ओली र प्रचण्डबीच बालुवाटारमा ‘वान टु वान वार्ता’

ओली र प्रचण्डबीच बालुवाटारमा ‘वान टु वान वार्ता’


१ पौष, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा ‘वान टु वान वार्ता’ भएको छ । नेकपाभित्र विवादले उग्र रुप लिएकै बेला आज दुई अध्यक्षबीच ‘वान टु वान’ वार्ता भएको हो । अध्यक्षद्वयबीचको वार्ता सकिएलगत्तै केहीबेरमा स्थायी समिति बैठक सुरु हुँदैछ ।

संवैधानिक आयोगहरुमा नियुक्तिका लागि विवाद भइरहेको बेला ओलीले अकास्मात निर्णय गर्न सजिलो हुने गरी अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद थप उग्र बनेको छ ।

आजको स्थायी कमिटी बैठकमा ओली इतर समूहले कडारुपमा प्रस्तुत हुने यसअघि नै निर्णय गरिसकेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर