खवर